शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस पटक राष्ट्रिय शिक्षा दिवस नमनाउने भएको छ । जेनजी समूहको आक्रमणबाट मन्त्रालयलगायत थुप्रै सरकारी संरचना ध्वस्त भएका कारण दिवस मनाउन नसकिने मन्त्रालयले जनाएको छ ।
चाडपर्वलक्षित यातायात व्यवस्थापनमा सहजता ल्याउनका लागि सार्वजनिक यातायात सेवाप्रदायकले लामो तथा मध्यम दुरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने भएको छ ।
जेनजीले भदौ २३ र २४ गते गरेको आन्दोलन हिंसात्मक भई प्रदर्शनकारीको निसानामा परेर ध्वस्त बनाइएका प्रहरी युनिट स्थानीयको श्रमदान र आर्थिक सहयोगमा पुनर्निर्माण हुँदै छन् ।
प्रधानमन्त्री सुशीला कार्कीलाई भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले लिखित रूपमा बधाई दिँदै नेपालको विकास र पुनर्निर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार (आज) सरकारले शोक मनाउँदै छ । मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज राति १२ः०० बजेदेखि राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ ।
गोरखामा खेतको आलीमा मृत अबस्थामा एक महिलाको शब फेला परेको छ ।
सरकारले सिंहदरबार परिसरमा जलेर पूर्णरुपमा क्षति भएर प्रयोगमा आउन नसक्ने सवारी साधन, विभिन्न यन्त्र, उपकरण तथा फर्निचर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा लैजाने तयारी गरेको छ।
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र सिदिङ्वा सिदिङ्वा गाउँपालिकाको सेवा विगत एक सातादेखि प्रभावित हुँदै आएको छ।
सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले जेनजी आन्दोलनको क्रममा प्रदेशसभा भवनसहित सचिवालयमा अत्यधिक क्षति भएकाले तत्काल संसद नचल्ने बताउनुभएको छ ।
सोमबार साँझदेखिको लगातारको वर्षासँगै गएको पहिरोले पाँचथरको फालेलुङ ३ दाङलेक्पाका पाँच परिवार विस्थापित भएका छन्।
विजया दशमीको टीकाको शुभ साइत असोज १६ गते बिहीबार बिहान ११ः ५३ बजे तोकिएको छ।
हेटौँडामा एक जना महिला मृत अवस्थामा फेला पर्नुभएको छ । हेटौँडा उपमहानगरपालिका –२ गुम्बाचोक बस्ने ५४ वर्षीय नानीमाया रुम्बा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ।