• ४ जेठ २०८२, आइतबार

क्षतिपूर्तिको आश्वासन मात्रै

blog

धवलागिरि हिमालको आधार शिविरमा हिमपहिरोमा परेका घोडा तथा खच्चड ।

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), जेठ ४ गते  । मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फाका खच्चड व्यवसायी माइकल परियार धवलागिरि हिमालको आधार शिविरमा घोडा र खच्चड मरेको क्षतिपूर्तिको पर्खाइमा बसेको तीन वर्ष बित्यो । 

विसं २०७९ भदौमा आरोही र पर्यटकका सामग्री लिएर आधार शिविरमा पुगेको र सोही असोज १७ गते हिउँले पुरिएर ४५ वटा घोडा र खच्चड मरेका थिए । व्यवसायी परियारको ३० लाखभन्दा बढीको क्षति भए पनि अहिलेसम्म क्षतिपूर्ति पाउनु्भएको छैन । 

घरपझोङ–२, मार्फाकै अर्का व्यवसायी बुद्धिबहादुर परियारले १५ वटा खच्चड बेस क्याम्पमै हिमपहिरोमा परी मरेको क्षतिपूर्तिको आश्वासन मात्रै पाएको बताउनुभयो । थमसेर्कु ट्रेकिङ कम्पनी र साङ्ग्रिला ट्रेकिङ कम्पनीले आरोहीसहितको टोलीका सामान ढुवानी गर्न आधार क्षेत्रमा पुगेका घोडा र खच्चड हिमपहिरोमा परेपछि क्षति अनुसारको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि पूरा नभएको खच्चड व्यवसायी माइकल परियारले बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, “घोडा र खच्चड मरेको क्षतिपूर्ति माग्दामाग्दै थाकिसकँे ।” खच्चड र घोडालाई बेसक्याम्पमै छाडेर आएका व्यवसायीद्वय परियारले ऋण खोजेर व्यवसाय निरन्तरता दिए पनि क्षति अनुसारको राहतका लागि निरन्तर दबाब दिइरहेको बताउनुभयो । 

पर्यटन पथप्रदर्शक इन्द्रसिंह शेरचनले म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने विश्वको सातौँ (आठ हजार १६७) मिटर अग्लो धवलागिरि हिमालमा हिमपहिरोमा ६० घोडा र खच्चड मरेर दुई वटा दुई महिनासम्म जीवित रहे पनि आहारा नहुँदा मरेको बताउनुभयो । बेसक्याम्पमा सामान ढुवानीका व्रmममा मर्ने घोडा र खच्चडधनीलाई अन्य टे«किङ कम्पनीले राहत दिन आनाकानी गर्ने गरेको गुनासो आउने गरे पनि सरकारी निकायबाट बेवास्ता गर्ने गरेको पाइन्छ । 

सन् १९६० मे १३ मा स्विट्जरल्यान्डको आरोहण दलले पहिलो पटक धवलागिरि चुचुरामा आरोहण गरेपछि हालसम्म आरोहणको ६५ वर्षमा ६८० जनाभन्दा बढीले धवलागिरि चुचुरो टेकिसकेको र आरोहणका व्रmममा ९० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । आधार क्षेत्रमा आरोहीको सामान पु¥याउने भरपर्दो माध्यम भनेकै घोडा र खच्चड हुन् ।