नेपाल राष्ट्र बैङ्कले प्रणालीगत महत्त्वपूर्ण भुक्तानी प्रणालीको विशेष अनुगमन तथा नियमन गर्ने भएको छ । ‘फ्रेमवर्क फर आइडन्टिफाइङ सिस्टमेटिकल्ली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम’ को मसौदा निर्माण गरेर राष्ट्र बैङ्कले सरोकारवालाको राय तथा सुझाव पनि मागेको छ ।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति अन्तर्गतको संसदीय टोलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत प्युठानमा सञ्चालनमा रहेका बाली क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।
विगतमा आफूले दायर गरेको पाँच मुद्दामा विशेष अदालतबाट भएको फैसलाप्रति चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । पहिलो मुद्दामा कृषि विकास निर्देश
मकवानपुरको विकट स्थानीय तह राक्सिराङ गाउँपालिकामा रहेको अस्पतालमा स्वास्थ्य बिमा सेवा सुरु गरिएको छ । चेपाङ र तामाङ समुदायको बाहुल्य रहेको सो गाउँपालिकामा पहिलो पटक स्वास्थ्य बिमा सेवा सुरु गरिएको हो ।
काठमाडौँ उपत्यकामा अस्थायी रूपमा हिउँदमा मात्रै आउने गरेको मेलम्ची खानेपानी आयोजनाको पानी यो वर्ष बर्खाको समयमा पनि नियमित ल्याउने तयारी गरिएको छ । २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयो
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले आज जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गर्नुभएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रबार बिदाइ गरिएको छ । आयोगले यहाँ एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नसक्ने बताउनुभएको छ ।
दाङको देउखुरीमा यात्रुबाहक बस दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। दुर्घटना शुक्रबार दिउँसो लमही–भालुवाङ सडक खण्डअन्तर्गत सिंगे खोला नजिक भएको हो।
किएभले शुक्रबार रुससँगको युद्धमा मारिएका सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको बताएको छ । यो तीन हप्तामा दोस्रो पटक स्वदेश फिर्ता भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीति हाबी हुँदा नेपालको खेलकुद क्षेत्र पछि परेको बताउनुभएको छ।
बारामा शुक्रबार टिपरले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा सर्लाहीको बरहथवा नगरपालिका १५ हजरिया बस्ने ४६ वर्षीय नारायणहरि शर्मा र कार चालक सुन्दरपुर चोहरवा–४ बस्ने ५० वर्षीय जितनारायण प्रसाद साहको मृत्यु भएको हो।
केपी ओली कप टी-२० राष्ट्रिय खुला पुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक समयमै पूरा हुने बताउनुभएको छ।
ताप्लेजुङमा शुक्रबारदेखि कञ्चनजङ्घा हीरक महोत्सव सुरु भएको छ। विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घामा मानव पाइला पुगेको अर्थात हिमाल आरोहण भएको ७० वर्ष पुगेको अवसरमा हीरक महोत्सव आयोजना गरिएको हो।