• २ असोज २०८२, बिहिबार

फुटसल निर्देशक महर्जनको राजीनामा

blog

दुई वर्षअघि एन्फाअन्तर्गत फुटसल प्रमुखको नियुक्त प्रत्र लिँदै राज महर्जन । फाइल तस्बिर

काठमाडौँ, असोज २ गते । एएफसी फुटसल एसियन कप–२०२६ छनोटमा सहभागिता नजनाएका कारण नेपाललाई १० हजार अमेरिकी डलर जरिवाना गरिएपछि फुटसल निर्देशक राज महर्जनले राजीनामा दिनुभएको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी) ले अखिल नेपाल फुटबल (एन्फा)लाई पत्र लेखेर नेपाललाई १० हजार अमेरिकी डलर (करिब १४ लाख रुपियाँ) जरिवाना सहित यसै फुटसल प्रतियोगिताको अर्को संस्करणमा समेत भाग लिन नपाउने कारबाहीसमेत गरेको छ ।

महर्जनले बिहीबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्रमार्फत राजीनामा दिएको जानकारी गराउनुभएको हो । महर्जनले पत्रमा एन्फा सचिवालयको लापरबाहीका कारण प्रतियोगितामा नेपालको सहभागित नभएको आरोप पनि लगाउनुभएको छ ।

एन्फाले २०८० साल पुस १६ गते महर्जनलाई एन्फा अन्तर्गत फुटसलको निर्देशकमा नियुक्त गरेको थियो ।