समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
जङ्गली जनावर घाइते, टुहुरा वा कसैले त्यसलाई दुःख दिइरहेको छ भने तत्काल खबर दिन सदर चिडियाखानाले आग्रह गरेको छ ।
हिउँदे आगन्तुक चराले सिमसार छाडेका बेला वनजङ्गल र घर आसपासमा बर्खे आगन्तुक चराको चहलपहल बढेको छ । बच्चा कोरल्न र हुर्काउनका लागि विभिन्न प्रजातिका चरा नेपाल आएपछि कैलालीसहित विभिन्न जिल्लामा
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१, राजापानीमा राप्ती राजमार्ग अन्तर्गतको सडकखण्ड विस्तारका लागि सहमति भएको छ । स्थानीयको अवरोधका कारण लामो समयदेखि सडक विस्तारको कार्य अवरुद्ध भएको थियो ।
सामाजिक तथा राजनीतिक विषयमा निर्माण हुन लागेको चलचित्र ‘बिगुल’ को एउटा गीतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्गीत दिनुभएको छ । रमेश कोइरालाको निर्देशनमा बन्ने चलचित्रको ‘आउ यस्तो देश बनाऔँ’ बो
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लुम्बिनी महिला फुटबल प्रतियोगिताले खेलाडीमा उत्साह थप्नुका साथै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले सबै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन बनाउने योजना कार्यान्वयन गरेको छ
गण्डकी प्रदेशको गौरवको कोरोला त्रिवेणी सडक आयोजना अन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिकाको डेढगाउँसम्म सडक कालोपत्र भएपछि यात्रा सहज भएको छ ।
गोरखापत्र दैनिकका सहसम्पादक शरदराज सुवेदीलाई वनिताश्री पुरुषोत्तमराज पाण्डेय विशेष सम्मान–२०८२ प्रदान गरिएको छ । साहित्यिक पत्रिका वनिता त्रैमासिक पत्रिकाको २७ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबा
नेपालको पर्यटन विकास र प्रवद्र्धनका लागि नीतिगत र संरचनागत सुधार जरुरी रहेको विज्ञ एवं सरोकारवालाहरुले औंल्याएका छन् । विदेशी पर्यटकको संख्या बढाउन र उनीहरुको नेपाल बसाई लम्ब्याउन नवीन गन्तव्यको प्रवद्र्धन गरी आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्ने उनीहरुको सुझाव छ ।
बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
अनकन्टारमा बोलिने वाम्बुले राई भाषा, साहित्य, संस्कृतिलाई लिएर प्रकाशन गरिएको ‘लिब्जु–भुम्जु’ पत्रिकाको तीन दशक यात्रा जहिल्यै द्रव्याभावमा गुज्रिँदै आएको छ । अल्पसङ्ख्यक समुदायले बोल्ने मातृभाषालाई लिएर गरिने छापा पत्रकारिता समर्पणले मात्र शताब्दी अङ्कसम्म आइपुगेको भन्ने लाग्छ ।शासनव्यवस्था बदलिएसँगै नेपालका मातृभाषाको लेख्य विकास भएको पाइन्छ । मुख्यतः २०४६ सालको राजनीतिक परिवर्तनले त्यो उभार ल्याएको हो । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा–६ ‘राष्ट्रभाषा (१) देवनागरी लिपिमा नेपाली भाषा नेपालको राष्ट्रभाषा हो । नेपाली भाषा सरकारी कामकाजको भाषा हुने छ । (२) नेपालका विभिन्न भागमा मातृभाषाका रूपमा बोलिने सबै भाषा नेपालका राष्ट्रिय भाषा हुन् । धारा–१३ छापाखाना र पत्रपत्रिकासम्बन्धी हक (१) कुनै समाचार, लेख वा अन्य कुनै पाठ्य सामग्री प्रकाशित गर्न पूर्वप्रतिबन्ध लगाइने छैन । (२) कुनै समाचार, लेख वा अन्य कुनै पाठ्य सामग्री मुद्रण गरेबापत छापाखाना बन्द या जफत गरिने छैन । (३) कुनै समाचार, लेख वा अन्य कुनै पाठ्यसामग्री प्रकाशित गरेबापत कुनै समाचारपत्र वा पत्रिकाको दर्ता खारेज गरिने छैन । यसरी संविधानले पत्रपत्रिका प्रकाशन स्वतन्त्रता सुनिश्चित गरेपछि मुलुकका मातृभाषाहरू अभिलेखन उन्मुख भएका हुन् । आज गोरखापत्र दैनिकमा ४५ राष्ट्रभाषाको सामग्री प्रकाशन हुनु त्यसको प्रतिफल हो । पत्रपत्रिकाको आवश्यकता र प्रकाशनको महìव यसले झल्काउँछ । यतिखेर गोरखापत्र बहुभाषिक पृष्ठमा ४५ औँ भाषाका रूपमा प्रकाशन भएको वाम्बुले राई भाषाको विकासव्रmमबारे चर्चा गर्न लागिएको छ । वाम्बुले राई भाषा २०५० सालमा ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका प्रकाशन आरम्भ भएदेखि साहित्य विकास भएको हो । यो पत्रिका २०८१ सालमा शताब्दी अङ्क छापिएको छ । २०८१ माघ–चैत लिब्जु–भुम्जुको एक सयौँ शृङ्खला प्रकाशित छ । ‘लिब्जु–भुम्जु’ पहिलो अङ्कको सम्पादकीयमा छ, “..आवश्यकताले घचघच्याएको प्रतिफल स्वरूप नेपालको भाषिक बाटिकामा पल्लवित ‘वाम्बुले राई भाषा’ को परिचय, जगेर्ना र विकासका लागि लिब्जु–भुम्जु पत्रिकामार्फत यो प्रयासको थालनी गरिएको छ । नेपालका राईहरूमध्ये वाम्बुले राई पनि एक हो र उनीहरूको आफ्नै भाषा पनि छ भनेर बोध गराउनुको साथै यस भाषालाई इतिहासको विरासत स्वरूप विसर्जन हुन नदिन आवश्यक संरक्षण र विकास व्रmमिक रूपमा गर्नु यस प्रयासका मूलभूत उद्देश्य हुने छन् ।.. प्रथम प्रयास भएकाले प्रस्तुतिमा क्षमा प्रार्थी छौँ । आगामी अङ्कहरूमा स्तरीयता, विविधता तथा निरन्तरता ल्याउन मान्यजन तथा सम्बन्धित सबै पक्षको न्यानो माया र अमूल्य सुझाव तथा सहयोगको हार्दिक अपेक्षा गरेका छौँ ।”पहिलो अङ्कमा लेखिएको छ, “विशेषतः लिब्जु र भुम्जु वरपर क्षेत्रमा मात्र सीमित रहेको तर सो क्षेत्रमा भने बाहुल्यता रहेको भाषा ‘वाम्बुले’ अर्थात् ‘चौरासिय’ नै हो । नेपाल राज्यभित्र अद्यावधि भाषिक अस्तित्वमा रहेका विविध किराँत भाषाहरूमध्ये यो पनि एक हो तापनि यस क्षेत्रमा बोलिने यो जुन भाषा हो परिचयात्मक व्रmममा अद्यापि अनौठो या अनभिज्ञ नै छ भन्नु पर्ला, त्यो के भनेदेखि जुन अन्य किराँती भाषीलाई सोध्दा हामी चाम्लिङ, बान्तवा, थुलुङ भन्ने जवाफ मिल्छ र अधिकांशले आफ्नो थर सगौरव जोड्छन् । त्यसरी नै उल्लिखित भाषाभाषीलाई सोधेमा अकमकिने बरु आआफ्ना पाछा (थर) भन्ने गल्ती गरिन्छ । नामको पछि ‘वाम्बुले’ त आजसम्म कसैले उपनामको रूपमा समेत लेखेको थाहा भएन, अब लेखे के जानौँ, राम्रै हुने भो । बरू अन्यत्रका किराँत दाजुभाइले नै पो यस क्षेत्रकालाई वाम्बुले भन्दा रहेछन्, जबकि यस क्षेत्रमा भने ‘वाम्बुले’ भन्नाले वाम्बुगाउँमा बस्नेलाई मात्र भनिन्छ । यसरी वाम्बुले राईको एकरूपता पहिचानसमेत यसै पत्रिकाले गरेको मानिन्छ । तथ्याङ्कमा वाम्बुले राईकिराँत राई जातिभित्र २६ भाषा बोल्ने समुदाय छन् । राष्ट्रिय जनगणना–२०७८ अनुसार राई जातिको जनसङ्ख्या छ लाख ४० हजार ६७४ रहेको छ । राष्ट्रिय जनगणना–२०४८ देखि विभिन्न जातजाति र भाषाभाषीको तथ्याङ्क सार्वजनिक गर्दै आएको भए पनि उक्त जनगणनाको तथ्याङ्कमा वाम्बुले भाषा उल्लेख थिएन । सरकारले २०५० सालमा बैरागी काइँलाको संयोजकत्वमा ‘राष्ट्रिय भाषा नीति सुझाव आयोग’ गठन ग¥यो । उक्त आयोगले मुलुकमा बोलिने मातृभाषाको सूचीसहित ५८ ब‘ँुदे सुझाव प्रतिवेदन बुझायो । सो सूचीमा वाम्बुले भाषासमेत परेको थियो । आयोगको प्रतिवेदनले वाम्बुले भाषा अस्तित्वमा रहेको औँल्याएपछि २०५४ सालमा वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्था स्थापना भयो । त्यसपछि राई जातिको साझा सामाजिक छाता संस्था किराँत राई यायोक्खाले राष्ट्रिय जनगणनामा बहुभाषिक किराँती राई भाषाको सूची उल्लेख हुनुपर्ने माग राख्यो । राष्ट्रिय जनगणना–२०५८ ले वाम्बुले भाषाको वक्ता सङ्ख्या चार हजार ४७० देखायो । राष्ट्रिय जनगणना–२०६८ ले वाम्बुले वक्ता सङ्ख्या १३ हजार ४७० देखायो । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले १५ हजार ९३२ जनाले वाम्बुले भाषालाई पुर्खाको भाषा उल्लेख गरेका छन् । यस्तै १५ हजार २८५ जनाले मातृभाषाका रूपमा उल्लेख गरेका छन् । जसमा पुरुष सात हजार ४९४ र महिला सात हजार ७९१ रहेका छन् । यसै गरी वाम्बुले भाषालाई दोस्रो भाषाका रूपमा बोल्नेको जनसङ्ख्या पाँच हजार २२७ रहेको छ । वाम्बुले भाषाको वक्ता सङ्ख्या पाँच प्रदेशमा रहेको देखिन्छ । प्रदेश–१ को सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर जिल्ला गरी १३ हजार २१६ जना छन् । सबैभन्दा धेरै ओखलढुङ्गामा छ हजार ८५५ र खोटाङमा तीन हजार ३९५ जना छन् । उदयपुरमा एक हजार २०८ जना, सुनसरीमा ७१९ जना छन् । यस्तै बागमती प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुली र चितवनमा एक हजार ७१८ जना छन् । यति थोरै वक्ता सङ्ख्या रहेको वाम्बुले राई समुदायको उत्थानमा ‘लिब्जु–भुम्जु’ पत्रिका समर्पित छ ।लिब्जु–भुम्जु शताब्दी अङ्कको सम्पादकीयमा लेखिएको छ, “..लिब्जु–भुम्जु पत्रिकाले वाम्बुले राई जातिको पहिचान उजागर गर्ने काम गरेको छ । वाम्बुले भाषा, साहित्य, संस्कृतिको प्रवर्धन गर्दै आएको छ । यो पत्रिका प्रकाशनपछि वाम्रास संस्था निर्माण भएको छ । यस संस्थाले ‘वाम्बुले राई शब्दकोश’ प्रकाशन गरेको छ । २५औं वर्षको वाम्बुले भाषाको कविता प्रतियोगिता सम्पन्न भएको छ । वाम्बुले भाषामा तीन गीति एल्बम, दुई चलचित्र, दुई वृत्तचित्र निर्माण, तीन दर्जन पुस्तक कृति प्रकाशित छन् । वाम्बुले स्रष्टाहरूको सिर्जना प्रकाशन गर्ने र उत्कृष्ट रचनालाई पुरस्कृत गर्ने गरिएको छ । त्यस निम्ति लिब्जु–भुम्जु पुरस्कार–२०५५ स्थापित छ । पत्रिका प्रकाशन गर्न सधैँ आर्थिक समस्या न्यूनीकरण गर्न लिब्जु–भुम्जु पत्रिका अक्षयकोष निर्माण गरिएको छ ।” वर्षभरि लिब्जु–भुम्जुमा छापिएकामध्ये उत्कृष्ट एक कविका कवितालाई पुरस्कृत गर्ने गरिएको छ । हालसम्म २४ जना वाम्बुले कविले लिब्जु–भुम्जु पुरस्कार पाएका छन् भने २५ जनाले प्रथम पुरस्कार हासिल गरेका छन् । यस पत्रिकाले वाम्बुले राई भाषा, साहित्य स्रष्टा जन्माउने काम गरेको छ । उनीहरूका विधागत कृति नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशन गर्दै आएको पाइन्छ । यसै गरी नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘सयपत्री’ र ‘खुवालुङ’ पत्रिकामा वाम्बुले भाषाका सामग्री प्रकाशन हुँदै आएका छन् । मातृभाषा बालबालिकालाई पठनपाठन गर्न सके मात्र दीर्घजीवी बन्न सक्छ । त्यस निम्ति ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाको नौमध्ये छ वटा वडा र हलेसी तुवाचुङ नगरपालिकाको वडा नं.१ र २ मा वाम्बुले राईहरूको सघन बसोबास रहेको छ । सम्बन्धित मातृभाषा समुदायको मागलाई स्थानीय पालिकाले बेवास्ता गरेकाले हालसम्म वाम्बुले भाषामा पठनपाठनको व्यवस्था हुन सकेको छैन । अन्तमा भारतको बनारसबाट सन् १९३७ फब्रुअरीदेखि तीन दशकभन्दा बढी प्रकाशित ‘उदय’ मासिक साहित्यिक पत्रिकाका सम्पादक काशीबहादुर श्रेष्ठ (सन् १९११–१९९०) सँग महानन्द पौड्यालले १९८२ अगस्तमा लिनुभएको अन्तर्वार्ताको अंश मननीय छ । ‘उदय’ को प्रकाशनसम्बन्धी कामबाट उपलब्ध गरेका केही तिता मिठा अनुभव बताउनुहुन्छ कि ? भन्ने सवालको जवाफमा श्रेष्ठले भन्नुभएको छ, “तिता अनुभव त द्रव्याभाव आइ नै रहन्थ्यो । कतिपय एजेन्टले बिच बिचमा पैसा नपठाएर धुरुक्क रुवाउँथे र मलाई पैसाले फिट्फिटी पथ्र्यो । यसो हुँदा धेरै पटक एजेन्टहरूसित तितो पोखेर लेख्नु पनि प¥यो । मिठा अनुभव धेरै गरेँ । धेरै मित्रले मलाई वार्षिक ग्राहक बनाइदिएर सहयोग दिए । म कृतार्थ भएँ । नयाँ मित्रहरू बनाउने सौभाग्य मिल्यो । मलाया, बर्मादेखि लिएर भारत, नेपाल, सिक्किम सबैतिर नयाँ नयाँ शुभचिन्तक साथीहरू बनिए । ‘उदय’ ले खुबै नाम कमायो ।.. पुराना, नयाँ लेखकहरूले पनि मलाई पूरै आशीर्वाद दिए । त्यही आशीर्वादले आजसम्म जीवित छु । अरू आशीर्वाद पाए अरू बाँच्ने थिएँ (काशीबहादुर श्रेष्ठ स्मृतिग्रन्थ, २०५३)।” उक्त ‘उदय’ पत्रिकाका सम्पादक श्रेष्ठको निधनपछि केही वर्ष बन्द भयो र पछि उहाँकै छोरा दुर्गाप्रसाद श्रेष्ठले पुनः प्रकाशन गर्नुभयो । जम्मा १८३ अङ्क प्रकाशित भयो । नेपाली भाषीका निम्ति बनारस दूर हुन थालेपछि उक्त पत्रिका सधैँका लागि बन्द भइसकेको छ । यस्तै अनकन्टारमा बोलिने वाम्बुले राई भाषा, साहित्य, संस्कृतिलाई लिएर प्रकाशन गरिएको ‘लिब्जु–भुम्जु’ पत्रिकाको तीन दशक यात्रा जहिल्यै द्रव्याभावमा गुज्रिँदै आएको छ । अल्पसङ्ख्यक समुदायले बोल्ने मातृभाषालाई लिएर गरिने छापा पत्रकारिता समर्पणले मात्र शताब्दी अङ्कसम्म आइपुगेको भन्ने लाग्छ । उमेरले २४ वर्षको लक्का जवान छँदा थालेको वाम्बुले मातृभाषामा पत्रिका प्रकाशन यात्रा तीन दशकसम्म टिकाइरहनुको चुनौतीपूर्ण पक्ष हो । भाषिक साहित्यिक पत्रकारिता पुस्तान्तरण विषय बन्न सक्दैन, मात्र मातृभाषा लतले आफैँ हली, बाउसे, रोपाहारको अगुवाइ गर्ने व्रmम जारी छ ।
लोकतन्त्र र राजतन्त्र सँगसँगै चल्न सक्दैन । संसारभर चलेको लोकतान्त्रिक व्यवस्थाको विकल्प राजतन्त्र हुन सक्दैन । सबै राजनीतिक शक्ति एक भएर कथित राजावादी आन्दोलन परास्त गर्नु पर्छ । त्यसो भनेर मात्रै सुख पाइँदैन । आमनागरिकका चाहना पूरा गर्ने दिशामा सत्ता र प्रतिपक्ष एक भएर अघि बढ्नु पर्छ ।नेपालमा २००७ सालमा जनव्रmान्तिबाट प्रजातन्त्रको प्रादुर्भाव भएको थियो । एक शताब्दीको राणातन्त्रको निरङ्कुशताबाट नेपाली जनताले मुक्ति पाएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा सञ्चालित जनव्रmान्तिमा राजा त्रिभुवनको पनि सदासयता थियो । विसं १९०३ मा कोतपर्व मच्चाई जङ्गबहादुर राणाले सम्पूर्ण राजकीय कार्यकारिणी अधिकार राजा सुरेन्द्रवीरविव्रmम शाहबाट पञ्जा छाप लिई स्वेच्छाचारी र निरङ्कुश शासन प्रणाली सुरु गरिसकेका थिए । त्यसपछि राजालाई एउटा खोपीको देवताका रूपमा थापना गरी सम्पूर्ण राजकीय अधिकारको प्रयोग गरिरहेका थिए । राजा त्रिभुवनले पनि राणातन्त्र समाप्त गरी प्रजातन्त्र स्थापनाका लागि चिन्तित थिए । गोप्य रूपमा कांग्रेसलाई साथ दिइरहेका थिए । कांग्रेसले २००७ साल कात्तिक २६ गते जनव्रmान्ति सुरु गर्न लागेपछि त्रिभुवन पनि जनव्रmान्ति सफल पार्न भारत सरकारको सहयोगमा विशेष विमानद्वारा दिल्ली सवारी भयो । यता जनव्रmान्तिले व्रmमशः तीव्र गति लिइरहेको थियो । जिल्ला जिल्लाको सदरमुकाममा आव्रmमण गरी सत्ता कब्जासहित आफ्नो सरकार बनाउँदै लगेका थिए ।यसबाट आत्तिएर राणा प्रधानमन्त्री मोहनशमशेरले आफ्ना दूतद्वारा भारत सरकारका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूलाई शासन व्यवस्थामा सुधार गर्ने केही बुँदासहित पत्र पठाए । ती सुधारका बुँदामा केही थप गरी भारत सरकारले पुनः राणा प्रधानमन्त्रीलाई पठाए । त्यसपछि राणा सरकारले पनि ती थप बुँदामा सहमति जनाई पत्र पठाए ः(१) त्यसमा राजा त्रिभुवनलाई नै श्री ५ महाराजका रूपमा मान्यता दिई बालिग मताधिकारको आधारमा निर्वाचन गरी एक वैधानिक सभा गठन गरी सोमार्फत नेपालको नयाँ संविधान तयार गर्ने । (२) राणा प्रधानमन्त्रीको अध्यक्षतामा जनप्रतिनिधि – कांग्रेस) सहितको नयाँ सरकार गठन गर्ने (३) सबै राजनीतिक बन्दीलाई मुक्त गर्ने (४) राजनीतिक सङ्गठन बनाउने अधिकार प्रदान गर्ने ।यसरी राणा सरकारद्वारा प्रेषित सर्त अनुसार भारत सरकारले दिल्लीमा राजा त्रिभुवनसँग सल्लाह गरी त्यस अनुरूप कांग्रेस नेता बिपी कोइराला र सुवर्ण शमशेरसित फागुन १ गते सम्झौता भयो । जसलाई दिल्ली सम्झौता भनिन्छ । यसरी तीन वटै पक्षबिच सम्झौता भएपछि जनव्रmान्ति बन्द गरियो । राजा त्रिभुवन फागुन ४ गते नेपाल फर्किए ।नेपाल फर्किएपछि राजा त्रिभुवनले फागुन ७ गते शाही घोषणा गर्दै आज हाम्रो प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैज्ञानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकाले, यो विधान तयार नभएसम्म अहिले हामीलाई हाम्रो कार्यसम्पादन गर्नमा मद्दत र सल्लाह दिनको निमित्त दुनियाँको विश्वास भएका दुनियाँका प्रतिनिधिसमेत सम्मिलित भएको एक मन्त्रीपरिषद् गठन होस् भन्ने हाम्रो इच्छा र निर्णय भएकाले घोषणाद्वारा हामीलाई हाम्रो कार्यसम्पादनमा मद्दत गर्न श्री ३ महाराज मोहनशमशेर प्रधानमन्त्री र अन्य नौ जना बनाएका छौँ । त्यसमा बिपी कोइरालालाई गृहमन्त्री बनाइएको थियो ।त्यसपश्चात् उक्त सरकारले तत्काल शासन चलाउन २००७ साल चैत १७ गते नेपाल अन्तरिम शासन विधान पारित गरियो तथा चैत २९ गते राजा त्रिभुवनद्वारा लालमोहर प्रदान गरी जारी गरियो । त्यस अन्तरिम विधानमा दुई वर्षभित्रै विधान सभाको चुनाव गराउने भन्ने उल्लेख थियो । दुई वर्षभित्र राजा त्रिभुवनले विधान सभाको चुनाव गराउने कुनै जाँगर देखाएनन् । राजनीतिक पार्टीले बेला बेलामा दबाब दिए पनि कुनै प्रतिव्रिmया देखाएनन् । उल्टै राजा त्रिभुवनले बिस्तारै अन्तरिम विधान संशोधन गरी सबै राजकीय अधिकार आफूमा निहित गरे । उक्त विधान नौ पटकसम्म संशोधन गरी राजा त्रिभुवनले २००७ सालको व्रmान्तिको भावना र अन्तरिम विधानमा व्यवस्था भएकोविपरीत कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार खोसे । जनव्रmान्तिले सार्वभौम सत्ता नेपाली जनतामा निहित गरी राजाको संवैधानिक नायकत्वमा बहुदलीय संसदीय प्रजातन्त्रको व्यवस्था गरिएको थियो । यसको विपरीत राजा त्रिभुवनले अन्तरिम विधान संशोधन गरी दरबारलाई शक्ति सम्पन्न तुल्याए । संशोधन २०१० साल माघ ७ गते राजा त्रिभुवनले अन्तरिम संविधानमा संशोधन गरी राजालाई सम्पूर्ण राजकीय शक्तिको स्रोतका रूपमा स्थापित गरे । उनले त्यही दिन नेपाल गजेटमा प्रकाशित गराई न्यायिक सर्वोच्चता न्यायिक स्वतन्त्रता एवं प्रधान न्यायालयले प्राप्त गरेका मूलभूत अधिकार हटाई आफँैमा निहित गराए । प्रधान न्यायालयको मानहानीसम्बन्धी मुद्दा हेर्ने व्यवस्था खारेज गरियो । प्रधान न्यायालय रहने २००८ मा व्यवस्था गरिएको “प्रधान न्यायालयको आदेश र फैसला अकाट्य प्रमाण भनी मान्य हुने छ,” भन्ने वाक्यांश हटाइयो । त्यो ऐनको दफा ३० लाई खारेज गरियो र प्रधान न्यायालयको रिट निवेदन सुनुवाइ गर्न पाउने अधिकार पनि खोसियो ।यसरी राजा त्रिभुवनले २००७ सालको जनव्रmान्तिले ल्याएको प्रजातान्त्रिक अधिकार खोसे । संविधान सभा निर्वाचन पनि विभिन्न बहानामा गरी टार्दै गए । २०११ साल फागुनमा उनको मृत्युपछि महेन्द्र राजा भए । उनले त झन् कठोर भई प्रजातन्त्रमाथि कुनै प्रहार बाँकी राखेनन् । सर्वप्रथम शासनसत्ता लिएपछि २०१२ साल माघ १५ गते मन्त्रीपरिषद्सम्बन्धी व्यवस्था हेरफेर गर्न चौथो पटक अन्तरिम विधान संशोधन गरियो । त्यसपछि २०१५ जेठ २, जेठ १९ तथा २०१६ असार १४ गते पनि संशोधन गरी बाँकी सरकार (मन्त्रीमण्डल) मा रहेका अधिकार पनि आफूमा निहित गरे र सर्वशक्तिशाली भए । राजा महेन्द्रले पनि संविधान सभाको निर्वाचन नगराई विभिन्न बहानामा पन्छाउँदै गए । संविधान सभा निर्वाचनको माग टारेर पछि आमनिर्वाचन घोषणा गरे । त्यो निर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याई सरकार गठन ग¥यो । प्रधानमन्त्री भएपछि कोइरालाले विकासनिर्माणमा जोड दिए । शताब्दीदेखिको सामन्ती प्रथामा आधारित बिर्ता उन्मूलन, भूमिसुधार, वनजङ्गलको राष्ट्रियकरण, सहकारी जस्ता व्रmान्तिकारी कदम चाले । असंलग्न परराष्ट्र नीति अँगाल्दै इजराइललगायत राष्ट्रसित दौत्य सम्बन्ध स्थापित गरे । मुलुकभित्र यातायातको क्षेत्रमा राजमार्गको सर्वेक्षण गराए । पूर्वपश्चिम राजमार्ग निर्माण, काठमाडौँ धुलिखेल बर्दीबास जनकपुर मार्ग धनगढी–डडेल्धुरा मार्ग काठमाडौँ–हेटौंडा रोप वे जस्ता मार्ग निर्माण गर्न सोभियत रुस, अमेरिका जस्त मुलुकसित सहयोगमा सर्वेक्षण गराए । बिपीका यही सुधारका कार्यव्रmम देखेर महेन्द्रमा इष्र्या पलायो र २०१७ सालको काण्ड भयो । नेपाली जनताका आशा निराशामा परिवर्तन भए । प्रवासमा रहेका कांग्रेसका नेताले सशस्त्र व्रmान्तिको आह्वान गरिसकेका थिए । २०३१ साल पुसमा ओखलढुङ्गा काण्डमा राम र लक्ष्मण जस्ता होनहार युवाले सहादत दिइसकेका थिए तापनि राजा वीरेन्द्रले निर्दलीय पञ्चायती व्यवस्थामा कुनै पन सुधारका सङ्केत दिएन । बरु पञ्चायती व्यवस्थामा दोस्रो संशोधन गरी झन् कठोर बनाए । गाउँ फर्क राष्ट्रिय अभियान नै चलाए । २०३३ साल पुस १६ गते करिब आठ वर्षको प्रवासबाट बिपी मेलमिलापको सिद्धान्तसहित नेपाल फर्किए । उनीमाथि सात वटा सङ्गठानिक मुद्दा थिए जसमा फाँसीको सजायसम्म हुने सम्भावना थियो । अदम्य साहसका धनी कोइराला ज्यानका बाजी लगाएर नेपाल फर्किए । बिपीको नेपाल आगमनले नेपाली राजनीतिमा एउट तरङ्ग पैदा गरेको थियो । उनलाई भेट्न दिनहुँ सयौँ कार्यकर्ता सुन्दरीजल जेलमा जान्थे । बहुदल टार्न जनमत सङ्ग्रह गरियो । बहुदल हराइयो । २०३९ साउन ६ गते बिपीको देहावसान भयो ।२०४६ सालको जनआन्दोलनबाट बहुदलीय संसदीय व्यवस्था स्थापना भयो । राजा महेन्द्रले २०१७ सालमा खोसिएको प्रजातन्त्रलाई ३० वर्षपछि उहाँकै छोरा राजा वीरेन्द्रले २०४६ साल चैत २६ गते प्रजातन्त्र फिर्ता दिन बाध्य भए । त्यसअघिका १८ वर्षको कार्यकालमा राजा वीरेन्द्रले पञ्चायती व्यवस्थामा कुनै सुधार गरेनन् । बुबा राजा महेन्द्रकै पद चिह्नमा हिँडे । २०४७ साल कात्तिकमा निर्माण भएको संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय लोकतन्त्रले तय गरेको मार्गचित्रमा नै हिँडे । २०५८ साल जेठ १९ गते निधनअघि राजा वीरेन्द्र केही अपवादबाहेक संवैधानिक राजसंस्थालाई नै पालना गरे । त्यसपछि संयोगवश राजा बनेका ज्ञानेन्द्रबाट २०५९ साल जेठ ८ गते संसद् विघटन गरियो । त्यसपछि असोज १९ गते तत्कालीन जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी सम्पूर्ण राजकीय कार्यकारी अधिकार राजाले लिए । २०६२÷६३ को आन्दोलनले राजालाई घुँडा टेकायो । गिरिजाप्रसाद कोइरालाको प्रतिनिधि सभा पुनस्र्थापनाका माग सम्बोधन गर्न राजा तयार भए । त्यो बाटो नै गणतन्त्रको जगको ढुङ्गा बन्यो ।२०६५ साल जेठ १५ गते नवगठित संविधान सभाबाट बहुमत सभासद्ले करिब साठे दुई शताब्दीको निरङ्कुश राजतन्त्रलाई सधैँका लागि बिदा ग¥यो । त्यसपश्चात् विगत १६ वर्षदेखि लोकतान्त्रिक गणतन्त्रमा मुलुकको शासन सत्ता चलिरहेको छ । जनताले जनआन्दोलनबाट फालिएको राजतन्त्रलाई पुनस्र्थापना गर्ने राजावादीले गत चैत १५ गते विध्वंस मच्चाई धनजनको ठुलो क्षति गरे । एक पत्रकारसहित दुई युवाले सहादत प्राप्त गरे । कलङ्कको इतिहास बनिसकेको राजतन्त्रलाई पुनः बिउँझाउने राजावादीको दिवा सपना पूरा हुने छैन । सात सालदेखि अहिलेसम्म राजतन्त्रले लोकतन्त्रको स्थायित्व र विकासमा बाधा पु¥याइराखेको आमनागरिकलाई थाहा छ । विगत साढे सात दशकको इतिहासमा लोकतन्त्रको संस्थागत हुन नदिनुमा निरङ्कुश राजतन्त्रको प्रमुख भूमिका रहेको छ । लोकतन्त्र र राजतन्त्र सँगसँगै चल्न सक्दैन । संसारभर चलेको लोकतान्त्रिक व्यवस्थाको विकल्प राजतन्त्र हुन सक्दैन । सबै राजनीतिक शक्ति एक भएर कथित राजावादी आन्दोलन परास्त गर्नु पर्छ । त्यसो भनेर मात्रै सुख पाइँदैन । आमनागरिकका चाहना पूरा गर्ने दिशामा सत्ता र प्रतिपक्ष एक भएर अघि बढ्नु पर्छ । बोलीबाट होइन व्यवहारबाटै नागरिक चाहना पूरा भए भने पुनरुत्थानवादी शक्तिले टाउको उठाउन पाउने छैन । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुन्छ, राजतन्त्र होइन ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
भ्रूणको जन्मन पाउने अधिकार हनन हुनु नै मानव अधिकारको हनन हुनु हो । नैतिकता, इमानदारिता, सच्चरित्रता, सदाचारिता तथा वैधानिकता सबै समाजबाट हराउँछन् । सभ्यता, संस्कृति, स्वदेशाभिमानको ह्रास आउँछ भ्रूणहत्याले ।मनुष्यको भू्रण आदिम अवस्था हो । यो बुझ्न जरुरी छ । हामीले जीव के हो भनेर बुझ्न सोच्न जरुरी छ, भू्रण हत्या गर्नुभन्दा पहिला । भ्रूणको शरीरको रचना वयस्क मनुष्यको जस्तै टाउको, ब्रेन, आँखा, कान, नाक, अनुहार, गर्धन, पेट, मुटु, कलेजो, फोक्सो, फियो, मुत्र तथा प्रजनन प्रणाली, हात, खुट्टा आदि सबै तीन÷चार महिनाभित्रै बनेका हुन्छन् । भ्रूणको जन्मन पाउने अधिकार हनन गर्नु हुँदैन । ब्रेनको लिम्बिक सिस्टम जसले सम्झना, मनोभावना भाव, सिक्ने कार्य आदि सबै भ्रूणले ४९ दिनभित्रमा नै गर्छ ।दुई हप्तामा स्पष्ट देखिने मुटुको धडकन भ्रूणको आफ्नै रगतले नै हो । ४३ दिनमा अनुसन्धेय गरिएका भ्रूणका ब्रेन वेबले पनि भ्रूण पूर्ण मनुष्य हो । ४५ दिनमा आमाको पेटमा भ्रूण चल्छ । बाह्र हप्तामा भ्रूणका सबै अङ्गले काम गर्छन् । भ्रूणले आफ्नो बचाउको हर प्रयास गरेको हामीले डा. बेनार्ड नाथेन्सको करुण व्रmन्दन (दी साइलेन्ट स्व्रिmम) भन्ने फिल्ममा देख्न सक्छौँ । जब बच्चा गर्भमा बास लिन्छ, त्यसै दिनमा उचाइ, स्वभाव, मनोभाव र समस्त जीवन एउटै सेलमा रहेको हुन्छ । यदि गर्भिणी हुँदा राम्रो हेरविचार पु¥याएको छ, रक्सी, चुरोट, ड्रग्स र धेरै दुध पिएको छैन भने बच्चा सकुशल जन्मन्छ । अब उसलाई १८ वर्ष नपुग्दासम्म राम्रोसँग हेरविचार र राम्रो स्वस्थ खाना खुवाइएन भने ऊ कहिल्यै पनि पूर्ण क्षमतावान् मनुष्य हुन सक्दैन । यो सानो बालकको आफ्नै प्रणाली छ । यहाँ सबैको आफ्नै महìवपूर्ण समय छ । अलौकिक शक्ति आत्माआमाका २३ र बाबुका २३ व्रmोमोजोमलाई संयोजन गर्ने परम अलौकिक शक्ति नै आत्मा हो । आत्माको चर्चा वृहदारण्य, छन्दोग्य, कठोपनिषद् र मुण्डक उपनिषद्मा विशेष रूपमा वर्णन पाइन्छ । ग्रीक दार्शनिकहरू पनि अर्थात् आफूलाई जान भन्दछन् । मान्छेको विराट् रूप र त्यसमा रहेको आत्मालाई बुझ्नेले भ्रूणलाई बुझ्छ । मानव शरीरका असङ्ख्य सेललाई संयोजन गर्न सक्ने परब्रह्म भ्रूणमा विराजमान छ । त्यसैले जसले नास्छ उसैको नाश निश्चित छ । ब्रह्महत्या र भ्रूणहत्याको प्रायश्चित छैन भन्छन्, हाम्रा प्राचीन मनीषिहरूले । भ्रूणमा चेतना हुने कुरा माथि नै ठाउँ ठाउँमा चर्चा गरियो । भ्रूणहत्यालाई हिन्दु, बौद्ध, इस्लाम, व्रिmश्चियन तथा पारसी धर्मले पनि महापातकी कुकृत्य मानेको छ ।मानवता कता ?सूचना प्रविधि, विज्ञान र जीव प्रविधि विज्ञानको दू्रत विकासले आजको मनुष्यले सबैभन्दा ठुला हाँकहरूको निरन्तर सङ्ग्राम बेहोर्नु परेको छ । समानता र स्वतन्त्रताका आधुनिक मूल्यमान्यतामा निकै डर धम्की देखा परेका छन् । यसको समाधानमा भूमण्डलीय सहयोगको खाँचो छ तर धर्म, संस्कृति राष्ट्रियताको वर्गीकरणले वैर भावना मनुष्यमा छ र भूमण्डलीय सहयोगको आशा गर्न सकिन्न । भौतिक शास्त्रका प्रोफेसर मिकियो काकुले ‘भविष्यको भौतिकशास्त्र’ भन्ने पुस्तकमा सोनोग्रामको प्रविधिको विकासले मुम्बईको एउटा भ्रूणहत्याको क्लिनिकमा आठ अजार भ्रूणहत्यामा सात हजार ९९३ बालिका रहेछन् । त्यस्तै चीन, दक्षिण कोरियामा पनि लिङ्ग छनोटको समस्या छ । दक्षिण कोरियामा तेस्रो जन्मने बच्चा ६५५ पुरुष हुन्छ । जोसुवा प्रागरको किताबमा लेखेको कुरा हो (सन् १९९२) यो २५ वर्षयता चार करोड बालबालिकाको भ्रूणहत्या अमेरिकामा भएको बताइएको छ । यो पृथ्वीमा भ्रूण एकतिहाइ जन्मनुभन्दा पहिला नै आमाको पेटमा मारिन्छन् । संसारभरमा प्रत्येक दिनमा जन्मने तीन लाख ५३ हजारमा करिब एक लाख २० हजार बालबालिका आमाको पेटमा नै हत्या हुन्छन् ।अब भनौँ भ्रूण के हो भन्ने नै नबुझी हत्या गर्नु कदापि राम्रो होइन । मनुष्यमा विवेक, यथार्थ ज्ञान, सहनशीलता, क्षमा, सत्य, इन्द्रीयलाई नियन्त्रण गर्ने शक्ति, मनोनिग्रह तथा सुख–दुःख, सृष्टि–प्रलय, भय–अभय तथा हिंसा–अहिंसा, स्वधर्मको आचरण, दान, कीर्ति–अपकीर्ति, मनुष्यमा आउने दैवी गुण सबै ह्रास हुन्छन् । भ्रूणको जन्मन पाउने अधिकार हनन हुनु नै मानव अधिकारको हनन हुनु हो । नैतिकता, इमानदारिता, सच्चरित्रता, सदाचारिता तथा वैधानिकता सबै समाजबाट हराउँछन् । सभ्यता, संस्कृति, स्वदेशाभिमानको ह्रास आउँछ भ्रूणहत्याले । नारीवादीको नाउँमा भ्रूणहत्या बढाइएको छ । भ्रूण नारीको अरी होइन यो त परमानन्दको द्योतक हो । परमानन्द नै भगवान् हो । भ्र्ूणहत्याले निम्त्याउने खतरापरिवार सभ्यताको आधार हो । भ्रूणहत्याले सभ्यताको आधारलाई नै खलल पार्छ । यस्तै भए अपाङ्गता भएका व्यक्ति वा असक्तलाई पनि हत्या गरे हुन्छ भन्ने आवाज आउन सक्छ । यसले बालहत्यालाई प्रोत्साहित गर्छ । आमा र बच्चाको अलौकिक सम्बन्धलाई नास्छ । बालहत्या र भ्रूणहत्यामा नीतिगत त्यस्तो सार्थक भिन्नता छैन । यस्तै संसारको सृष्टि सञ्चालन गर्न यौन प्रकृतिप्रदत्त वा दैवी गुण हो । यसले यौन दुर्गुण कस्मो, प्लेबोय, गे अर्थात् समलिङ्गीहरूको बिगबिगी समाजमा बढ्ने छ । मानसिक (यौन) रोगीका सङ्ख्या बढ्ने छन् । ड्रग्स सेवन बढ्ने छ । यौन शिक्षा सख्त जरुरत छ । यस्ता यौन विकृत नारीवादी बढेमा नारीहरूको पवित्रतामा नै घात पु¥याउने छन् । समाजमा धेरै किसिमका हिंसा बढ्ने छन् ।नारी ममतामयी जननी हुन् । नारी आमा नबनी पक्का नारी हुन्नन् । नारी–योनीमा आउनु नारीले सृष्टि धान्न हो, प्रलय गर्न होइन । भ्रूणहत्या प्रलय निम्त्याउनु हो । यस धर्तीमाताका सबै मानिसलाई (आदमबाहेक) नारीले नै जन्माएको तथा पालनपोषण गरेकी हुन् । नारी जस्तो सोच्छिन्, जसरी तिनीहरूको जीवन चलाउँछिन् त्यस्तै भएर राष्ट्र चल्छ । यसै गरी आजका भ्रूण नै भोलिका बालबालिका हुन् । यिनै बालबालिका राष्ट्रका कर्णधार हुन् । यिनैलाई मारे के राष्ट्र बच्ला ? सबैले एक मिनेट ध्यान दिएर सोचाँै । सबै पवित्र आत्मा धारण गरेका महामानव तथा मनिषीहरूसँग निवेदन छ, यो सृष्टिको पहिलो बिहान भएको देशमा भ्रूणहत्या रोकौँ ।यो धर्मको विषय पनि हो । संसारका सबै धर्मले जीवनलाई पवित्र रहस्यमय नै मानेका छन् । भ्रूणहत्या अधर्म र धर्मबिचको युद्ध चल्दै आएको छ । यो कुनै धार्मिक सम्प्रदायको मामिला होइन, समस्त मानव जगत्को मामिला हो । पृथ्वीमा भ्रूणहत्या बढ्नु एउटा तानाशाहको (हिटलर) र उनको डाक्टरको भनाइमा लाग्दा हो । गर्भपतन जस्तो ठुलो पाप अर्को छैन । भ्रूणहत्या गर्नेलाई ब्रह्महत्या गर्नेलाई भन्दा दुई गुणा बढ्ता पाप लाग्छ । भ्रूणहत्याले अति जीविततामा नै खतरा उत्पन्न गरेको छ । सर्भाइभलमा आजको विज्ञानको चमत्कारले मन्द विष दिएर वा कडा विष दिएर खतरामा पर्ने दोसाँधमा छ । कृत्रिम मनुष्य उत्पादन गर्ने, क्लोनिङ, आमहत्या बढाएर, इयुजेनिक्स, इथ्नुसिया, बालहत्या, मानव अङ्गका व्यापार, कृत्रिम गर्भाधान आदिले पनि मनुष्यको अति जिविततामा खतरा आउँछ । भ्रूणहत्याले हाम्रो न्याय निसाफको विवेक बुद्धिलाई नै अप्रचलित तुल्याउन सक्छ । भ्रूण पूर्ण निर्दोष मनुष्य हो, उसले यस धर्तीमा जन्मन पाओस्, न्याय पाओस्, खुसीसँग खेल्न पाओस् । भ्रूणहत्याले देशमा शान्ति हुँदैन । भ्रूणहत्याले महिलाको शारीरिक, मानसिक स्वास्थ्यमा ठुलो क्षति पु¥याउँछ । जनसङ्ख्यामा लैङ्गिक सन्तुलन हुन्न । बालबालिकाको असन्तुलनले राष्ट्र असन्तुलन हुन्छ । बालिकाको सङ्ख्या घट्दा युवकहरूले विवाह गर्ने युवती नपाउन सक्छन् । युवा बिदेसिन्छन् । देशमा उपयोगिता तथा जीविकाका सामान सबै विदेशी हुन्छन् । व्यापार गर्ने पनि तिनै विदेशी हुन्छन् । धनी पनि तिनै विदेशी हुन्छन् । यहाँका युवतीहरू पनि तिनै विदेशीसँग विवाह गर्छन् । नेपालमा नेपालीको भन्दा जनसङ्ख्या विदेशीको भएपछि देश कहाँ रहन्छ ? सचेतना आवश्यक गर्भपात गर्दा महिलाहरूलाई हुने खतरा पूरै बताउनु पर्छ । गर्भाशय छेदित हुन्छ । पुनः बच्चा नरहन सक्छ । अत्याधिक रक्तस्रावले आमाको मृत्यु हुन सक्छ । मासिक धर्म खराबी, कम्मर दुख्ने रोग लाग्न सक्छ आदि आदि । एउटा बालकलाई सबल सशक्त विशेष व्यक्तित्वको व्यक्ति बनाउन आमाको महìवपूर्ण भूमिका रहन्छ । सबैले पूर्ण सहयोग गर्नु पर्छ । सरकारले सुत्केरी महिलालाई एकबर्से तलबी बिदा दिनु पर्छ । सन्तान दुई वा तीनमा सीमित राख्न उचित हुन्छ । गर्भनिरोधका अनेकौँ उपाय हुँदा हुँदै गर्भपतनलाई परिवार नियोजनका रूपमा हेरिनु अमानवीय मर्यादाशून्य कार्य हो । काम ऊर्जालाई मानवीय कार्यमा सञ्चालन गर्नु पर्छ । जस्तै विद्या आर्जनमा पहिलो २५ वर्ष । अर्थ आर्जन र सन्तान उत्पादनमा दोस्रो २५ वर्ष । तिनकै हेरचाहमा अर्को २५ वर्ष । बाँकी जीवन इन्द्रीय संयममा रहनु राम्रो हुन्छ । त्यसैले हाम्रा सिद्ध पुरुषहरूले भनेका छन् ‘योगश्चित्तवृत्तिनिरोध’ । अन्त्यमा कवि शिरोमणि लेखनाथ पौड्यालको यो भनाइ अत्यन्त मार्मिक छ :चिन्ता छ के पालिनुको तँलाई ? पाल्न्या छ विश्वम्भर खुवाइ पियाइ । यस्तो नहुन्थ्यो त किन फेरी पैले दूध बन्दछ बालकका करैले ।।