• ३१ भदौ २०८२, मङ्गलबार

बुधबार सार्वजनिक बिदा : शोक दिवसमा राष्ट्रिय झण्डा आधा झुकाइने

blog

जेनजी आन्दोलनका सहिदको शव यात्रा। तस्बिर: कविन अधिकारी

काठमाडौँ, भदौ ३१ गते।  राष्ट्रिय शोक दिवसमा बुधबार राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ। 

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेका अनुसार भदौ २३ र भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका मृतकको सम्मानमा सरकारले  बुधबार राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको जानकारी दिनुभयो। 

उहाँका अनुसार बुधबार देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्दै बुधबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।