प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग यही वैशाख ५ गते बेग्लाबेग्लै भेट गरी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गर्नुभएको थियो ।
कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ७ मा एउटा ऐतिहासिक भक्नावेश छ । जसलाई राजकाँडा धुलीकोट भनिन्छ ।
मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएपछि रुसले पूर्वी र दक्षिणी युक्रेनमा हवाई आक्रमण पुनः सुरु गरेको युक्रेनका क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन् ।
धनुषाको छिरेश्वरनाथ नगरपालिका–६, सखुवा बजारकी दुखनीदवी पासवान काम पाउँदा खुसी देखिनुभएको छ ।
लत्रिएको बिजुलीको तार गुडिरहेको बोलेरो गाडीमा करेन्ट लाग्दा घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको अभाव हुनसक्ने भएकाले रुग्ण र समस्याग्रस्त आयोजनामा व्यापक कटौती गर्नुपर्ने सुझावसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई बुझाएको छ ।
धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा आगलागीबाट घाइते बिरामीको उपचारका लागि जलन एकाइ स्थापना गरिएको छ । आवश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधारको पर्याप्ततापछि अस्पतालमा जलन इकाई स्थापना गरिएको हो ।
“यो वर्ष कुन सङ्क्रमण प्रकोप/महामारीका रुपमा देखिएला ?” यो प्रश्नको तत्काल सटिक उत्तर त नहोला तर विगतको अनुभव अनि कमजोरीबाट भने सम्भावित सङ्क्रमण महामारीको अनुमान गर्न भने सकिन्छ ।
खाेजी कार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।
गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका गोरु पाल्ने कृषकलाई अनुदान प्रदान गर्ने भएको छ ।
नेपाल पत्रकार महासङ्घ स्याङ्जाले प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित सहरीकरणले विश्वमै समस्या ल्याएको र एशिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताउनुभएको छ ।
सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो ।
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत् आयोजनाको विद्युत् विसं २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर विभिन्न आठ सङ्घीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गरेका छन् ।