जेनजी प्रदर्शनका क्रममा घोराही उपमहानगरपालिकामा तोडफोड र आगजनी गरेपछि अवरुद्ध भएको सेवा पुनः सुचारु भएको छ ।
४४ मेगावाट क्षमताको भोटकोशी जलविद्युत् पावर कम्पनीले जेनजीका नाममा दबाब दिएर सेयर मागेको बहाना बनाएर विद्युत् उत्पादन बन्द गरेको छ । जेनजीले जनतालाई १० प्रतिशत सेयर दिन दबाब दिएपछि उक्त आयोजनाले आफैँले विद्युत् उत्पादन बन्द गरेको हो ।
नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि १५३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा आएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कम्पनीमार्फत ती स्थानबाट सहुलियत पसल सुरु गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेलगत्तै आफ्ना पाँच वटा प्राथमिकता निर्धारण गर्नुभएको छ । ऊर्जा मन्त्रालयमा पदभार ग्रहणपछिको पहिलो बैठकमा यस्तो प्राथमिकताका विषयवस्तुमा केन्द्रित रहेर काम गर्न अधिकारीलाई निर्देशनसमेत दिनुभयो ।
अर्थ मन्त्रालयले नयाँ सवारीसाधन खरिद नगर्ने भएको छ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै भएकै सवारीसाधनबाट काम चलाउने तर नयाँ नकिन्ने बताउनुभएको हो ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ८४ पैसा र बिक्रीदर १४१ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी निकायमा भएको आगजनीबाट एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन् । जेनजी समूहले गरेको आन्दोलनका क्रममा गत मङ्गलबार भएको आगजनीबाट ४४१ वटा चारपाङ्ग्रे तथा ६०१ वटा दुईपाङ्ग्रे गरी एक हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन् ।
नवनियुक्त गृह, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको मुख्य कार्यभार मुलुकमा शान्ति स्थापना गरी शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गर्ने रहेको बताउनुभएको छ ।
जेनजी आन्दोलनका कारण भएको जनधनको ठुलो क्षतिको शोकलाई शक्तिमा बदल्दै दैनिकीमा फर्किएका आमनागरिक अब आशा र भरोसाका कुरा गर्न चाहन्छन् ।
नेपाल आयल निगमले नयाँ दिल्लीस्थित इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नयाँ मूल्य भदौ ३१ गते राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा नेपालको अर्थतन्त्रको मूल आधार पर्यटन क्षेत्रलाई पुनर्रुत्थान गर्ने विषयमा छलफल भएको छ ।
पहिचान नखुलेका व्यक्तिहरूबाट सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया गाउँका घरहरू दैनिक दिन तोडफोड हुन थालेका छन् ।
कोशी अस्पताल विराटनगरमा कार्यरत तीनजना कर्मचारीलाई अस्पताल प्रशासनले सेवाबाट हटाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको मुख्य जिम्मेवारी निष्पक्ष निर्वाचन र संविधानको रक्षा भएको बताउनुभएको छ ।