पश्चिम नेपालको २४ जिल्लाका बिरामीलाई सस्तो र सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्दैआएको नेपालगन्जस्थित भेरी अस्पतालको सिटिस्क्यान डेढ वर्षदेखि विग्रिएर विरामीलाई उपचारमा समस्या भएको छ ।
श्रीलङ्कामा जारी साफ यु–१७ च्याम्पियनसिपमा नेपालले बिहीबार (आज) बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा ४ र ३ अन्तर्गत पर्ने विशाल चौकदेखि राजविराजसम्म सडक निर्माणको नाममा लाखौं रकमको अनियमितता गरेको स्थानीयले आरोप लगाएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जमा गत साउन महिनादेखि बन्द भएको जिप सफारी खुला गरिएको छ । चाडबाडको समयमा निकुञ्ज घुम्न आउने पर्यटकलाई मध्येनजर गर्दै निकुञ्जले जिप सफारी खुला गरेको हो ।
नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी बराल कानुन व्यवसायी भएर ४० वर्षभन्दा कामभन्दा बढी काम गर्नुभयो । विसं २०१७ पुस ६ गते राजविराजमा जन्मिनुभएकी वरिष्ठ अधिवक्ता भण्डारीको कानुन व्यवसायमा सक्रिय हुनुहुन्थ्यो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले ओरालो लागेपछि आजका लागि बजार बन्द भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय जानु भई जेनजी आन्दोलनका क्रममा भएका क्षतिका बारेमा जानकारी लिनुभएको छ । सो अवसरमा उहाँले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोनवार्ता भएको छ ।
दाङको ऐतिहासिक सम्पदा मानिने दङ्गीशरण दरबार अहिले झाडीले पुरिएको छ।
दाङमा जेनजी आन्दोलनका क्रममा २४ वटा सरकारी कार्यालयका ४७ वटा भवन र एक सय ८९ वटा सवारीसाधनमा क्षति भएको छ ।
साउदी अरब र आणविक शक्ति सम्पन्न पाकिस्तानले आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कुनै पनि देशमाथि भएको आक्रमणलाई दुवैमाथि भएको आक्रमण मानिने छ ।
भ्रष्टाचारविरुद्ध, सुशासन तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जारी आन्दोलनलाई सम्बोधन गर्नुपर्ने माग राख्दै १५ जना नागरिक समाजका प्रतिनिधिहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले दसैँअघि कुनै पनि प्रकारको भुक्तानी गर्न नसक्ने जनाएको छ ।
बजेट कटौतीको विरोधमा सबै प्रमुख ट्रेड युनियनले आह्वान गरेको हड्ताल र सडक प्रदर्शन बिहीबार फ्रान्सभरि हुने अपेक्षा गरिएको छ ।
जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको शोकमा थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घको गरेको ५२ औं संस्करणको खेलकुद तथा सांस्कृतिक कार्यक्रम स्थगित भएको छ ।