राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफलसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेस गरेको छ। अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उक्त प्रतिवेदन बुझाउनुभएको हो।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका बँधुवा श्रममा आधारित प्रथा र प्रचलन निषेध गरिसकिएकाले त्यससँग जोडिएका समस्या समाधान गर्न सरकारले प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति छोड्नै नहुने महत्वपूर्ण पक्ष भएकाले त्यस सम्बन्धी इतिहासको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पाकिस्तानका लागि नेपालका आवासीय राजदूत रीता धिताललाई गणतन्त्र तुर्कियका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले याकपालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभएको छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का करिब पाँच सय कृषक व्यावसायिक तरकारी खेतीमा संलग्न छन् । वर्षैभरि तरकारी उत्पादन हुने पकेट क्षेत्रको रूपमा चिनिएको यस ठाउँमा मलको चरम अभाव रहेको छ ।
रौतहटको गौरमा रहेको पर्यटन विकास कार्यालय दुई जना कर्मचारीको भरमा चलेको छ । ती दुईमध्ये पनि कार्यालय प्रमुख दरबन्दी अनुसार प्रशासनको उपसचिव नभएको कारण सेवा प्रवाहमा समस्या भइ रहेको स्थानीयको गुनासो छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश बाहिर प्रस्थान गर्नुभएपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोकिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीले आज भेटघाट गर्नुभएको छ।
ताप्लेजुङ प्रहरीले चोरी, जबरजस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहरिएका एक व्यक्तिलाई एघार वर्षपछि पक्राउ गरेको छ। उक्त मुद्दामा ताप्लेजुङ जिल्ला अदालतबाट दोषी ठहरिएका जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनका ४४ वर्षीय तेजकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।
नवलपुरको मध्यविन्दु साझोदारी वन उपभोक्ता समूहले डढेलो नियन्त्रणका लागि गाउँगाउँमा सचेतना र्याली गरेको छ ।
३० औँ वन्यजन्तु सप्ताहको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जले वन्यजन्तु पीडित परिवारसँग अन्तर्क्रिया गरेको छ । पीडित परिवारहरूले सरकारले वन्यजन्तु पीडितहरूलाई दिनु पर्ने सेवा सुविधा दिन नसकेको बताएका छन् ।
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तानाशाहको पक्षमा हुने प्रदर्शन आन्दोलन नभई अपराध रहेको बताउनुभएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ। परिसूचक १६ दशमलव ६८ अङ्कले घटेर दुई हजार ७०६ दशमलव ०४ को विन्दुमा कायम भएको हो। आज तीन सय २८ कम्पनीको दुई करोड १३ लाख २३ हजार नौ सय ६७ कित्ता शेयर ७४ हजार ४५ पटक खरिदबिक्री हुँदा आठ अर्ब ४३ करोड ३५ लाख ८९ हजार सात सय ८५ बराबरको कारोबार भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानबहादुर शाही पक्राउ पर्नुभएको छ । उहाँहरू निषेधित क्षेत्रमा प्रदर्शनका गर्ने क्रममा पक्राउ पर्नुभएको नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।