• ८ पुस २०८२, मङ्गलबार

सुतेकै अवस्थामा महिला मृत फेला

blog

अनिल पराजुली

हेटौँडा, भदौ ३१ गते । हेटौँडामा एक जना महिला मृत अवस्थामा फेला पर्नुभएको छ । हेटौँडा उपमहानगरपालिका –२ गुम्बाचोक बस्ने ५४ वर्षीय नानीमाया रुम्बा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भदौ ३० गते सोमबार आफ्नो घरको दोस्रो तलाको कोठामा सुतेकै अवस्थामा उहाँ मृत फेला पर्नुभएको हो ।  मङ्गलवार बिहान उहाँका श्रीमान् सङ्गलाल डङ्गोलले विहान उठेर बोलाउँदा नबोलेपछि प्रहरीलाई जानकारी गराउनुभएको थियो ।  

घटनास्थलको मुचुल्का पश्चात् शव पोस्टमार्टमको लागि हेटौँडा अस्पतालमा राखिएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।