गायक नमराज ढुङ्गाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काँठे गीत ‘नगर दोमन’ सावर्जनिक भएको छ । गीतलाई नवीनबाबु विश्वकर्माले लेख्नुभएको हो । गीतमा सङ्गीत नमराजको रहेको छ । विष्णु तामाङले सङ्गीत संयोजन गर्नुभएको गीतमा सागर पुनको रेकर्डिङ र कुमार पुनको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
कलिङ साहित्य महोत्सवको तेस्रो संस्करण शनिबार सुरु भएको छ । भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तव, प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, प्राडा अभि सुवेदी, लेखक भुवन ढुङ्गानालगायतले ललितपुरको होटेल हिमालयमा दुई दिन चल्ने महोत्सवको उद्घाटन गर्नुभयो ।
कवि चैतन्य अधिकारीको दोस्रो कविता सञ्चयन ‘जुद्ध शमशेरका नाममा...’ बजारमा आएको छ । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा शनिबार आयोजित कार्यक्रममा साहित्यकार सरुभक्त, कवि तीर्थ श्रेष्ठलगायतले कृति सार्वजनिक गर्नुभएको हो । पुस्तक शब्द मिडिया प्रालिले प्रकाशन गरेको हो । ६५ कविता सङ्गृहीत कृतिको मूल्य ३५० रुपियाँ रहेको छ । केमिकल इन्जिनियर अधिकारीको यसअघि ‘झरीको किनार’ कविता सङ्ग्रह प्रकाशित छ ।
नेपालगन्जकी लघुउद्यमी अनुजासिंह राठौरलाई लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट लघुउद्यमी घोषणा गर्दै यस वर्षको ‘डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार’ प्रदान गरिएको छ । लुम्बिनी प्रदेशभर रहेका करिब एक लाख महिला लघुउद्यमीलाई पछाडि पार्दै नेपालगन्ज उपमहानगरपालिका–६, फुल्टेक्रा निवासी राठौरले नगद ५० हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।
जर्मनी सरकारले नेपाललाई करिब सात अर्ब ६१ करोड रुपियाँ बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता उपलब्ध गराउने भएको छ । नेपाल सरकार र जर्मनी सरकारबिच विकास सहायताका लागि जर्मनीको राजधानी बर्लिनमा सम्पन्न द्विपक्षीय वार्तामा यो सहायतासम्बन्धी सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ । सहमति अनुसार जर्मनी सरकारका तर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन युरो (करिब सात अर्ब ६१ करोड रुपियाँ) अनुदान प्राप्त हुने छ ।
नेपाली डेरी एसोसिएसनले सुरु गरेको मही खुवाउने अभियानले एक वर्ष पूरा गरेको छ । गत साउनबाट सुरु भएको यो अभियान प्रत्येक हप्ताको शनिबार सञ्चालन हुन्छ । नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्ट्स नेपाल प्रालिबिच सम्झौता भएर काठमाडौँको दरबारमार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्रीवितरण हुने हाटबजारमा प्रत्येक शनिबार एसोसिएसनले निःशुल्क मही खुवाउने गरेको छ । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले त्यही बजारमा प्रत्यक्ष ठेकीमा मही बनाएर त्यहाँ आउने ग्राहक तथा अवलोकनकर्तालाई निःशुल्क खुवाउँदै आएको बताउनुभयो ।
देशमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मध्ये आधाभन्दा धेरै लगानी औद्योगिक क्षेत्रमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९/८० अनुसार नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिएको हो । औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको तथ्याङ्कले देखाएको छ । मुलुकमा भत्रिने कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको तथ्याङ्क छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
सरकारी लगानीको नेपाल टेलिकमले देशका सबै स्थानीय तहमा फाइबर टु दी होम (एफटिटिएच) इन्टरनेट पुर्याउने भएको छ । टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले नवीनतम प्रविधिको अवलम्बनसहित सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पुर्याउन एफटिटिएच विस्तार गर्ने योजनालाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । “सबै स्थानीय तहमा क्रमिक रूपमा एफटिटिएच पुर्याउने गरी योजना बनाएका छौँ,” उहाँले भन्नुभयो ।
चिकित्सा शिक्षा आयोगले यो वर्षको चिकित्सा शिक्षातर्फ स्नातक तहका लागि विभिन्न कलेज तथा प्रतिष्ठानहरूको सिट सङ्ख्या निर्धारण गरेको छ । आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले आयोगले स्नातक तहका लागि विभिन्न विषयमा आठ हजार ७० वटा सिट निर्धारण गरेको जानकारी दिनुभयो ।
ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
यो वर्ष चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) को अध्ययन अनिश्चित देखिएको छ । निजी मेडिकल कलेजहरूले चिकित्सा शिक्षा स्नातकोत्तरतर्फ एमडी, एमएस तथा एमडिएसका लागि सिट दाबी नगरेपछि चिकित्सा शिक्षा स्नातकोत्तर अध्ययनमा अन्योल छाएको हो । मेडिकल कलेजहरूले स्वमूल्याङ्कन गरी चिकित्सा शिक्षाका कुन विषयमा कति सिट आवश्यक पर्छ भनेर मागदाबी गर्दै चिकित्सा शिक्षा आयोगमा आवेदन दिनु पर्दछ । मेडिकल कलेजको निवेदनपछि मात्र आयोगले ती कलेजको अनुगमन गरेर सिट सङ्ख्या निर्धारण गर्ने गर्दछ तर यो पटक निजी मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगमा आवश्यक सिट सङ्ख्या तोकेर निवेदन दिएका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय जाने उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्वागत समारोहको आयोजना