पूर्व पश्चिम राजमार्गको रत्ननगर नगर पालिकाको शान्ति चोकमा सोमवार बिहान भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
काठ, बाँस, भाटा, खर, पराल र माटोले लिपपोत गरेर बनाइने थारू बस्तीका घरका भित्तामा बनाइने लोककला मौख लोपोन्मुख अवस्थामा पुगेको छ । पूर्वी नेपालका सुनसरी, मोरङ, झापा र सप्तरीका थारू बाहुल्य बस्तीका घरका भित्तामा परम्परागत रूपमा यस्ता लोककला बनाइँदै आइएका थिए ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बलिया राष्ट्रको सांस्कृतिक हस्तक्षेपबाट मौलिक कला संस्कृतिलाई जोगाउन सङ्गीत क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ । अध्यक्ष दाहालले अहिलेको भूमण्डलीकृत विश्वमा बलिया भनिएका राष्ट्रको जबरजस्त सांस्कृतिक हस्तक्षेप हामी सबैले भोगिरहेको चर्चा गर्दै यस्तो स्थितिमा हाम्रो मौलिक कला संस्कृति जोगाउन गीत/सङ्गीतको क्षेत्र निकै महत्वपूर्ण हुने बताउनुभयो ।
नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।
कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ ।
लामो समयसम्म कोरोना बिमाको दायित्व भुक्तानी नभएको भन्दै निर्जीवन बिमा कम्पनीहरूको छाता संस्था नेपाल बिमक सङ्घले सरकारविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । लामो समयसम्म कोरोना बिमाबापतको रकम भुक्तानी नदिँदा समग्र बिमा क्षेत्रप्रति नै विश्वासमा कमी आउँदै गएको छ । कोरोना महामारीमा आमनेपाली नागरिकलाई उपचार तथा आर्थिक सहजताका लागि सरकारले ल्याएको कोरोना बिमा पछिल्लो समय बिमाबापतको भुक्तानी अहिले कम्पनीहरूका लागि समस्या बनेको छ ।
सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेँसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर लामो २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन दसैँअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सो प्रसारण लाइन आयोजना अन्तर्गतका २२०/१३२/३३ केभीका चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तीन जना श्रम काउन्सिलर र चार श्रम सहचारी गरी सात पदमा आवेदन खुलाएको छ । रिक्त हुन लागेको काउन्सिलर र सहचारी पदमा कर्मचारी छनोट तथा नियुक्ति गर्नुपर्ने भएकाले आवेदन खुलाइएको श्रम मन्त्रालयले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल वितरण प्रणालीमा देखिएको समस्या समाधानका लागि नीतिगत सुधार गर्न लागेको छ । त्यसका लागि कृषि मन्त्रालयले ‘अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७’ संशोधन गर्न लागिएको हो । किसानलाई सहज रूपमा मल पुर्याउनका लागि कृषि मन्त्रालयले सो निर्देशिका तयार गरेको थियो तर त्यसमा पनि समस्या देखिएपछि थप व्यवस्थित गर्न निर्देशिका संशोधन गर्न लागिएको कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव हरिबहादुर केसीले बताउनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘आन्तरिक रोजगार प्रवर्धन दशक’ अभियान सञ्चालन गरेको छ । देशभित्र उपयुक्त रोजगारीका अवसरहरू सिर्जना गरी युवालाई स्वदेशमै रहने वातावरण सिर्जना गर्न मन्त्रालयले २०८१ देखि २०९० सम्मलाई आन्तरिक रोजगारी दशक अभियानका रूपमा सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।
चेक अनादर (बाउन्स) मुद्दामा आर्थिक जरिबाना मात्रै गर्ने अथवा कैद भुक्तान गर्नुपर्ने भन्ने बहस टुङ्गिएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलपछि यस किसिमको मुद्दामा कैद र जरिबाना दुवै भराउने सहमति भएको हो ।
पर्यटक भित्रिने मुख्य सिजनमै हवाई यातायात प्रभावित हुने भएपछि यो वर्ष सरकारले लिएको १६ लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्न मुस्किल हुने देखिएको छ । हवाई दुर्घटना, पछिल्लो दुई महिनाको पर्यटक आगमन दर, निगमका जहाज नियमित उडानमा देखिएको लापर्बाही र पर्यटकीय सिजनमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने भएपछि सरकारको महत्वाकाङ्क्षी लक्ष्य भेट्न मुस्किल देखिएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँमा ट्रमा सेन्टर निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय अवधारणा अनुसार सम्बन्धित मन्त्रालयबिच छलफल भइरहेको जानकारी दिनुभएको छ । सडक दुर्घटनामा तत्काल उद्धार नभएकै कारण यात्रुले अनाहकमा ज्यान गुमाइरहेको बताउँदै उहाँले यसका लागि दुर्घटनाग्रस्त क्षेत्रमा ट्रमा सेन्टर आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर रहेको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुुभएको छ ।