भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः सुरु भएको छ ।
कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गए रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
नेपालीमा प्राथमिकता अनि अङ्ग्रेजीमा ‘प्रायोरिटी’ । प्राथमिकता भन्नेबित्तिकै सबैले जान्नैपर्ने, सिक्नैपर्ने, सुन्नैपर्ने, गर्नैपर्ने, बुझ्नैपर्ने कुराको लस्करमा पहिलो स्थान प्राप्त गर्नेलाई सम्झनु पर्छ । पहिलोबाट दोस्रोमा पुग्ने वित्तिकै त्यो प्राथमिकतामा पर्दैन । कसैले तपाईंलाई ‘एकछिन कुर्नुस्’ भन्छ भने तपाई प्राथमिकता होइन । त्यहाँ तपाई भन्दा महत्वपूर्ण अरू नै छन् । चित्त नदुखाउनु होला । हेर्नुस् मैले पनि चित्त दुखाएको छैन, मलाई थाहा छ मेरो यो लेख पनि धेरैको प्राथमिकतामा परेको छैन । प्राथमिकतामा पर्न त धेरै मेहनत गर्नु पर्छ । हुन त आजभोलि प्राथमिकता पाउने विभिन्न उपायको विकास भइसकेको छ । डिजिटल टेक्नोलोजीदेखि, फिजिकल हेलोप्याथी र द्रव्योलोजी सबै यस्तैमध्येका केही उपाय हुन् ।
बर्सातका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सड्क डिभिजन कार्यालय जुम्लाका अनुसार राजमार्गको यासमोड, गगन खोलामा पहिरो आई सड्क अवरुद्ध भएको छ ।
जाजरकोटमा गए राति पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका छन् भने एक बालिका गम्भीर घाइते भएका छन् । बारेकोट गाउँपालिका ६ धुमा गाउँमा राति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको जनाइएको छ ।
भीरकोट नगरपालिका वडा नं ८ का नागरिकले इलाका प्रशासन कार्यालय, वालिङबाट प्रशासनिक सेवा लिन थालेका छन् ।
शिक्षाले व्यक्तिमा अन्तरनिहित प्रतिभा र सम्भावनाको पहिचान एवं प्रस्फुटन गरी सर्वाङ्गीण विकास गर्छ । शिक्षाले नै व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनका लागि दक्ष, सिपयुक्त र असल नागरिकका रूपमा व्यक्तिलाई तयार गर्छ । आधुनिक समाजमा शिक्षालाई नागरिकको आधारभूत आवश्यकता अन्तर्गत राख्ने गरिन्छ र नागरिकको मौलिक हक एवं राज्यको दायित्वका रूपमा लिइएको छ । राज्यबाट सबै नागरिकलाई शिक्षा पाउने व्यवस्था गरिएको हुन्छ । शिक्षा प्राप्तिका लागि शा
कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू । बीचमा सडक । भित्तातर्फ सुक्खा पहाडमाथि हरियाली वनजङ्गल । झुरुप्पको बाक्लो बस्तीभित्र ढुङ्गा बिछ्याएका सफासुग्घर गल्लीहरू । चिटिक्क परेका घरहरूमा बसोबास गर्ने नेपालका अल्पसङ्ख्यक थकाली समुदायको भाषा, संस्कृति, रहनसहन र जीवनशैली । गाउँको डिलमा बगैँचासहितको उद्यानमा बसेर स्याउका दाना र नाउरको प्रतिमाको पृष्ठभूमिमा देखिने हिमाल, नदी र बस्तीहरू ।
समग्र मुलुकको विकास र समृद्धिका लागि सार्वजनिक वित्त व्यवस्थापनले महत्वपूर्ण भूमिका खेल्छ । यसको माध्यमबाट सार्वजनिक स्रोतको अनुमान योग्यता तथा सुनिश्चितता, विनियोजन तथा खर्च कुशलता, आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गर्न सकिन्छ । सार्वजनिक वित्तको सामाजिक, आर्थिक विकासमार्फत समृद्धि हासिल गर्न सक्नु पर्छ । सुशासन र सामाजिक न्याय प्रत्याभूत गर्ने वातावरण निर्माण गर्दै समुन्नत नेपाल बनाउन जरुरी छ ।
पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदैछ । यो पर्व आइतबार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो ।
नवनियुक्त प्रधान सेनापति अशोकराज सिग्देलले भोलिबाट विधिवत् रूपमा सैनिक सङ्गठनको नेतृत्व समाल्दै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहबिच प्रधान सेनापतिको फुली लगाइदिएपछि सोमबार सिग्देलले औपचारिक रूपमा सैनिक मुख्यालय गएर पदभार ग्रहण गर्ने कार्यक्रम छ । शक्तिशाली सङ्गठनको कार्यभार समाल्दा जुन किसिमको उत्साह हुन्छ, सङ्गठनलाई आइपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौती सामना गर्न त्यत्तिकै कठिन छ । नेपालमा भूराजनीतिक प्रभाव बढ्दो छ । सार्वभौमसत्ता समान भए पनि ठुला भनिएका राष्ट्रको ध्यान नेपालतिर केन्द्रित छ । यस्तो अवस्थामा असंलग्न परराष्ट्र नीतिको हाम्रो सांसारिक पहिचान सुरक्षित राख्न
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले भूमि व्यवस्था, सहकारी र गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई सहकारीपीडितसँग वार्ता गरी समस्याको अविलम्ब समाधान खोज्न ध्यानाकर्षण गराएको छ । सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार समितिको ५३ औँ बैठकमा बोलाएर सहकारीमन्त्री अधिकारीलाई बचतकर्ताको भावनामा चोट पुग्ने गरी पीडितको आन्दोलन, रिले अनशन र धर्नाप्रति नकारात्मक टिप्पणी नगर्न निर्देशन दिइएको हो । उहाँले सहकारीपीडितको आन्दोलनका सन्दर्भमा कटाक्ष नगर्न तथा सार्वजनिक अभिव्यक्तिमा संयमित एवं सन्तुलित भएर बोल्न पनि मन्त्री अधिकारीलाई निर्देशन दिइएको जानकारी दिनुभयो । मन्त्री अधिकारीले सहकारी पत्रकार समाजको १४ औँ स्थापना दिवसमा बोल्दै ‘बैङ्कबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरू आन्दोलित भएको’ अभिव्यक्ति दिनुभएको थियो ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।