डुम्रे–बेसीशहर सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–१०, नेपालीडाँडामा माइक्रोबस र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्।
एन्फा मैदान सातदोबाटोमा आइतबार भएको खेलमा श्री भगवतीले नयाँबस्तीलाई ३–० गोलले हरायो ।
योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल फुङ्लिङ नगर समिति अध्यक्षमा भूपाल मादेन चयन हुनुभएको छ। नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठनका रूपमा रहेको वाइसीएल नेपाल फुङ्लिङको तेस्रो अधिवेशनले मादेन अध्यक्ष रहेको ४१ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको हो।
आठौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपमा महिला खुलातर्फ खुसी विक र पुरुष खुलातर्फ गजेन्द्र बर्देवा च्याम्पियन बन्नुभएको छ ।
स्याङ्जामा पालिकास्तरीय टी–१५ पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ ।
डुम्रे-बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रो बस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज थाइल्यान्डको बैंकक प्रस्थान गर्नुभएको छ । नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डा. राणाले उक्त आयोगको ८१ औँ सत्रको अध्यक्षता गर्नुहुने कार्यतालिका रहेको छ । सो सत्रलाई मन्त्री डा. राणाले नेपालका तर्फबाट सम्बोधन गर्नुहुनेछ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा स्थापित कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै नयाँ विद्यार्थीमा आकर्षण बढाउने उद्देश्यले कलेजका पूर्वविद्यार्थी एकजुट भएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताउनुभएको छ ।
मुलुकका विभिन्न जिल्लामा सवारी दुर्घटना, डुबेर र करेन्ट लागेर पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । ललितपुर, कपिलवस्तु, ताप्लेजुङ, बैतडी, सुनसरी, बर्दिया, सुर्खेत, कञ्चनपुर, सिरहा र बाँकेमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।
उहाँहरुले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलसमशेर जबरालाई निःशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
धर्मपथस्थित गोरखापत्र संस्थानको छतबाट देखिएको सुन्दर ज्याकाराण्डा फूलसँगै हनुमानढोका दरबार क्षेत्र र स्वयम्भु महाचैत्य ।
विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको भेलाले अरुण अधिकारीको अध्यक्षतामा ३६ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
योजनाको चिट्ठी सम्बन्धित वडा कार्यालयमा नपुगेको भन्दै शिक्षा विकास कार्यालय सप्तरीको कार्यालयमा आइतबार तालाबन्दी गरिएको छ।
चालु आर्थिक वर्षको ९ महिना अर्थात् असारदेखि फागुन मसान्तसम्म ढोरपाटन शिकार आरक्षमा झण्डै १० हजार बढी पर्यटक पुगेका छन् । ढोरपाटन पुग्ने विदेशीभन्दा अधिकांश पर्यटक स्वदेशी छन् ।