आज संविधान दिवस । एक दशकअघि २०७२ सालमा आजकै दिन संविधान सभाले कठिन परिस्थितिमा संविधान जारी गरी देशलाई अनिश्चयको भुमरीबाट बाहिर ल्यायो । नेपालको संवैधानिक विकासको यात्रा आठ दशकको छ । विसं २००४ सालमा नेपाल सरकारको वैधानिक कानुन पहिलो संवैधानिक विधि थियो । त्यसअघि मुलुकी ऐन, १९१० ले सामान्य विधि दिए पनि त्यो मूल कानुन थिएन । राणाकालको अन्त्यतिर नेपाल सरकारको वैधानिक कानुन जारी त भयो तर कार्यान्वयनमा आएन । सात सालको क्रान्तिले १०४ बर्से जहानियाँ राणाशासन अन्त्य गरे
कतिपय इतिहासमा समयका निकै निर्मम छाया विम्बित हुन्छन् । अनि कतिपय परिवर्तन ती भयानकताका ऐना बनिदिन्छन् । नेपाल एउटा यस्तो देश हो, जसको इतिहासमा यस्ता कैयौँ भयावह संयोग मिसिएका छन् । हो, फेरि हा
हरेक मानिस समाजमा जन्मिन्छ, हुर्कन्छ, वयस्क, वृद्ध हुँदै मृत्युवरणमा पुग्छ । मानिस वयस्क अवस्थासम्म पुग्न निजका आमा बुबाको भूमिका र कर्तव्य त रहन्छ नै, त्यसका अलवा ऊ जन्मिएको घर, परिवार, गाउँ, समाज र समग्रतामा भन्दा राष्ट्रको समेत लगानी रहेको हुन्छ । त्यसैले उसलाई उक्त देशको नागरिक भनिन्छ । नागरिक भन्नु राष्ट्र र व्यक्तिबिचको औपचारिक सम्बन्ध हो । एउटा मान्छे नागरिक त्यति बेला हुन्छ, जति बेला कानुनी तथा संवैधानिक रूपमा मान्यता प्राप्त गर्छ । मान्छे कानुनी हिसाबले कुनै देशसँग प्रत्यक्ष सम्बन्ध हुँदैन भने त्यो अवस्थामा उसलाई
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विश्वविद्यालय शिक्षामा आमूल परिवर्तन ल्याई गुणस्तरमा सुधार अहिलेको आवश्यकता हो । सुधारको प्रयासका लागि ज्ञानलाई सिप र रोजगारसँग जोड्ने र पढ्दै कमाउँदै गर्ने नीति पनि सरकारले नल्याएको होइन तर ती कागजमै मात्र सीमित रहे । नेपाली युवा विद्यार्थी रोजगारीका लागि प्रत्येक दिन सयौँको सङ्ख्यामा विदेश पलायन भइरहेका छन् । गुणस्तरीय शिक्षा भनेको केवल डिग्री लिनु मात्र नभ
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले संविधानको रक्षा, कार्यान्वयन र सम्वर्द्धनमा योगदान दिन सबैलाई आह्वान गर्नुभएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।
दोलखा जिल्लाको कालिन्चोकबारे लेखिएको ‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ पुस्तक लोकार्पण भएको छ । पत्रकार एवं लेखक रोहिणीप्रसाद घिमिरेले लेख्नुभएको पुस्तकको लोकार्पण कामना न्युज पब्लिकेसन्सका प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठ र नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितलगायतले संयुक्त रूपमा गर्नुभयो ।
भ्रष्टाचारविरुद्धको प्रदर्शनमा ज्यान गुमाएका जेनजी सहिदको सम्झनामा ‘मिसेस नेपाल वल्र्ड २०२५’ का प्रतियोगीले संविधान सभा भवनपरिसरमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत् उत्पादनलाई रोक्न नहुने बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले बिहीबार नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्ना माग पेस गरेको थियो । सोही व्रmममा उहाँले देशका लागि अझै धेरै बिजुली आवश्यक रहेकाले विद्युत् उत्पादन रोक्न नहुने स्पष्ट पार्नुभयो ।
संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै उहाँले राष्ट्रियसभाअन्तर्गतका समितिलाई सबल बनाउने, नीतिगत छलफललाई गहिरो बनाउने, नागरिक सरोकारका मुद्दामा नियमित बहस गर्ने र सरकारलाई आवश्यक सुझाव प्रदान गर्ने अभ्यास बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रभावित बिमितले बिमा रकम भुक्तानी पाउन दाबी सुरु गरेका छन् । नेपाल बिमा प्राधिकरणका अनुसार गत भदौ ३१ सम्ममा विभिन्न बिमा कम्पनीमा २० अर्ब ७० करोड ३८ लाख रुपियाँ बराबरको बिमा दाबी परेको छ । प्राधिकरणका अनुसार मङ्गलबारसम्म कुल एक हजार ९८४ वटा बिमा दाबीमार्फत उक्त रकमको कुल बिमा दाबी परेको हो ।
निजी क्षेत्रका प्रतिनिधि संस्थाले मर्यादित रूपमा उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले गृहमन्त्री ओमप्रकाश आर्यालसँग गृह मन्त्रालयमा छुट्टाछुट्टै भेट गरी यस्तो आग्रह गरेका हुन् । उनीहरूले उद्यमी व्यवसायीलाई शान्तिसुरक्षाको प्रत्याभूति दिन सरकारलाई तत्काल ठोस कदम चाल्न सुझाव दिए ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायलाई सुदृढ बनाउन सबैलाई आह्वान गर्नुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा संसद्को जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न राष्ट्रियसभा सदैव क्रियाशील रहने विश्वास दिलाउनुभएको छ ।