दसैँमा नाचिने थारू समुदायको प्रख्यात सख्या पैयाँनाच थारू बस्तीमा सुरु भएको छ । दसैँ आउनुअघि थारू समुदायले १२/१५ दिनअगाडिदेखि नै सख्या पैयाँनाच नाचेर दसैँलाई स्वागत गर्ने गर्दछ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
चलचित्र ‘जारी–२ : सङ अफ च्याब्रुङ’ को प्रदर्शन मिति घोषणा भएको छ । निर्माता कम्पनी बाँसुरी फिल्म्सले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । उपेन्द्र सुब्बा निर्देशित चलचित्र तिहारको भाइटीकाका अवसरमा कात्तिक ६ गते देशव्यापी प्रदर्शन हुने छ ।
सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा धार्मिक श्रद्धा र सांस्कृतिक उत्साहका साथ बुढी पोल्ने पर्व मनाइँदै छ । स्थानीय परम्परा अनुसार बिहानैदेखि गाउँका बालबालिकादेखि युवकयुवती र वृद्धवृद्धासम्म सामूहिक रूपमा एकत्रित भई विभिन्न वनस्पति–फुर्केघाँस, तुसारो, बेल्डो, गर्ङ्लो, बाँस, झ्याङ तथा रुखका हाँगाबिँगाबाट ‘बुढी’ नामक पुतली तयार पारिन्छ ।
जेनजी प्रदर्शनका क्रममा तनहुँको भानु नगरपालिका निवासी एक युवकको मृत्यु भएपछि भानुवासी मर्माहत भएका छन् ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मङ्गलबार भएको आगजनीबाट अकल्पनीय रूपमा सार्वजनिक सवारीसाधन नष्ट भएका छन् । विभिन्न निकाय र गोरखापत्रका समाचारदाताले स्थलगत रूपमा प्रदेशगत आधारमा गरेको अध्ययनमा तीन हजारभन्दा बढी सवारीसाधन जलेर खरानी भएका छन् ।
सरकारले हिमाल आरोहणका लागि लिँदै आएको सलामी दस्तुर (आरोहण अनुमति शुल्क) बढाएपछि राजस्व सङ्कलन दोब्बरले वृद्धि भएको छ ।
भदौ २३ गतेदेखि सुरु जेनजी प्रदर्शनका कारण सरकारको राजस्व सङ्कलनमा असर परेको छ । कर दाखिला गर्ने मुख्य समयमै प्रदर्शन चर्किएपछि भदौमा राजस्व सङ्कलन घटेको हो ।
पश्चिम बागलुङको बडिगाड गाउँपालिकाका ६२ टोल पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा भएका छन् । भिमगिठे र खहरे टोललाई पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा गरिएको छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा समग्र वित्तीय प्रणालीमा कुनै असर नपरेको बताउनुभएको छ । केही बैङ्कका शाखा, काउन्टर र एटिएममा क्षति भए पनि प्राविधिक प्रणाली सुरक्षित रहेको उहाँले बताउनुभएको हो ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २१ पैसा र बिक्रीदर १४० रुपियाँ ८१ पैसा निर्धारण गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार सार्वजनिक बिदाको दिन पनि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गरेको छ । मन्त्रालयको एनओसी शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार सेवाग्राही विद्यार्थीका अनुरोधमा एनओसी जारी गरिएको हो ।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले काठमाडौँको चुच्चेपाटीको भाटभटेनीमा आगो लगाएपछि जलेको अवस्थामा फेलापरेका शवको पहिचान हुन सकेको छैन । भाटभटेनीमा आगो लागेपछि सरसफाइ गर्ने क्रममा फेलापरेका सात कङ्कालसहितको शव पहिचान हुन नसकेको हो ।
जेनजी समूहको नाममा भएको प्रदर्शनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडबाट ध्वस्त नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) को बुधबार तीन जना मन्त्रीले स्थलगत निरीक्षण गर्नुभएको छ ।
काठमाडौंको जगन्नाथ देवल कारागारबाट गत भदौ २४ गते फरार भएको कैदी दीपकुमार राई ओखलढुङ्गामा पक्राउ परेका छन् ।