पश्चिम नवलपरासीको सुस्तामा बाढी पस्न थालेको छ । हिजोदेखिको अविरल वर्षाका कारण नारायणी नदीको जल सतह खतराको तहनजिक पुगेको छ । सुस्ता गाउँपालिका वडा –५ स्थित नारायणीपारीको सुस्ता गाउँको थारुटोलमा बाढी पसेको हो ।
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सभामुख पदबाट राजीनामा दिनुभएको छ ।
श्रीलङ्काले आफ्ना नदी र तालमा हुने असर रोक्न चार प्रकारका विदेशी माछामा प्रतिबन्ध लगाउने भएको छ ।
भारतमा अनलाइन जुवामा गरिएको प्रतिबन्धले सयौँ करोड प्रयोगकर्तालाई सेवा दिने अर्बौं डलरको उद्योग बन्द गराएको छ र राष्ट्रिय क्रिकेट टोलीको प्रायोजनसमेत प्रभावित पारेको छ ।
मानव-सिर्जित जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यो गर्मीमा युरोपेली सहरमा करिब १६ हजार पाँच सय मानिसको मृत्यु भएको वैज्ञानिकहरूले बुधबार अनुमान गरेका छन् ।
पूर्व–पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका –११ स्थित सिएमसी चुरेहिल अस्पताल अगाडि स्कुटर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबिचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् ।
उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाला । बाधाअड्चन क्रमशः हटेर जानुका साथै सोचेका योजना क्रमशः बन्दै जाने छन् । प्रतिस्पर्धामा सफलता मिल्ने छ । आफन्त एवं आत्मीयजनको भेटघाटले मन रमाउने छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि
जेनजी प्रदर्शनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण बन्द भएको शेयर कारोबार यही असोज २ गते बिहीबारदेखि पुनः सुरु हुने भएको छ ।
यहाँस्थित सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । सदरमुकाम नजिकै पर्ने यो रमणीय स्थान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
नवपुस्ता (जेनजी) आन्दोलन र प्रदर्शनको क्रममा सिराहाका विभिन्न स्थानीय तह, सरकारी कार्यालय र राजनीति दलका नेताको घरसमेत गरी तीन दर्जनभन्दा बढी भौतिक संरचनामा क्षति भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
केरा खेतीका लागि उत्कृष्ट बन्दै गएको बर्दिया जिल्लामा बजार व्यवस्थापन नहुँदा किसानहरू मर्कामा परेका छन् ।
नवपुस्ता (जेनजी) आन्दोलन र प्रदर्शनको व्रmममा सिराहाका विभिन्न स्थानीय तह, सरकारी कार्यालय र राजनीति दलका नेताको घरसमेत गरी तीन दर्जनभन्दा बढी भौतिक संरचनामा क्षति भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
गण्डकी प्रदेशको राजधानीसमेत रहेको कस्कीको पोखरा महानगरमा रहेका २७ प्रहरी कार्यालयमा जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट भएको छ ।