पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा लामो संघर्ष, बलीदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक संघीय समावेशी व्यवस्था, जनताको अधिकार स्थापित भएको दिनको रक्षा गर्न सबैमा आग्रह गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीको वस्तुनिष्ट समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशमा सुशासन कायम गर्न आह्वान गर्नुभएको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकेको छ । स्थानीय कृषि उत्पादनको बजारीकरणलाई सहज बनाउन गाउँपालिकाले न्यूनतम समर्थन मूल्य तोकेको हो ।
पशुपालनका हिसाबले जुम्ला प्रख्यात भए पनि दुध, मासु र अण्डामा अझै आत्मनिर्भर हुन सकेको छैन । सङ्ख्याका हिसाबले धेरै पशु भए पनि माथिका तीन वटै कुरामा जुम्ला आत्मनिर्भर हुन अझै केहि वर्ष लाग्ने देखिन्छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले हालको विषम परिस्थितिमा विभिन्न समस्यालाई चिर्दै अघि बढ्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
राजविराज नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरु स्थगित गरेको छ । स्वास्थ्य सिफारिस, सरसफाई लगायत अति आवश्यक सेवा बाहेक नगर कार्यपालिका कार्यालय सम्पूर्ण शाखाहरुबाट प्रवाह हुने अन्य सबै सेवाहरु स्थगित गरेको हो ।
कारागार कार्यालय सप्तरीबाट फरार कैदीबन्दीमध्ये ८२ जनालाई हालसम्म प्रहरीले पक्राउ गरेको छ । भदौ २५ गते बुधबार कारागारको मुख्य गेट तोडी तीन सय ९७ कैदीमध्ये दुई सय पाँच जना फरार भएका थिए ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
तनहुँको सदरमुकाम दमौलीमा रहेको प्रदेश अस्पताल दमौली आजभोलि बिरामीको उपचारभन्दा बढी बिजुलीको भुक्तानीको चिन्तामा छ । आर्थिक संकटको सामना गर्दै आएको अस्पताललाई हालैको प्राविधिक क्षतिले थप असहज बनाएको छ ।
म्याग्दीमा भएको भाडादर निर्धारण समितिको बैठकले जिल्ला भित्रको पक्की, कच्ची सडकमा बस, जीप तथा ट्याक्सीको भाडादर निर्धारण गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेनजी समूहको आन्दोलनका व्रmममा आगजनी र तोडफोडबाट क्षति भएका प्रदेशका भौतिक संरचनाको मर्मत गरी तत्काल सञ्चालनमा ल्याउने बताउनुभएको छ । उहाँले क्षति
तत्कालीन राष्ट्रपति विद्यादेवि भण्डारीले लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउँदै सुशासन र पारदर्शिता कायम गर्न तथा भ्रष्टाचार निवारण गर्न संविधानको पालना र कानुनको शासन अपरिहार्य रहेको बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा