• ३ असोज २०८२, शुक्रबार

देउवाद्वारा शोक प्रकट, भ्रामक समाचारप्रति आपत्ति

blog

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ३ गते ।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेएनजी आन्दोलनका क्रममा निधन भएकाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले मृतकको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभेच्छा व्यक्त गर्नुभएको छ ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जारी गर्नुभएको विज्ञप्तिमा आन्दोलनका क्रममा जनधनको अपूरणीय क्षति भएको भन्दै यसले सम्पूर्ण नेपालीलाई पीडा दिएको उल्लेख गरिएको छ । उहाँले सरकार र सम्बन्धित पक्षले घटनाको निस्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “विभिन्न सामाजिक सञ्जालमा घरभित्र बसेको अवस्थामै गुगल ट्रान्सलेटमार्फत अनुवाद गरेर प्रचार गरिएको अभिव्यक्ति पूर्णतः गलत र भ्रामक हो ।”

आपराधिक घटनापछि पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालमा देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका दृश्यहरु जोडेर सम्पादित फोटो र भिडियोहरू सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

देउवाले यस्ता भ्रामक सूचनाले नेपाली समाजमा भ्रम फैलाउन सक्ने भन्दै पार्टी, नेतृत्व तथा कार्यकर्ताहरूप्रति विश्वस्त रहन आग्रह गर्नुभएको छ ।

स्वकीय सचिव भानु देउवाले विज्ञप्तिमा जनाए अनुसार सभापति देउवाले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उहाँले आपराधिक घटनापछि पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालमा देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका दृश्यहरु जोडेर सम्पादित फोटो र भिडियोहरू सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।