• ३१ भदौ २०८२, मङ्गलबार

जेनजी सहिद–छ वटा शव हेलिकाेप्टरमार्फत् जिल्ला पठाइयो

blog

सहिदको शव जिल्लातर्फ लाने तयारी गर्दै नेपाली सेना । तस्बिर : नेपाली सेना

काठमाडौँ, भदौ ३१ गते। जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका छ वटा शव विभिन्न जिल्ला पठाइएको छ।

भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका शव विभिन्न जिल्ला पठाइएको हो।  

शव अन्तिम संस्कारका लागि भादौ ३१ गते नेपाली सेनाको हेलिकाेप्टरमार्फत् सुनसरी, उदयपुर, सिराहा, धनकुटा र सङ्खुवासभा जिल्लामा लगिएको हो। 

मङ्गलबार केही शवको पशुपतिको आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। सरकारी तथ्याङ्क अनुसार जेनजी आन्दोलनमा प्रदर्शनकारी र सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको थियो। 

सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्नुका साथै मृतकका परिवारलाई १५ लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ।  साथै, सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरूप असोज १ गते सार्वजनिक बिदा दिने  निर्णय गरेको छ।