बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकामा बाघको आक्रमणबाट महिलाको मृत्यु भएको छ ।
जेनजीको आन्दोलनमा राजविराजका करिब दुई दर्जनभन्दा बढी कार्यालय तोडफोड, आगजनी र लुटपाट भए पनि भूमि सुधार तथा मालपोत कार्यालय जोगिएको छ ।
जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा आगो लगाएपछि त्यहाँबाट लुटिएको ठुलो परिमाणको नगद रकम र सुन चाँदी फिर्ता ल्याइएको छ ।
रुपन्देहीस्थित आन्तरिक राजस्व कार्यालयले आफ्नो पार्किङस्थलबाट सेवा प्रवाह सुरुआत गरेको छ । भदौ २४ गते भएको तोडफोड र आगजनीबाट कार्यालयमा क्षति पुगेको थियो ।
राष्ट्रिय परिचयपत्र बनाउन र लिनका लागि ज्येष्ठ नागरिकहरुलाई जिल्ला प्रशासनमा धाउँदा सास्ती भएको भन्दै गाउँमै गएर सेवा प्रवाह गरिएको छ ।
जेनजी प्रदर्शनका क्रममा सहादात प्राप्त गरेका लहान वडा नम्बर–१५ का विजय चौधरी खेतिपातीको काम सकेर यहि भदौ ५ गते काठमाडौँ गएको थियो ।
आसन्न दसैँतिहारजस्ता ठुला चाडपर्वलाई ख्यालगर्दै सोमबारदेखि यहाँ सहुलियत मूल्य पसल सञ्चालन गरिइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयद्वारा सञ्चालन गरिएको पसलमा सहुलियत दरमा दैनिक उपभोग्य सामग्री राखिएका छन् ।
प्यारा भाइबहिनीहरू, तपाईंहरूमध्ये धेरै जसो आफ्नो परिवारसँगै बस्नुहुन्छ होला है ? परिवार भनेको बुझ्नु भयो नि ? तपाईंका बुवाआमा, हजुरबुवा, हजुरआमा, काकाकाकी एवं अन्य अभिभावकसँग बसेको भन्न खोजिएको हो ।
भाषा बोलचाल गर्ने माध्यम हो । मानिसले मानिससँग कुराकानी गर्ने साधनलाई भाषा भनिन्छ । भाषाका माध्यमबाट मानिसले मनका कुरा अरूलाई सुनाउँछ । मनमा उब्जेका विचार र भावना साट्न सघाउँछ ।
कक्षा १० को अन्तिम परीक्षालाई माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई भनिन्छ । २०८१ चैतमा सञ्चालित एसइईको नतिजा असारमा सार्वजनिक भएको छ । करिब पाँच लाख विद्यार्थीले परीक्षा दिएका थिए । तीमध्ये करिब नौ सय विद्यार्थीले चार जिपिए प्राप्त गरेका छन् । चार जिपिए प्राप्त गर्न सजिलो छैन । त्यसका लागि पढाइमा निकै मेहनत गर्नु पर्छ ।
हेटौँडा उपमहानगरपालिका–१५ हटियामा करेन्ट लागेर एक युवक घाइते भएका छन् । प्रहरीका अनुसार सोमबार दिउँसो भारत जिल्ला रौदास क्रही गाउँ बस्ने ३० वर्षीय सलमान खान करेन्ट लागेर घाइते हुनुभएको हो ।
भदौको महिनाभरि ढोरपाटन सिकार आरक्षको ‘बुकीपाटन क्षेत्र’ मा पर्यटकको लर्को लाग्ने क्रम चलिरहेको थियो । कुनै समय फरक विश्व जस्तो लाग्ने ढोरपाटन क्षेत्रमा पर्यटकको आगमन बढ्दा त्यहाँका होटेल व्यवसायसँंगै गोठस्टे (खर्क गोठमा बस्ने) समेत फस्टाउँदै थिए । एकाएक जेनजीको आन्दोलन भयो, यहाँ आउने पर्यटक बाटोमै रोकिए, यहाँ आएका पर्यटक पनि त्रासमा बस्न बाध्य भए ।
जुम्लामा दसैँ तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लिमिटेड शाखा कार्यालय जुम्लाले सोमबारदेखि सहुलियत मूल्य पसल सञ्चालन गरेको हो ।
बेनीस्थित प्रदेश अस्पतालमा अत्यावश्यक सहयोगी चाहिएमा झट्ट सबैले लक्ष्मी सिस्टरको नाम लिने गर्छन् । उहाँको जिम्मेवारी भनेको अस्पतालको पोस्टमार्टम सहयोगी अर्थात् शवलाई चिर्नुपर्ने भएपछि उहाँले त्यो काम सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसैले अस्पतालका अरू कर्मचारीको जनजिब्रोमा लक्ष्मी सिस्टर आउने गर्छ । लक्ष्मी सिस्टर भन्दा उहाँलाई सबैले चिन्ने गर्छन् ।
जेनजी आन्दोलनका क्रममा पोखरा महानगरपालिकामा आगजनी भएर भवन र सामान जलेर नष्ट भए । भवन जलेकै कारण महानगरपालिकाले अहिले पनि सेवा दिन सकिरहेको छैन ।