• ८ पुस २०८२, मङ्गलबार

फालेलुङमा पहिरोले पाँच परिवार विस्थापित

blog

पाँचथरको फालेलुङ ३ मा गएको पहिरो। तस्बिरः गोरखापत्र

राधा लुइटेल

फिदिम, भदौ ३१ गते। सोमबार साँझदेखिको लगातारको वर्षासँगै गएको पहिरोले पाँचथरको फालेलुङ ३ दाङलेक्पाका पाँच परिवार विस्थापित भएका छन्।

पहिरोले घर तान्ने जोखिम बढेसँगै स्थानीय जङ्ग राई, खड्क केरुङ, दिलप्रसाद केरुङ, लोकेन्द्र केरुङ र जीवन केरुङको परिवार विस्थापित भएको गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले जानकारी दिनुभयो।

उहाँका अनुसार फालेलुङ ५ लुङमादिनमा थप तीन घर जोखिममा छन्। विस्थापित परिवारका सदस्यलाई छिमेकी र आफन्तका घरमा आश्रयका लागि पठाइएको अध्यक्ष थाम्सुहाङको भनाइ छ।

पाँचथरको फिदिम र फालेलुङसहित विभिन्न स्थानमा सोमबार साँझदेखि वर्षा भइरहेको छ। फिदिम क्षेत्रमा मात्रै पछिल्लो २४ घण्टामा ५९ मिलिटिर पानी परेको छ।