बाँकेको नरैनापुर गाउँपालिकाका एक जना बालिकामा जापानी इन्सेफलाइटिस पुष्टि भएको छ । ज्वरो, टाउको दुख्ने र पेट दुख्ने लगायतको समस्याबाट पालिकामा धेरै जना बिरामी रहेको बेला नरैनापुर गाउँपालिका–१ मतहनिया गाउँकी ९ वर्षीया बालिकामा जापानी इन्सेफलाइटिस पुष्टि भएपछि सो क्षेत्रमा जापानी इन्सेफलाइटिस पनि फैलिएको हुन सक्ने आशङ्का बढेको हो ।
वसन्तपुरस्थित कुमारी घर अगाडि श्री गणेश, श्री भैरव र श्री कुमारीको रथ मर्मत तथा रङ्ग रोगनका लागि बाहिर निकालिएको छ भने यसले काठमाडौँमा इन्द्रजात्रा आगमनको सङ्केत गर्दछ ।
अन्नपूर्ण पदयात्रामा पर्ने खोप्रालेकमा केही दिन यता मौसममा सुधार आएको छ ।
ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मसगाउँमा पछिल्लो किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएर लगाउन थालेपछि मसमा एकै वर्षमा स्याउ उत्पादन हुन थालेको हो ।
लोकप्रिय मतबाट न्यायाधीश चयन हुने विवादास्पद न्यायिक सुधार प्रस्तावको विरोधमा मेक्सिकोका हजारौँ नागरिकले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् ।
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई समृद्ध र नागरिकलाई खुसी बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।
आज भदौ २४ अर्थात् बिपी कोइराला को १११औँ जन्मजयन्ती । प्रथम विश्वयुद्ध प्रारम्भ भएको सालमा जन्मिएका बिपी कोइरालाको आज एक शताब्दी, एक दशक र एक वर्षयता आएर सम्झना गर्नुको उपादेयता वा सार्थकता के होला आफैँमा एउटा गम्भीर प्रश्न छ ।
मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ ६ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
रुकुमपश्चिममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गर्नुभएको छ ।
भाइबहिनीहरू, आज हामी यात्रा गर्ने पैसाको कुरा गर्छौं । यात्रा भनेको एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्नु हो । हामीले बाबुआमा, काकाकाकी, दाजुदिदी कसैले बैङ्कमा गएर अथवा नजिकै एउटा कुनै वित्तीय संस्थामा गएर रकम झिकेर ल्याएको देखेको हुनु पर्छ । हामीहरूका आफन्त वा चिने जानेका वा छिमेकी कोही विदेश जानुभएको हुन सक्छ । उहाँले पठाउनुभएको तलब बैङ्कमा जम्मा हुन्छ । अनि यताबाट आफन्तले चाहिए जति झिक्न पाउनुहुन्छ । अचेल हरेक चार घरमध्ये तीन घ
प्यारा विद्यार्थी भाइबहिनीहरू ! तपाईंहरूको पढाइलेखाइ कस्तो चल्दै छ नि ? पक्कै पनि राम्रै होला, होइन त ? आज हामीले ‘सामाजिक अध्ययन’ विषयमा कसरी राम्रो गर्न सकिन्छ भनेर चर्चा गर्ने छौँ । सामाजिक अध्ययन विषय विद्यालय तहमा पठनपाठन हुने एउटा अनिवार्य विषय हो । यस विषयको नाम कक्षा ४ देखि ८ सम्म ‘सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा’, कक्षा ९ र १० मा ‘सामाजिक अध्ययन’ र कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ हो । यो विषय समाजसँग सम्बन्धित विष
सदरमुकाम मान्मबाट १६ कोस पश्चिमोत्तरमा पर्छ पचाल झरना गाउँपालिका । विसं २०५७ सालमा स्पेस टाइम राष्ट्रिय दैनिकमा ‘विश्वकै अग्लो हुन सक्ने पचाल छहरो’ शीर्षकमा मेरो आलेख