खोटाङका चार कर्मचारी सङ्गठनले सङ्घीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ला प्रशासनमार्फत सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रासस फोटो पुस्तकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवम् प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजनाले सडक पुल र बस्ती संरक्षणका लागि रघुगङ्गा नदीमा पक्की तटबन्धन निर्माण सुरु गरेको छ।
भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उहाँ यहाँ आउनलाग्नुभएको हो ।
किसानलाई बिउ वितरण गर्न डुडुवा गाउँपलिकाले यस वर्षदेखि आफैँले बिउ उत्पादन सुरु गरेको छ । धानको मूल बिउ उत्पादन गरी पालिकाले एक सय ४२ क्विन्टल उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको हो ।
नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाःको तेस्रो राष्ट्रिय सम्मेलनले उमेश स्थापितको नेतृत्वमा १२७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । राजधानीमा दुई दिने सम्मेलनपछि सर्वसम्मतबाट उहाँको नेतृत्वमा नयाँ समिति गठन भएको हो ।
प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले आइतबार गाजा पट्टीको ६९ प्रतिशत भूभाग इजरायली निकासी आदेशअन्तर्गत रहेको बताएको छ ।
पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ । इस्टर आइतबार सेन्ट पिटर्स स्क्वायरमा धेरै आशा गरिएको उपस्थिति देखाएको एक दिनपछि भ्याटिकनले एक वक्तव्यमा पोपको निधन भएको बताएको छ ।
जलवायु परिवर्तनका असरले पारेको प्रभावका विषयमा छलफल गर्न आयोजना गरिएको हिमाली संवादको तयारी पूरा भएको छ ।
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सेवा निवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
पाँचथर जिल्लाका तीन फरक स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा नौ जना घाइते भएका छन् । सबै घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
रौतहटबाट स्रोत नखुलेको १० लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो भारत बिहार जिल्ला मोतिहारी थाना कुंडवा चैनपुर ग्राम पंचायत खरहा चैनपुर वडा नं. ८ ग्राम मुसहरीयाका २३ वर्षीय राज किशोर ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गुल्मीको छत्रकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । यहाँका छ वटै वडामा रहेका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रम अनुसार खोप दिएसँगै गाउँपालिकाकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
मकवानपुरको थाहा नगरपालिका– १, कुञ्छालमा छोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षीय बुवा पक्राउ परेका छन् ।
प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोक सेवा आयोग, पोखरा कार्यालयमा सञ्चालन भएको नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा अर्कौ व्यक्तिले परीक्षा दिएको आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको हो ।