गुल्मीका १६ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । सरकारले राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत देशभर शनिबार र आइतबार दुई दिनसम्म बालबालिकाका लागि भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन गरेको हो ।
२२ स्पर्धा समावेश दुई दिने प्रतियोगितामा पाम सर्वाधिक ११ स्वर्ण, चार रजत र चार कांस्य जित्दै च्याम्पियन बनेको हो ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको काम धमाधम चलिरहेको छ । स्रोतको चाप, शिथिल अर्थतन्त्र, खस्कँदो निजी क्षेत्रको मनोबल तथा लगानी, नतिजामुखी बन्न नसकेको कर्मचारी प्रशासन, न्यून विकास खर्चलगायत समस्या मुलुकले खेपिरहेको वर्तमान अवस्थामा कस्तो बजेट सरकारले ल्याउँदैछ भन्ने चासो स्वाभाविक हो ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो चयन हुनुभएको छ। संघको चौथो जिल्ला अधिवेशनले मेन्याङ्बोको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो।
नव वर्ष २०८२ र लोकतन्त्र दिवशको अवसरमा मकवानपुरको चित्लाङमा जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका –४ स्थित मुसिडाँडामा गेट बनाउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । मुसिडाँडामा रहेको मन्दिर क्षेत्रमा नयाँ गेट बनाउने क्रममा पुरानो गेट भत्किन गई च्यापिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
संयुक्त राज्य अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ । इस्लामिक स्टेट (आईएस) विरुद्धको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत अमेरिका विगत केही वर्षदेखि सिरियामा सैनिक तैनाथ गर्दै आएको छ ।
मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत मकवानपुरमा पनि ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन सुरु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक बिदाहरूमा पनि आफ्नो कार्यालयले प्रवाह गर्ने केही महत्त्वपूर्ण सेवाहरू सूचारु राख्ने जानकारी गराएको छ ।
गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बीचको सम्बन्धमा कुनै समस्या नरहेको बताउनुभएको छ ।
पत्रकारिताको माध्यमबाट समाजलाई महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै गोरखापत्रकर्मीसहित तीन जना पत्रकारलाई सम्मान गरिएको छ । गोरखापत्रका स्याङ्जा समाचारदाता अर्जुन काफ्ले, पुतलीबजार समाचारदाता हरिप्रसाद सुवेदी ‘सुशिल’ र पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्या तथा स्याङ्जाका पूर्व अध्यक्ष श्रीकृष्ण सिग्देललाई सम्मानित गरिएको हो ।
सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको बताउनुभएको छ ।
श्रीलङ्काको एक चर्चमा शुक्रबार बेलुकी गोली प्रहार भएको छ । प्रहरीले जानकारी दिएको अनुसार घटनास्थल राजधानी कोलम्बोबाट करिब १६० किलोमिटर टाढा रहेको मानाम्पिटिया भन्ने ठाउँमा पर्छ ।
बर्दियाको गुलरिया नगरपालिका वडा नं. १ ले ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य सेवा सुरु गरेको छ । गुलरिया नगरपालिका १ नं. वडा कार्यालय र खैरापुर स्वास्थ्य चौकीको संयुक्त आयोजनामा नागरिकको घरघरमा पुगेर ७० वर्ष उमेर पुगेका नागरिकका लागि घरघरमा स्वास्थय सेवा सुरु गरेको हो ।
सुनसरीमा नेकपा (एमाले)ले आफ्नो जरा अभियानअन्तर्गत ज्येष्ठ नागरिकलाई सम्मान तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।