• ३ असोज २०८२, शुक्रबार

सहिदको सम्झनामा दीप प्रज्वलन

blog

काठमाडौँ , असोज ३ गते । भ्रष्टाचारविरुद्धको प्रदर्शनमा ज्यान गुमाएका जेनजी सहिदको सम्झनामा ‘मिसेस नेपाल वल्र्ड २०२५’ का प्रतियोगीले संविधान सभा भवनपरिसरमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सामूहिक रूपमा दीप प्रज्वलन गर्दै उनीहरूले सहिदहरूको बलिदानलाई नमन गर्दै भ्रष्टाचार अन्त्यका लागि एकताबद्ध हुने संकल्प गरे । मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिबन इन्टरटेन्मेन्ट प्रालिका प्रतिनिधिले पनि कार्यक्रममा सहभागी हुँदै भने, “यो श्रद्धाञ्जली कार्यक्रम केवल सहानुभूति मात्र नभई भ्रष्टाचारविरुद्धको हाम्रो साझा आवाज हो ।”