जेनजी आन्दोलनका क्रममा बाँके जिल्लाका दुई बाल सुधारगृह र एक क्षेत्रीय कारागारबाट भागेका ३४० जना बालबन्दी र कैदीमध्ये २८५ जना अझै सम्पर्कविहीन छन् ।
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट व्यापक क्षति पुगेका पार्टी कार्यालयको विवरण सङ्कलन गर्न लुम्बिनी प्रदेशका प्रमुख राजनीतिक दलले काम सुरु गरेका छन् ।
बर्दियामा देशका विभिन्न कारागारबाट फरार भएका सात जना कैदीलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । जेनजीको आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीहरूलाई विशेष सूचनाको आधारमा बर्दिया प्रहरीले पक्राउ गरेको हो ।
बर्दियाको गुलरिया नगरपालिका अन्तर्गतको महजिदिया गाउँका बासिन्दा अझै पनि आवतजावतका लागि १० वर्ष पुरानो डुङ्गाको भर पर्न बाध्य छन् । चारैतिरबाट बबई नदीले घेरिएको यो गाउँ भौगोलिक दृष्टिले टापु जस्तो देखिन्छ, जहाँ पुग्न कुनै पुल वा सुरक्षित यातायात सुविधा छैन । महजिदियाका ७० वर्षीय भुलही मल्लाह दैनिक जसो यही पुरानो डुङ्गाको सहारामा बबई नदी पार गर्नुहुन्छ । उहाँ मात्र होइन, गाउँभरिका बालबालिका, महिला, ज्येष्ठ नागरिकदेखि सबैले यही डुङ्गाबाट गाउँ र बजार ओहोरदोहोर गर्ने गरेका छन् ।
कञ्चनपुरका तीन स्थानीयतहको सेवा सञ्चालन अनिश्चित बनेको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनकारीहरुको समूहले आगजनी र तोडफोड गर्दा यहाकाँ तीन स्थानीयतह सञ्चालनमा आउन सकेका छैनन् ।
अघिल्लो आर्थिक वर्षमा जिल्लाको स्वास्थ्य क्षेत्रमा सिमकोट गाउँपालिका उत्कृष्ट ठहरिएको छ । स्वास्थ्य सेवा कार्यालयले गरेको वार्षिक समीक्षामा निर्धारित आठ वटा सूचकका आधारमा मूल्याङ्कन गर्दा सिमकोट गाउँपालिका जिल्लामै उत्कृष्ट ठहरिएको हो ।
सुख्खा पहिरोका कारण तीन दिनदेखि अवरुद्ध गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडक सञ्चालनमा आएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी समूहको भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै भएको आन्दोलनमा अन्य पक्षको घुसपैठका कारण ठुलो क्षति पु¥याएको बताउनुभएको छ ।
सर्लाहीको लालबन्दीमा सोमबार नगर कार्यपालिकाको बैठक आगजनी र तोडफोड भएको नगरपालिका कार्यालयको परिसरमा बसेको छ ।
जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयले अङ्ग्रेजी माध्यममा अध्ययनरत ९५ प्रतिशत विद्यार्थीलाई अर्धवार्षिक परीक्षामा सहभागी हुन रोकेको छ ।
सुनसरी रामधुनी नगरपालिका-५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् ।
यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ ।
वातावरण संरक्षण, बाढी पहिरो नियन्त्रण र हरियाली बढाउने अभियानअन्तर्गत जिल्लामा एक वर्षमा दर्जनभन्दा बढी विशेष योजना सञ्चालन भएका छन् ।
देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि रु १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ ।
कैलालीका सबै विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन् । जेनजी आन्दोलनसँगै उत्पन्न विषम परिस्थितिका कारण भदौ २५ देखि विद्यालयमा पठनपाठन बन्द थियो । स्थिति सामान्य बन्दै गएपछि चार दिनपछि विद्यालय सञ्चालनमा आएका हुन् ।