• २ असोज २०८२, बिहिबार

एमाले बागलुङको पार्टी कार्यालयमा राखियो झण्डा र बोर्ड

blog

नेकपा (एमाले) बागलुङको पार्टी कार्यालयमा झण्डा र बोर्ड राख्दै नेता कार्यकर्ताहरु । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की

काठेखोला (बागलुङ), असोज २ गते । नेकपा (एमाले) बागलुङको पार्टी कार्यालयमा झण्डा र बोर्ड राखिएको छ । एमाले बागलुङको नेता कार्यकर्ताहरुको उपस्थितिमा बिहीबार कार्यालयमा पुनः जिल्ला कमिटीको बोर्ड र पार्टी झण्डा राख्दै सरसफाई गरिएको हो ।

२४ भदौंमा आन्दोलनरत पक्षबाट एमाले बागलुङको व्यानर र झण्डा जलाइएको थियो भने कार्यालयभित्र तोडफोड गरिएको थियो । पार्टी कार्यालयमा बोर्ड र झण्डा राखेपछि बोल्दै एमाले बागलुङका अध्यक्ष हिराबहादुर के.सी.ले जेनजीहरुले अगाडि सारेका भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा एमाले रहेको बताउनुभयो । 

“जेनजिको आन्दोलनको व्यानरमा कहाली लाग्दो हिंसा, तोडफोड, आगजनी र राष्ट्रिय सम्पत्तिमा मात्र नभई राष्ट्रमाथि दीर्घकालीन आघात पर्न सक्ने अपराधजन्य काम भएको छ” उहाँले भन्नुभयो, “अपराधजन्य गतिविधिलाई कानुनी कारवाही गर्नुपर्ने र जेनजीहरुका मागहरुलाई पूरा गर्न तत्काल अघि बढाउन सरकारसँग माग गर्दछौं ।”

लोकतन्त्रको रक्षा आवाधिक निर्वाचनबाट हुने उहाँको भनाइ छ । तोकिएको समयमा निस्पक्ष, धाधलिरहित निर्वाचन गर्न उहाँले सुझाव दिनुभयो । सबै राजनीतिक दलहरुले निर्भयका साथ आफ्ना मुद्दा, माग र एजेन्डाहरुको साथमा जनतामा जानुको विकल्प नरहेको उहाँको भनाइ छ ।  

अध्यक्ष केसीले लोकतन्त्रको रक्षा आवधिक निर्वाचनबाट हुने बताउँदै तोकिएको समयमा निस्पक्ष, धाँधलिरहित निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचनको लागि सवै राजनीतिक दलहरुले निर्भयका साथ आफ्ना मुद्दा, माग र एजेन्डाहरुको साथमा जनतामा जाने वातावरण सरकारले सिर्जना गरिदिनुपर्ने बताउनुभयो । दलहरुले यो निर्वाचनलाई सवै हिसावले सम्पन्न गर्न योगदान गर्नुपर्ने उहाँको भनाइ छ ।

देशले अहिले गलत पाइला चाल्न पुगेमा राष्ट्रिय अस्मिता गुम्ने खतरा रहेको उहाँको भनाइ छ । “हाम्रो देश लामो संक्रमणकालमा रहन सक्दैन” उहाँले भन्नुभयो, “यो अवस्थामा गलत पाइला चालन पुगेमा राष्ट्रिय अस्मिता गुम्ने खतरा छ । त्यसैले सम्बेदनशील भएर पाइला चाल्नुपर्छ ।”