काठमाडौँ, असोज १ गते । रेसिङ अटोमोबाइल्सले दुर्घटना कम हुने सवारी साधनको सुनिश्चित हुने गरी ‘नो एक्सिडेन्टल रेकर्डस् सर्टिफिकेट’ वितरण सुरु गर्ने भएको छ ।
बुधबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी नेपालमा पुरा गाडीको व्यापार एक पुरानो परम्परा रहेको तथा यो व्यवसाय अझै विश्वसनीय र भरपर्दो हुन नसकेकोमा स्वयम् निजी क्षेत्र पनि जिम्मेवार रहेको औंल्याएको छ ।
उक्त अटोमाइल्सले गाडीको अवस्था, त्यसको विगत र भविष्यमा देखा पर्न सक्ने समस्याको बारेमा पूर्ण जानकारी र पारदर्शीता सुनिश्चित गर्न ‘नो एक्सिडेन्टल रेकर्डस् सर्टिफिकेट’ वितरण कार्य सुरु गरिएको बताएको छ ।
नेपालमा ‘जेनजी’ आन्दोलनजस्ता अप्रत्याशित घटना बेलाबखतमा घट्ने गरेको उल्लेख गर्दै निजी क्षेत्रका व्यवसायी थप नयाँ जोश, योजना र विश्वासका साथ आफ्नो जिम्मेवारी अगाडि बढाउने उक्त अटोमाइल्सले जनाएको छ ।