• ३ असोज २०८२, शुक्रबार

फरार ८२ कैदीबन्दी पक्राउ

blog

कारागार कार्यालय सप्तरी, राजविराज । तस्बिर : देवराम यादव

देवराम  यादव
सप्तरी, असोज ३ गते ।
कारागार कार्यालय सप्तरीबाट फरार कैदीबन्दीमध्ये ८२ जनालाई हालसम्म प्रहरीले पक्राउ गरेको छ ।
भदौ २५ गते बुधबार कारागारको मुख्य गेट तोडी तीन सय ९७ कैदीमध्ये दुई सय पाँच जना फरार भएका थिए ।

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ८२ जनालाई नियन्त्रणमा लिएको छ भने झुम्का कारागार, सुनसरीबाट फरार भएका ६ जना र नख्खु कारागारबाट फरार दुई जना कैदी समेत गरी हालसम्म ९० जना पक्राउ परेका छन् ।

अहिलेसम्म राजविराज कारागारका एक सय २३ जना कैदी अझै फरार रहेका र उनीहरूको खोजी तीव्र रुपमा भइरहेको प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिएका छन् ।

उहाँका अनुसार भारतको बिहार राज्यसँग जोडिएको विभिन्न नाकामा खोजी अभियानलाई थप सक्रिय बनाइएको छ । कारागारमा सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै हाल कार्यालय वरिपरि कर्फ्युलाई निरन्तरता दिइएको छ ।