कैलालीका सबै विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन् । जेनजी आन्दोलनसँगै उत्पन्न विषम परिस्थितिका कारण भदौ २५ देखि विद्यालयमा पठनपाठन बन्द थियो । स्थिति सामान्य बन्दै गएपछि चार दिनपछि विद्यालय सञ्चालनमा आएका हुन् ।
परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा जिल्लामा ‘भोजपुरे खुकुरी’ निर्माणमा सङ्कट देखिएको छ । दक्ष कालीगढको अभावले मागअनुसारको उत्पादन गर्न नसकिएको व्यवसायीहरू बताउँछन् ।
नवपुस्ता (जेनजी) आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट गरिएका कैलालीका सरकारी कार्यालय सञ्चालनमा आउन थालेका छन् । आन्दोलनकारीले आगजनी गरेपछि कार्यालय बन्द थिए भने कामकाज ठप्प भएको थियो ।
पछिल्लो समय यहाँ व्यावसायिक रूपमा केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा सात सय ३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भएको थियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
सोह्रश्राद्ध सुरू भएसँगै पितृतर्पण गर्न दैनिक हजारौंको सङ्ख्यामा भक्तजनहरू आउने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४मा अवस्थित पवित्र तीर्थस्थल कागबेनी अहिले सुनसान छ ।
पछिल्लो समय गुल्मी अस्पतालप्रति नागरिकमा भरोसा बढेको छ । अस्पतालकै अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ७२ हजार ८७९ जनाले सेवा पाएका थिए ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पद बहालीसँगै मुख्य चार वटा कार्ययोजना अगाडि सार्नुभएको छ । उहाँले छ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउने, विध्वंस मच्चाउनेको छानबिन गर्ने, जेनजीको माग अनुसार भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने र निजी क्षेत्रको मनोबल उठाउन कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जेनजीको सोच अनुसार सुशासन, भ्रष्टाचा
शासन सत्ताको बागडोर पटक पटक समालेका कतिपय राजनीतिक दल तथा तिनका नेताबाट भए गरेका कामकारबाहीबाट उत्पन्न परिस्थितिको सामना आमनागरिकले गर्नु प¥यो । मुलुकको समृद्धि एवं सुशासनप्रति भएको अकर्मण्यता, राजनीतिक असंस्कार, बढ्दो भ्रष्टाचा
नेपालमा क्यान्सर रोग गम्भीर चुनौतीका रूपमा रहेको छ । यसले बिरामी र उनका परिवार मात्र होइन, समग्र समाज, अर्थतन्त्र र जनमानसको मनोबललाई समेत कमजोर बनाइरहेको छ ।
जेनजीको आन्दोलनको फाइदा उठाउँदै लुटपाट र सार्वजनिक सम्पत्ति चोरी गर्नेलाई बाँके प्रहरीले खोजी गर्न सुरु गरेको छ ।
हरेक देशका नागरिकलाई सेवा प्रवाह गर्ने उद्देश्यले सार्वजनिक प्रशासन, संयन्त्र वा निकायको स्थापना र व्यवस्थापन गरिएको हुन्छ । हरेक संस्था वा निकायले अलग अलग प्रकारका वस्तु वा सेवा प्रवाह गर्छन् ।
धनकुटा नगरपालिका–२, किन्ताङका हेमबहादुर बस्नेतले घरमा अहिले कुटानीपिसानी मिल जडान गर्नुभएको छ । धनकुटा नगरपालिकामार्फत अनुदानमा मिल पाएपछि उहाँले धान, मकैलगायतका अन्न पिसाउन करिब
। जिल्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालीकोटले सुपथ मूल्य पसल सुरु गरेको छ । दशैँ नजिकिँदै गरेकाले सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको हो ।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनबाट बागमती प्रदेशको राजधानी हेटौँडामा रहेका एक दर्जनभन्दा बढी सरकारी संरचना ध्वस्त भएका छन् । आन्दोलनकारीले हेटौँडामा रहेका सरकारी संरचनामा खोजी खोजी आगजनी गरेका थिए । १४ वटा प्रदेश मन्त्रालय रहेकोमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालय मात्रै सुरक्षित छन् । वन तथा वातावरण मन्त्रालयमा आंशिक क्षति पुगेको छ ।