जिल्लाका स्थानीय तहमा रहेको विपत् उद्धार सामग्री जलेर नष्ट भएपछि सङ्कट आउने भएको छ । आन्दोलनका व्रmममा पालिकामा रहेका विपत्जन्य घटनामा उद्धार तथा सहयोग सामग्री जलेर नष्ट भएपछि यस्तो अवस्थामा उत्पन्न भएको हो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट गत आर्थिक वर्ष २०८१/०८२ मा ८५ जना पीडितले निःशुल्क सेवा लिएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
जेनजी प्रदर्शनका क्रममा झापाको दमक नगरपालिकामा ठुलो भौतिक क्षति पुगेको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार प्रहरीसहितको उपस्थितिमा गरिएको क्षति मूल्याङ्कन अनुसार २३ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।
नव युवापुस्ता (जेनजी) ले गरेको दुईदिने आन्दोलनसँगै धरापमा परेको मुलुकको शान्तिसुरक्षा क्रमशः लयमा फर्कंदै छ । अन्तरिम सरकार बनेसँगै सरकारले शान्तिसुरक्षा कायम गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेको छ ।
जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते बैतडी कारागारबाट भागेका ६२ जना कैदीबन्दीमध्ये ५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उत्पादन उपभोक्तासँग पु¥याउने आधार व्यापार हो । उत्पादन नभई व्यापार हुँदैन सेवा क्षेत्रमा नवीनतम सोचको सिप, क्षमताले व्यापारमा गतिशीलता ल्याउँछ । आर्थिक क्रियाकलापको उत्पादनपछिको अग्र स्थानमा व्यापार रहेको र अन्तर्राष्ट्रिय स्तरमै व्यापार राजनीतिक एजेन्डामा समेत बन्न थालेको छ । माग र आपूर्तिबिच मूल्य प्रभाव र गुणस्तरका आधारमा व्यापार हुनुपर्नेमा अमेरिकामा डोनाल्ड
जिल्ला प्रशासन कार्यालय तनहुँले बिहीबारबाट नेपाली नागरिकताको प्रमाणपत्र तथा प्रतिलिपी सेवा सुरु गर्ने भएको छ । ‘जेनजी’ आन्दोलनले कार्यालय गत मङ्गलबार पूर्ण रुपमा ध्वस्त भएकोले अवरुद्ध भएको काम आजबाट आंशिस रुपमा सुरु गर्ने भएको हो ।
देश विषम परिस्थितिबाट गुज्रिएको छ । जेनजी आन्दोलनका नाममा भएको अकल्पनीय जनधनको क्षतिले जनतामा विषाद छाएको छ । राज्यको शासन सञ्चालन गर्ने निकाय तथा सेवा प्रवाह गर्ने प्रशासनिक भवन खरानी भएका छन् । सरकारी तथा निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीले देश र जनतालाई विपन्नतातर्फ धकेलेको छ । जस्तोसुकै अवस्थामा भए पनि हामी सबै नागरिक एकजुट भ
जुम्लामा रहेको बागवानि अनुसन्धान केन्द्र राजिकोटले तीन वटा नयाँ स्पर जातको स्याउ सिफारिस गरेको छ । करिब १० देखि १२ वर्षको लामो अनुसन्धानपछि तीन वटा नयाँ स्पर जातको स्याउ सिफारिस गरेको हो ।
भदौ २३ र २४ (सेप्टेम्बर ८ र ९) गते नेपालमा जेनजी पुस्ताको आन्दोलनले नयाँ निकासको मार्ग प्रशस्त गरेको छ । २७ घण्टाको आन्दोलनमा व्यापक जनधनको क्षतिले देश तहसनहस भयो ।
जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटबाट वन डिभिजन कार्यालय सप्तरी राजविराजमा ठुलो क्षति भएको छ ।