नवलपुरको कावासोतीमा आमाघर तथा लोक सांस्कृतिक सङ्ग्राहलय निर्माण हुने भएको छ ।
गत भदौ २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा मोरङको कानेपोखरी गाउँपालिकामा चार करोड नौ लाख ९७ हजार ८५९ रुपियाँ बरावरको क्षति भएको छ ।
सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पूरै जलेका सवारी साधनको थुप्रो छ । आधा जलेका र भाँचिएका टेबल कुर्सी असरल्ल छन् ।
दुई वर्ष अगाडिसम्म सधैं खाद्यान्न अभाव हुने हुम्लामा आर्थिक वर्ष २०८१–८२ मा निर्धारित कोटाको खाद्यान्नमध्ये ६७ प्रतिशत मात्र बिक्री भएको छ । यो खाद्यान्न जिल्लाभित्रका एउटा शाखा, दुई वटा डिपो र तीनवटा बिक्री केन्द्रबाट खाद्यान्न बिक्री गर्दा देखिएको हो ।
एएफसी फुटसल एसियन कप–२०२६ छनोटमा सहभागिता नजनाएका कारण नेपाललाई १० हजार अमेरिकी डलर जरिवाना गरिएपछि फुटसल निर्देशक राज महर्जनले राजीनामा दिनुभएको छ ।
‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस् (अस्कर अवार्ड)’मा नेपालको प्रतिनिधित्व चलचित्र ‘अञ्जिला’ले गर्ने भएको छ ।
संविधान दिवसको अवसरमा उच्च अदालत बार एकाइ बागलुङले धौलागिरि प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
इन्सेकले सङ्कलन गरेको क्षतिको विवरण अनुसार प्रदेशमा एक सय ४७ वटा सरकारी कार्यालय तथा सार्वजनिक संरचना, ३८ पार्टी कार्यालयहरु र ६८ वटा निजी सम्पत्ति गरी दुई सय ५३ संरचनामा तोडफोड तथा आगजनी भएको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार राति भएको खेलमा पाकिस्तानले घरेलु टोली युएईलाई ४१ रनले हरायो ।
अस्ट्रेलियाले सन् २०३५ सम्ममा आफ्नो हरितगृह ग्यास उत्सर्जनलाई सन् २००५ को स्तरभन्दा ६२ प्रतिशतदेखि ७० प्रतिशतसम्म कम गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ ।
यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा आज बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छभने २२ जना घाइते भएका छन् ।
सल्यानका दुई स्थानमा कल्भर्ट निर्माण योजना अलपत्र पर्दा सवारीसाधन आवतजावतमा समस्या भएको छ ।
घरेलु मैदानमा बुधबार राति भएको एकपक्षीय खेलमा फ्रेन्च टोली पिएसजीले इटालियन क्लब एटलान्टालाई ४–० गोलले हरायो ।
शाही स्वागतपछि अब राजनीति केन्द्रमा आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायती प्रधानमन्त्री किर स्टार्मरसँग भेट गर्दै हुनुहुन्छ । भेटमा प्राविधिक लगानी, इस्पात शुल्क र जटिल कूटनीतिक मुद्दा एजेन्डामा छन् ।