लामो समय धुलो र हिलोले हिँड्न नसक्ने ग्रामीण सडकहरु कालोपत्रे हुन थालेका छन् । गुल्मीको इस्मा गाउँपालिका–२ स्थित छल्दी–रातडाँडा सडक दुई दशकपछि कालोपत्रे भइरहेको छ ।
कैलालीमा रहेको सबैभन्दा पुरानो प्रशासनिक भवन नष्ट भएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको सो राणाकालीन ऐतिहासिक भवन नष्ट भएको हो ।
शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा स्थानीय किसानले पालेका गाईको बाच्छीमा लम्पी स्किन रोगको सङ्क्रमण पुष्टि भएको छ ।
दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजारमा आइपुगेका हुन् । हिमाली भेडाच्याङ्ग्रा बजार झरेपछि दसैँ पर्व आगमनको झल्को दिन्छ ।
सार्वजनिक बिदाका दिनमा पनि गुल्मीको सत्यवती गाउँपालिका भित्रका विद्यालयहरु सञ्चालन हुने भएका छन् ।
राष्ट्रिय भूमि आयोगले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण सुरु गरेको छ ।
जेनजी समूहको आन्दोलनका कारण आगजनीबाट क्षति पुगेको सुर्खेतस्थित कर्णाली प्रदेश सभा पूर्ववत् अवस्थामा आउन कठिन देखिएको छ । आगामी माघ २१ गतेभित्र कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउनुपर्ने बाध्यता छ । आगजनीबाट प्रदेश सभा बैठक, सचिवालयलगायत सम्पूर्ण कार्यालय नष्ट भएपछि पुनर्निर्माण गर्न समय लाग्ने देखिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
जेनजी पुस्ताको आन्दोलनका क्रममा कर्णालीका ९७ वटा भौतिक संरचनामा क्षति पुगेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विवरण अनुसार निजी तथा सरकारी सवारीसाधन र भौतिक संरचनामा ठुलो क्षति पुगेको छ ।
साढे तीन करोड बढी लगानीमा निर्माण गरिएको कञ्चनपुरको कृष्णपुर नगरपालिकाको भवनमा आगलागी हुँदा दुई करोड बढीको क्षति पुगेको छ ।
पर्यटन व्यवसायीका लागि यो मौसम पर्यटकीय गतिविधिले उभार पाउने मौसम हो । मनसुन सकिएको र चाडबाड सुरु भएसँगै आन्तरिक र बाह्य पर्यटक घुम्न निस्कन्छन् । अघिल्ला वर्षमा यो अवधिमा पोखराका होटेल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिन थाल्थे तर यो पटक भने पोखरा सुनसान जस्तै बनेको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनले गर्दा पाहुनाको आगमन खस्किएको हो ।
बाह्र वर्षमा खोलो पनि फर्किन्छ भन्ने गाउँघरतिर एउटा लोकप्रिय उक्ति छ तर गुल्मीमा बाह्र होइन, तेह्र वर्ष नाघ्दासमेत एउटा पुल बन्न सकेको छैन । तीन वर्षमा बन्नुपर्ने पुल तेह्र वर्षमा पनि अझै बन्न नसक्दा यहाँका बासिन्दा निकै पीडित भइरहेका छन् । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ को पुल क्याम्प र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डी भन्ज्याङ जोड्ने गरी कालीगण्डकी नदीमा तीन वर्षमा बन्नुपर्ने पुल १३ वर्ष बित्दासमेत अझै बन्न सकेको छैन ।
जेनजी आन्दोलनका क्रममा प्राण गुमाएका दुई सहिदका परिवारले अब देशमा कहिल्यै यस्तो त्रासदी दोहोरिन नदिन सरकारलाई आग्रह गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझीका २३ वर्षीय सुलभराज श्रेष्ठ र १९ वर्षीय आयुष थापाको परिवारले संयुक्त स्वरमा राजनीतिक नेतृत्व लिनेहरूसँग आग्रह गर्दै भने, “हाम्रो काख त रित्तियो, तर अब कुनै पनि विद्यार्थी वा युवाले अनाहकमा ज्यान गुमाउन नपरोस् । हामीलाई परेको पीडा अब कसैलाई नपरोस् । देशमा सुशासन कायम होस्, भ्रष्टाचार सधैँका लागि अन्त्य होस् ।”
जेनजीको प्रदर्शनपछि वातावरण सहज भए लगत्तै राजविराजस्थित रहेको उच्च अदालत जनकपुर राजविराज इजलास तथा सप्तरी जिल्ला अदालतका कर्मचारीहरू तीव्र रूपमा सरसफाइमा जुटेका छन् ।
आगलागी र तोडफोडका कारण पश्चिम नवलपरासीका सरकारी निकायमा तीन करोड बढीको क्षति भएको छ ।