बाँके जिल्लामा विद्युत्को सबैभन्दा कम पहुँच भएको नरैनापुर गाउँपालिकामा नवीकरणीय सौर्य ऊर्जा उत्पादनका लागि भारतीय लगानीकर्ताले पहल गरेका छन् ।
भारतबाट प्राप्त हुने कोटाको गहुँ आयात गर्ने इजाजतपत्र पाएका २८ फर्म वा कम्पनीलाई सक्दो छिटो खरिद गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आग्रह गरेको छ ।
रेखीराम रानातानसेन, वैशाख ८ गते । पाल्पाको बगनासकाली–४, बेल डाँडामा जिप दुर्घटना हुँदा एक जना किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्ला कालीगण्डकी–३, बैघाकी १७ वर्षीया एलिजा सारु रहनुभएको छ । आइतबार बेलुकी ८ बजेतिर तानसेनबाट बगनासकाली खानीछाँप भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप बगनासकाली गाउँपालिका वडा नं. ४ स्थित, बेल डाँडामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी सारूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये बगनासकाली–४, भालेबासकी ३५ वर्षीया निता दर्लामी गम्भीर घाइते हुनुभएको छ । घाइतेहरूको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।
दिगो विकास लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब रुपियाँ लगानी आवश्यक पर्ने भएको छ । राष्ट्रिय योजना आयोगले ‘दिगो विकास लक्ष्य : आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१ प्रतिवेदन’ आइतबार सार्वजनिक गर्दै सन् २०२४ देखि २०३० सम्ममा वार्षिक औसत ३० खर्ब २३ अर्ब रुपियाँ लगानी आवश्यक पर्ने जनाएको हो ।
मुस्ताङ, वैशाख ८ गते । यहाँको थासाङ–२ घट्टेखोलास्थित हिमालयन याक नाकपालन उपसमितिका सदस्य एवं वडासदस्य भीमप्रसाद थकालीलाई पछिल्लो समय याकचौँरीका पाठापाठी हुर्काउन समस्या छ ।उहाँको करिव ७० वटा याकचौँरी छन् । पूख्र्यौली पेशा अङ्गाल्दै आउनुभएका थकालीले पछिल्लो समय याकचौँरीपालन व्यवसाय जोगाउनै गाह्रो परेको बताउनुभयो । सरकारले हिमाली क्षेत्रका याकचौँरीपालन व्यवसायलाई संरक्षण गर्न अनुकूलनका कार्यक्रम ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ । “सरकारले हिमाली याकचौँरीपालन संरक्षणका लागि अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकिरहेको छैन,” उहाँले भन्नुभयो, “हिमालमा चरनक्षेत्रमा घाँस नहुने, वन्यजन्तुको जोखिम र सुख्खा खडेरीले पानीको अभाव हुँदा यो व्यवसायनै लोप हुने अवस्थामा पुगेको छ ।”जिल्लाका पाँच वटै स्थानीय तहमा करिब चार हजार ७०० बढी सङ्ख्यामा याकचौँरी छन् । याकचौँरीपालनको व्यावसायिक हकहित र उत्थानका लागि २०७६ सालमा हिमालयन याकचौँरी पालन तथा संरक्षण व्यवस्थापन समिति गठन भएको थियो । त्यसकै उपशाखा अन्तर्गत थासाङ–२ घट्टे खोलामा हिमालयन याक नाक पालन उपसमिति छ । थकाली जस्तै थासाङ–२ मा २२ घरधुरीले २२ वटा गोठ खडा गरी करिव ७०० बढी सङ्ख्यामा याक नाक पालन गर्दै आइरहेका छन् । पूख्र्यौली व्यवसाय याकचौँरीपालनबाट राम्रो आम्दानी हुने गरेको उनीहरुको भनाइ छ । याक नाकको दुधबाट घ्यू, छुर्पी र मासु उत्पादन हुने गर्छ । यसका अतिरिक्त याक नाकका रगत निकालेर सर्वसाधारणलाई बिक्री गरी बैकल्पिक आम्दानी लिने गरेका छन् ।थासाङमा हिउँद र बर्खायाममा अलगअलग गोठ स्थान्तरण गरेर याकचाँैरीको व्यवस्थापन गर्ने गरिएको छ । बर्खायामको चिसो मौसममा मुलीखर्क, मार्चे र बतासे डाँडा लगेर गोठ सारिन्छ । त्यसपछि बिस्तारै हिउँदयाम लागेपछि बस्ती नजिकको पट्के खर्क, छिप्लुङ खर्क, सेकुङ खर्क, खैक्यु खर्क र लुप्साङ खर्कलगायतका स्थानमा याकचौँरीको गोठ स्थान्तरण गरिने याकचाँैरी पालक गौतम शेरचनले जानकारी दिनुभयो । याकचौँरीपालन गर्दा गोठालालाई वार्षिक रु दुई लाख र खाने, बस्ने र लत्ताकपडाको व्यवस्थापन गरिदिने चलन छ । पछिल्लो समय हिमाली क्षेत्रमा याकचौँरीपालन सङ्कटमा पर्दै गएको हो । जलवायु परिवर्तनका कारण वातावरणीय क्षेत्रमा परेको असरले याकचौँरीपालन व्यवसाय समस्यामा परेको स्थानीयवासीको अनुमान छ ।हिमाली क्षेत्रमा समयमा हिउँ नपर्ने, बेमौसममा हिमपात हुने र कुनै वर्ष हिउँ पर्दै नपर्नेजस्ता प्राकृतिक विपद्ले हिमाली याकचौँरीका लागि आवश्यक चरन क्षेत्रमा घाँस पाइन छाडेको हो । हिमालयन याक नाक उपसमितिका याकचौँरीपालक किसानले याक नाकको रगत सर्वसाधारणलाई बिक्री गरेर बैकल्पिक आम्दानी गर्ने गरेका छन् । याकचौँरीको आलो रगत निकालेर बिक्री गर्ने हिमाली क्षेत्रको सदिँयौदेखिको सांस्कृतिक प्रचलन हो । प्राकृतिक उपचारका लागि याकचौँरीको आलो रगत सेवन गर्नाले दीर्घरोगीलाई उपचारमा उपयोगी हुने जनविश्वास छ । विशेषगरी ग्याष्ट्रिक, गानोगोला, हाडजोर्नी दुख्ने तथा पेटसम्वन्धी समस्या भएका बिरामीलाई याकचौँरीको आलो रगतले फाइदा पुग्ने बताइन्छ । एक वयस्क याकचौँरीबाट २५ गिलासदेखि ४२ गिलाससम्म याकचौँरीको आलो रगत निकाल्न सकिने हिमालयन याक नाक पालन उपसमितिले जनाएको छ । याकचौँरीको रगत सेवन गर्न आउने सर्वसाधारणलाई प्रतिगिलास रु ३०० को दरमा बिक्री वितरण गरिन्छ ।
स्वास्थ्य सेवामा क्रियाशील स्वास्थ्यकर्मी ट्रेड युनियनहरूले स्वास्थ्य सेवा ऐन छुट्टै जारी गर्नुपर्ने माग राखेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वास्थ्य सेवामा छुट्टै ऐन जारी गर्नुपर्ने माग राखेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौँमा युवा उत्सव (सेलिब्रेसन) गर्ने भएको छ ।
शिक्षकको निरन्तर आन्दोलनका विद्यार्थीहरू पढाइबाट वञ्चित भएको भन्दै विभिन्न संस्थाले विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।
विराटनगरकी मीना काफ्ले नयाँ वर्षको अवसर पारेर धनकुटाको करुले पुग्नुभयो ।
गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार बिहानदेखि भएका इजरायली हवाई आक्रमणमा परी गाजा पट्टीमा कम्तीमा २५ जनाको ज्यान गएको छ, जसमा महिला र बालबालिका पनि परेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निमित्त उपकुलपतिमा प्रतिष्ठानकै शिक्षाध्यक्ष प्राडा सन्जिवकुमार शर्मालाई जिम्मेवारी दिइएको छ ।
आइतबार सिड्नी नजिकै चट्टानबाट खसेपछि एक मछुवाको मृत्यु भएको छ । योसँगै इस्टर सप्ताहन्तमा अस्ट्रेलियाको पूर्वी तटमा विशाल छालहरूले प्रहार गर्दा डुबेर मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।
नेपाली लेखक सङ्घले ‘राष्ट्रिय लेखक पुरस्कार–२०८२’ वरिष्ठ आख्यानकार धुव्रचन्द्र गौतमलाई प्रदान गर्ने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलन निरन्तर जारी रहने बताउनुभएको छ।
एनआरएनए बेल्जियमले नेपालमा परोपकारी काम गरिरहेका बेल्जियन नागरिक एवम् संस्थालाई सम्मान गर्दै ‘नेपाल बेल्जियम दिवस’ सम्पन्न भएको छ।