जेनजीको आन्दोलनको फाइदा उठाउँदै लुटपाट र सार्वजनिक सम्पत्ति चोरी गर्नेलाई बाँके प्रहरीले खोजी गर्न सुरु गरेको छ ।
हरेक देशका नागरिकलाई सेवा प्रवाह गर्ने उद्देश्यले सार्वजनिक प्रशासन, संयन्त्र वा निकायको स्थापना र व्यवस्थापन गरिएको हुन्छ । हरेक संस्था वा निकायले अलग अलग प्रकारका वस्तु वा सेवा प्रवाह गर्छन् ।
धनकुटा नगरपालिका–२, किन्ताङका हेमबहादुर बस्नेतले घरमा अहिले कुटानीपिसानी मिल जडान गर्नुभएको छ । धनकुटा नगरपालिकामार्फत अनुदानमा मिल पाएपछि उहाँले धान, मकैलगायतका अन्न पिसाउन करिब
। जिल्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालीकोटले सुपथ मूल्य पसल सुरु गरेको छ । दशैँ नजिकिँदै गरेकाले सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको हो ।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनबाट बागमती प्रदेशको राजधानी हेटौँडामा रहेका एक दर्जनभन्दा बढी सरकारी संरचना ध्वस्त भएका छन् । आन्दोलनकारीले हेटौँडामा रहेका सरकारी संरचनामा खोजी खोजी आगजनी गरेका थिए । १४ वटा प्रदेश मन्त्रालय रहेकोमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालय मात्रै सुरक्षित छन् । वन तथा वातावरण मन्त्रालयमा आंशिक क्षति पुगेको छ ।
आज सेप्टेम्बर १६ अर्थात् विश्व ओजोन तह बचाऊँ दिवस । सूर्यबाट पृथ्वीमा आउने हानिकारक पराबैगनी विकिरणहरू पृथ्वीको माथिल्लो तहमा (स्ट्राटोस्फेयर) रहेको ओजोन तहलाई पार गरी पृथ्वीको सतहमा सजिलै पु
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
‘माइतीघर’, ‘बलिदान’, हरिबहादुरको जुत्ता’ र ‘अभिमन्यु : च्याप्टर १’ दसैँको फूलपाती अर्थात् असोज १३ मा प्रदर्शन हुने भएका छन् । ‘माइतीघर’ मा केदार घिमिरे माग्नेबुढा, धीरज मगर, प्रकाश सपुत मुख्य भूमिकामा हुनुहुन्छ । ‘बलिदान’ समीर भट्टको शीर्ष भूमिका रहेको दोस्रो चलचित्र हो भने ‘हरिबहादुरको जुत्ता’ मा हरिवंश आचार्य प्रमुख भूमिकामा देखिनुभएको छ ।
अमेरिकाको लस एन्जलसमा ७७ औँ एमी अवार्ड आइतबार वितरण गरिएको छ । ओटिटी र टिभीको प्रमुख अवार्ड मानिने यस पटकको एमीमा ‘दी स्टुडियो’ सिरिजले सर्वाधिक १३ अवार्ड जित्यो ।
चलचित्र ‘धागो’ को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ । गीतमा गायक पुष्पन प्रधान र आकाङ्क्षा थापाको स्वर छ । गायक पुष्पनकै शब्द र सङ्गीत रहेको गीत नृत्य शैलीमा प्रस्तुत गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको थारू बस्तीमा मौलिक सखिया नाचको रौनक सुरु भएको छ । दसैँ नजिकिएसँगै थारू गाउँमा सखिया नाचको रौनक सुरु भएको हो । दसैँ, तिहारको बेला सखिया नाच नाच्ने चलन रहेको छ । चाडपर्वमा नाच देखाउनका लागि तयारीस्वरूप महिलाले सखिया नाच नाच्न थालेका हुन् ।
यात्रुको सुविधालाई लक्षित गर्दै गौतम बुद्ध विमानस्थल भैरहवामा नयाँ आगमन कक्ष सञ्चालनमा ल्याइएको छ ।
जेनजी प्रदर्शनका क्रममा घोराही उपमहानगरपालिकामा तोडफोड र आगजनी गरेपछि अवरुद्ध भएको सेवा पुनः सुचारु भएको छ ।
४४ मेगावाट क्षमताको भोटकोशी जलविद्युत् पावर कम्पनीले जेनजीका नाममा दबाब दिएर सेयर मागेको बहाना बनाएर विद्युत् उत्पादन बन्द गरेको छ । जेनजीले जनतालाई १० प्रतिशत सेयर दिन दबाब दिएपछि उक्त आयोजनाले आफैँले विद्युत् उत्पादन बन्द गरेको हो ।