• ३ असोज २०८२, शुक्रबार

सार्वजनिक बिदा र शनिबार पनि सत्यवतीका विद्यालय सञ्चालन हुने

blog

गुल्मीको सत्यवती गाउँपालिका

तिलाचन पाण्डे
तम्घास(गुल्मी), असोज ३ गते ।
सार्वजनिक बिदाका दिनमा पनि गुल्मीको सत्यवती गाउँपालिका भित्रका विद्यालयहरु सञ्चालन हुने भएका छन् । सत्यवती गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पाण्डेका अनुसार असोज तीन गते संविधान दिवस, चार गते शनिबार र छ गते घटस्थापनाका दिन पनि विद्यालय सञ्चालन हुने बताउनुभयो  ।

गत वैशाखमा शिक्षक महासंघको नेतृत्वमा भएको शैक्षिक आन्दोलनको क्रममा विद्यालयहरु बन्द भएको र शिक्षण सिकाइमा भएको क्षति आपुरण गर्नका लागि शिक्षक महासंघ सत्यवती गाउँपालिकाको वैशाख २८ गतेको निर्णय अनुसार विद्यालय सञ्चालन हुने पाण्डेले बताउनुभयो ।

शिक्षक महासंघ सत्यवतीले आन्दोलजनको समयमा भएको क्षति आपूरण गर्नका लागि वर्षे बिदामा तीन दिन र सार्ववनिक बिदामा तीन दिन गरी छ दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । गाउँपालिकाको शिक्षा शाखाका लोगराज गिरीका अनुसार पालिका भित्र सामुदायिक ३२ र संस्थागत तीन गरी ३५ विद्यालयहरु रहेका छन् भने करिव चार हजार विद्यार्थी रहेका छन् ।