पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-०८३ को बजेटमाथि पुनरवलोकन गर्ने भएको छ ।
दसैँ सुरु हुन दुई साता बाँकी हुँदै मुस्ताङबाट भेडा, च्याङ्ग्रा पोखरा आउनेक्रम सुरु भएको छ।अरु समय खसी, बोका, कुखुराको मासु खाने गरे पनि दसैँ बेला च्याङ्ग्राको मासु खाने चलन यो क्षेत्रमा छ ।
जापानको उपभोक्ता मूल्य सूचकाङ्क (मूल्य वृद्धिको दर) अगस्ट महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.७ प्रतिशतले वृद्धि भएको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको सही कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ।
दुई वर्षअघि प्रकाशित नेपाली संस्करणलाई परिमार्जन र पुनर्लेखन गरेर तयार गरिएको अङ्ग्रेजी संस्करण दसैँको अवसर पारेर प्रकाशनमा हो।
तन्जानियाको मध्य भागस्थित डोडोमा क्षेत्रमा बिहीबार बिहान भएको एक सडक दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने सोह् जना घाइते भएका छन् ।
जेनजी आन्दोलनका कारण रामपुरमा स्थगित भएको तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता आगामी असोज २६ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने भएको छ ।
‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ सन् २०२४ मा सिङ्गापुरलाई विश्वकै सबैभन्दा सुरक्षित देश घोषित गरिएको छ । सन् २००६ यता यो उपाधि सिङ्गापुरले १२ पटक प्राप्त गरिसकेको हो ।
सप्तरीको राजविराजमा विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइएको छ । संविधान दिवस २०८२ मूल समारोह सप्तरीद्वारा संविधान दिवसको अवसरमा शुक्रबार प्रभातफेरी तथा विरामीलाई फलफूल वितरण गरिएको हो ।
इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमण बढाइरहेको बेला संयुक्त राज्य अमेरिकाले बिहीबार गाजामा तत्काल र स्थायी युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई भिटो गरेको छ ।
क्यानाडा र मेक्सिकोका नेता संयुक्त राज्य अमेरिकासँगको त्रिपक्षीय स्वतन्त्र व्यापार सम्झौता (युएसएमसिए) को संरक्षण गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको कर दबाबबिच यसलाई ‘निष्पक्ष’ बनाउन सहमत भएका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह र प्रदेश सभा सभामुख रामचन्द्र मण्डलबीच आज (शुक्रबार) मुख्यमन्त्री निवासमा भेटघाट भएको छ।
चार दशकदेखि सपना देखाइरहेको पश्चिम सेती जलविद्युत् परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गरिँदै छ।
संविधान दिवसको अवसरमा हेटौँडा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । दिवसका अवसरमा शुक्रवार नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिले अस्पतालमा फलफूल वितरण गरेको हो ।