संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले अफगानिस्तानका बालबालिका निरन्तर सङ्कटमा फसेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।
मोटरसाइकलमा आएका बन्दुकधारीले पश्चिमी नाइजरमा २२ जना गाउँलेलाई गोली हानी हत्या गरेका छन् । मारिने मध्ये धेरै बप्तिस्मा समारोहमा सहभागी रहेका थिए ।
इराक सरकारले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्नका लागि सन् २०२५ देखि २०३० सम्म लागु हुने जलवायु लगानी योजना (सिआइपी)को पहिलो चरण घोषणा गरेको छ ।
महासचिव एन्टोनियो गुटेरेसले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको नियमित बजेटमा १५ प्रतिशत कटौती गर्ने प्रस्ताव गर्नु भएको छ ।
केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको हो।
रेसिङ अटोमोबाइल्सले दुर्घटना कम हुने सवारी साधनको सुनिश्चित हुने गरी ‘नो एक्सिडेन्टल रेकर्डस् सर्टिफिकेट’ वितरण सुरु गर्ने भएको छ ।
आज बिहान ११ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि २७ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो।
भदौ २४ गते भएको जेनजी आन्दोलनको बेला नेपालगन्जका सरकारी कार्यालयहरूमा आगजनी, तोडफोड र लुटपाट गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सकिएको छ । सुरुङ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा भदौ महिनामा करिव दश लाख रुपियाँ भेटी रकम सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार एक महिनाको अवधि अर्थात भदौमा उक्त भेटी रकम सङ्कलन भएको हो।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोले झोलङ्गे पुलमा क्षति पुर्याएको छ। पछिल्लो केहीयता हुँदै आएको निरन्तरको वर्षाका कारण गएको पहिरोले वडा ४ साँघु र वडा ५ फाकुम्बा जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको हो।
संयुक्त राष्ट्रसङ्घका विज्ञहरूको आयोगले गाजामा इजरायलले नरसंहार गरिरहेको निष्कर्ष निकालेपछि प्रमुख सहायता समूहहरूको गठबन्धनले बुधबार अन्तर्राष्ट्रिय समुदायलाई गाजा सहरमा इजरायलको आक्रमण रोक्न कडा कदम चाल्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालय (ओसिएचए) का अनुसार गाजा सहरमा हालैका दिनमा भएसँगैको स्थल कारबाहीका कारण करिब ४८ हजार प्यालेस्टिनी नागरिकले दक्षिणतर्फ सरेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिकाले जेनजी आन्दोलनका सहिदको सम्मानमा धनगढीको एक सडकलाई जेनजी मार्ग नामाकरण गर्ने भएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले चाडपर्व लक्षित सुपथ मूल्यको सहुलियत पसल धनगढीमा सञ्चालनमा ल्याएको छ ।