प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरु थप सक्रिय हुनुपर्ने बताउनुभएको छ ।
धारिलो हतियार प्रहारबाट कैलालीमा दुई मजदुर घाइते भएका छन् । ना ६ ख १४०६ नम्बरका ट्याङ्कर चालक डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ बस्ने वर्ष २४ का हरेन्द्र देउवा र सहचालक गोदावरी नगरपालिका–४ का २२ वर्षीय अनिल देउवा घाइते भएका हुन् ।
नेकपा (माओवादी केन्द्र) को १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलका नगरपालिकामा आइतबारदेखि सुरु भएको छ । सोमबारसम्म चल्ने बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको छ ।
बैतडीमा पोषणमा सुधार गर्ने कार्यक्रम अन्तर्गत कोदोखेती घट्दै गएको छ । पालिकाहरूले कोसेलीका नाममा सुत्केरी महिलालाई अण्डा, घ्युका डब्बा र कुखुराको भाले वितरण गरेपनि पोषणमा सहयोग गर्ने रैथाने बाली कोदो, मादुरो, चिनो र फापरखेतीलाई प्रोत्साहन नगर्दा बालबालिकामा कुपोषण बढेको हो ।
बुटवलको मैनाबगरमा ‘अटो इन्जिनियरिङ कलेज’स्थापना गर्ने योजना अगाडि बढाएको छ ।बुटवल उपमहानगरपालिका र काठमाडौँ विश्वविद्यालयको सहयोगमा बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले जनाएको हो ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्व र युक्रेनबारे छलफल गर्न अर्को साता लण्डन जानुहुने भएको छ ।
चेपाङ समुदायले महान् चाड ‘न्वागी’ चितवन जिल्लामा धूमधामसँग मनाएका छन् । चितवनमा चेपाङहरूको बाक्लो बसोबास रहेको कालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका बस्तीहरूमा यो पर्व मनाइएको हो ।
गत वैशाखयता मुस्ताङ, गोरखा र सोलुखुम्बुमा हिमपहिरोका घटना भए । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धवलागिरि हिमालको फेदबाट यही भदौ ७ र ११ गते हिमपहिरो खस्यो ।
थारु बाहुल्य जिल्लामा आज अटवारी पर्व धूमधामका साथ मनाइँदै छ । थारु समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाउने गर्दछन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताउनुभएको छ ।
चितवन र वरपरका क्षेत्रमा पठन संस्कृति अभियान चलाइरहेका सम्पूर्ण किताब नारायणगढले दसैँ तिहार पुस्तक मेला सुरु गरेको छ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको जुलाई २८ मा भएको पुनः निर्वाचनमा धाँधली भएको भनी विरोध गर्दै आएका विपक्षी उम्मेदवार एडमण्डो गोन्जालेज उरुटियाले स्पेनमा शरण लिन देश छोडेको भेनेजुएला सरकारले शनिबार जनाएको छ ।
जिल्लामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ । स्वास्थ्य कार्यालय प्युठानले यहि भदौ २६ गतेदेखि जिल्लाभर खोप अभियान सञ्चालन गर्न लागिएको जनाएको छ ।
नेपाली नारीको पर्व तीजअन्तर्गत ऋषिपञ्चमी पर्वका अवसरमा राजधानीका वाग्मती, विष्णुमती, रुद्रमती, मनमतीलगायत नदी किनारका मुहानस्थलमा स्नान गर्ने महिलाको भीड लागेको छ ।
गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक प्यालेस्टिनी बालिकाको कुपोषण र उपचारको अभावका कारण मृत्यु भएसँगै कुपोषणका कारण मृत्यु हुने बालबालिकाको सङ्ख्या ३७ पुगेको छ ।