प्रदेश राजधानी वीरेन्द्रनगरमा सडकबत्ती र पर्याप्त मात्रामा सिसी क्यामरा नहुँदा सुरक्षा चुनौती बढेको छ । उज्यालो नहुँदा रातको समयमा हुने आपराधिक गतिविधिको अनुसन्धान गर्नेदेखि सुरक्षाको चुनौती बढेको हो । प्रहरीका अनुसार सडकबत्ती नहुँदा अनुसन्धान गर्न र खोजतलास गर्न समस्या हुने गरेको छ । केही समयअघि विद्युत् महसुल नतिरेको भन्दै विद्युत् प्राधिकरणले अधिकांश सडकबत्तीका लाइन काटिदिएको छ भने कतिपय ठाउँका बत्ती नै उठाइदिएको छ । राजधानीभित्र करिब एक हजारभन्दा बढी सडकबत्ती थिए । प्राधिकरणले लाइन काटेपछि अहिले अधिकांश सडकबत्ती बन्द छन् ।
भीमसेन थापा गाउँपालिका–४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ । गाउँपालिकाको पोषण विशेष कार्यक्रमअन्तर्गत सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको धावाँ स्वास्थ्यचौकीका प्रमुख गुणराज लामिछानेले जानकारी दिनुभयो ।
लामो समयदेखि रारा विमानस्थलको ट्रस टर्मिनल भवन निर्माण हुन नसक्दा अलपत्र अवस्थामा छ । पाँच वर्षदेखि उक्त टर्मिनल नबन्दा उडान प्रभावित हुँदै आएका छन् । २०७८ सालमा मै निर्माण सम्पन्न हुनुपर्ने प्राधिकरण र निर्माण कम्पनीबिच सम्झौतामा उल्लेख छ । उक्त भवनको निर्माण ठेकेदार कम्पनी ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनको लापर्बाहीका कारण पर्यटक र कर्णालीवासीले समस्या खेप्नु परेको छ । टर्मिनल भवन निर्माणका लागि सम्झौताको समय सकिए पनि सम्बन्धित निकायले चासो नदिँदा समस्या भएको स्थानीयको आरोप छ । ओमबुद्धले आधुनिक ट्रस टर्मिनल भवन निर्माण गर्नलाई २०७६ असोज १६ मा ३० महिनाभित्र सम्पन्न हुने गरी प्राधिकरण र निर्माण कम्पनीबिच सम्झौता भएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाले जानकारी गराएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गरिएको छ ।
चालु आर्थिक वर्षका लागि संशोधित बजेट ल्याउने तयारी गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारले अझैसम्म बजेट सार्वजनिक गर्न सकेको छैन । बजेट निर्माणमा मन्त्रालयहरूबाट भएको ढिलाइका कारण बजेट सार्वजनिक गर्न ढिलाइ भइरहेको बताइएको छ । सरकारले छिट्टै बजेट सार्वजनिक गर्ने भन्दै भदौ ७ बाट तयारी थालेको थियो । त्यस क्रममा विभिन्न मितिमा बजेट सार्वजनिक गर्ने बताइए पनि अहिलेसम्म प्रदेशको नयाँ बजेट सदनमा प्रस्तुत हुन सकेको छैन ।
वीरेन्द्रनगर–१० बामेखोलाका शोभा बस्नेतले विगत लामो समयदेखि कृषि पेशा अवलम्बन गर्दै आउनुभएको छ । उहाँले पाँच कठ्ठा जग्गामा तरकारीखेती र १५ कट्टामा धानखेती गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशको विकासमा कोसेढुङ्गा मानिएको महाकाली कोरिडोरको ७८ प्रतिशत ट्र्याक खुलेको छ । कोरिडोरको करिब ५१ प्रतिशत हिस्सा बैतडीले ओगटेको छ । दक्षिण कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको झुलाघाट हुँदै उत्तरको दार्चुला–टिङ्कर जोड्ने महाकाली कोरिडोर चीन र भारतको सीमा जोड्ने व्यापारिक महत्वको सडक हो । कोरिडोरको ४१३ किलोमिटर सडकमध्ये ३३४ किलोमिटर सडक सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले निर्माण गर्दै छ भने दार्चुलाको तुसारपानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर चट्टानी भागमा नेपाली सेनाले निर्माणको जिम्मा पाएको छ । नेपाली सेनाले जिम्मा पाएको ७९ किलोमिटर कडा चट्टानमध्ये १३ किलोमिटर निर्माण गरिसकेको छ भने सडक विभागले जिम्मा पाएको ३३४ मध्ये २६१ किलोमिटर गरी २७३ किलोमिटर सडकको ट्र्याक खुलेको छ ।
धादिङको धुनिबेसी नगरपालिका ९ मा भारी वर्षापछि झरेको लेदोले अवरुद्ध भएको पृथ्वीराजमार्ग विहान १ बजेदेखि दुई तर्फी सञ्चालन भएको छ ।
मधेस प्रदेशका २३ विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा धेरै विद्युत् चुहावट रौतहटको मौलापुर वितरण केन्द्रबाट हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष २०८०र८१ मा मधेस प्रदेशमा सबैभन्दा धेरै विद्युत् चुहावट हुनेमा मौलापुर वितरण केन्द्र रहेको छ । सो केन्द्रबाट ४३ दशमलव ४० प्रतिशतले विद्युत् चुहावट भएको देखिन्छ ।
राजनीतिक कालखण्डमा अनेक उतारचढाव भोग्दै आएको मुलुकको सबैभन्दा ठुलो पार्टी नेपाली कांग्रेसले स्थापनाको ७७ औँ वर्ष पूरा गरिसकेको छ । हुकुमी जहानियाँ राणा शासनको अन्त्य गरेर प्रजातन्त्र स्थापनाको मूल उद्देश्यसाथ स्थापित कांग्रेसको ऐतिहासिक पृष्ठभूमि नियाल्दा ‘फुटेर होइन, जुटेर मात्र उद्देश्य अनुरूपको लक्ष्य हासिल गर्न सकिन्छ’ भन्ने पुष्टि भएको छ । २००३ साल कात्तिक १५ गते मित्रराष्ट्र भारतको ऐतिहासिक सहर बनारसमा गरिएको एक भेलाले ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ स्थापना गरेको थियो । यही जगमा उभिएर ‘नेपाली राष्ट्रिय कांग्रेस’ हुँदै ‘नेपाली कांग्रेस’ स्थापना भएको इतिहास साक्षी छ । २००३ साल
राजनीतिक दल, गठबन्धन तथा सङ्गठनमा हुने शक्ति र सामथ्र्यको भूमिका महत्वपूर्ण हुन्छ । राजनीतिक शक्ति र सामथ्र्य आपसमा अन्तरसम्बन्धित पनि हुन्छन् साथै यी दुवै तत्वले राजनीतिमा ठुलो प्रभाव पार्छन् । वास्तवमा राजनीतिक शक्तिको तागत त्यसको निर्णय गर्ने क्षमता, लागु गर्ने क्षमता र जनसमर्थन हासिल गर्ने क्षमतामा भर पर्छ । साथै राजनीतिक शक्ति कसरी गतिशील भएर काममा अगाडि बढिरहेको छ भन्ने कुराले राजनीतिक शक्ति र सामथ्र्यको मापन गरिरहेको हुन्छ । कुनै पनि राजनीतिक दल, गठबन्धन तथा सङ्गठनको काम गर्न सक्ने क्षमतालाई त्यसको शक्ति भनिन्छ भने निश्चित समयमा काम गर्ने दर तथा निर्णयलाई कार्यान्वयन गर्ने क्षमताको दरलाई सामथ्र्य भनिन्छ । राजनीतिक शक्ति र सामथ्र्यको सही संयोजनले राजनीतिक शक्तिको सफलता र प्रभावलाई निर्धारण गर्छ ।
सामाजिक अन्तर्क्रिया मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण औषधी हो । आपसी सद्भाव, प्रेम, सहयोग, विश्वास र समझदारीबाट आत्मबल बढ्नुका साथै मनोसामाजिक स्वस्थतासमेत प्राप्त हुन्छ । व्यक्ति व्यक्तिबिचको अन्तर्क्रियामा कमी हुनासाथ अन्तर्मुखी प्रवृत्ति बढ्दै जान्छ भने सामान्य जनजीवनबाट व्यक्ति एकाकी बन्न थाल्छ । सामाजिक, आर्थिक र राजनीतिक द्रुत परिवर्तनले व्यक्तिलाई समायोजन हुन कठिनाइ सिर्जना गरेको अवस्थामा वा उसको जीवनस्तरमा तुरुन्तै ठुलो परिवर्तन आएमा समायोजनजन्य समस्या सिर्जना हुन सक्छ । मानवनिर्मित वा प्राकृतिक जुनसुकै दुर्घटना वा विपत् सृजित समस्याबाट सबैभन्दा बढी
नेपाली कांग्रेस र नेकपा (एमाले) को सरकार गठनको विभिन्न कारणमध्ये नेपालको संविधान संशोधन पनि एक हो । संविधान प्रारम्भ भएको नवौँ वर्ष पूरा भई १० औँ वर्षमा प्रवेश गर्न लागेको अवस्था छ । सङ्घीय संसद्ले उक्त संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरवलोकन गर्ने छ भन्ने संवैधानिक व्यवस्थासमेत गरेको छ । यस अर्थमा राजनीतिक दलले उल्लेख गरेको संविधान संशोधनको कुरालाई समय सान्दर्भिक रूपमा लिन सकिन्छ । साथै संविधान एक परिवर्तनशील दस्ताबेज हो । यसलाई विधि र प्रक्रियाबमोजिम समानुकूल संशोधन गर्ने प्रचलन संसारभर छ । संविधान देशको सर्वोच्च कानुन भएकाले मूलभूत व्यवस्थामा परिवर्तन गर्न सामान्य कानुनलाई मात्र संशोधन गर्न सकिँदैन किनकि संविधानभन्दा उच्चस्तरको वा समानस्तरको कानुन बनाइएको हुँदैन । संविधानसँग बाझिने गरी कानुन बनाइँदैन, बनाइएमा बाझिएको हद जतिको कानुन स्वतः निष्क्रिय हुन्छ । जति पनि कानुन बनाइन्छ, संविधान अन्तर्गत बनाइनु पर्छ
सडक, पुल, वैकल्पिक मार्ग, सहरी पूर्वाधार जस्तैः पार्क, मेट्रो रेल, प्रदर्शनी स्थल आदिको निर्माण विकासका पूर्वसर्त हुन् । गुणस्तरीय दिगो भौतिक संरचना नभई आर्थिक गतिविधिका लागि आधार तयार हुँदैन । विकास भनेको नागरिकको घरछेउमा सुविधा पुग्नु र त्यो सुविधा उपभोग गर्न उनीहरूको गोजीमा पैसा पनि हुनु हो । भौतिक संरचनाले सोझै गरिबको गोजीमा पैसा भर्दैन तर पहिले भौतिक संरचना बनाएपछि मात्र गोजी भर्ने आधार तयार हुँदै जान्छन् । पूर्वाधार विकासमा निजी क्षेत्र