गोरखापत्र समाचारदाता
काठमााडौँ, भदौ ३१ गते । अमेरिकाको लस एन्जलसमा ७७ औँ एमी अवार्ड आइतबार वितरण गरिएको छ । ओटिटी र टिभीको प्रमुख अवार्ड मानिने यस पटकको एमीमा ‘दी स्टुडियो’ सिरिजले सर्वाधिक १३ अवार्ड जित्यो । नेटफ्लिक्सको मिनी सिरिज एडोलेसन्सबाट चर्चित १५ वर्षीय ओवेन कुपरले ड्रामा सिरिज ‘एडोलेसन्स’ बाट मुख्य सहायक अभिनेताका लागि एमी अवार्ड प्राप्त गर्नुभयो ।
यस पटकको एमीमा ‘दी स्टुडियो’ सिरिजले सर्वाधिक १३ अवार्ड जित्यो । ‘सेभेरेन्स’ मा आफ्नो अभिनयका लागि ट्रामेल टिलम्यान र ब्रिट लोअरले उत्कृष्ट अभिनेता र अभिनेतृको अवार्ड प्राप्त गर्नुभयो । समारोहको सञ्चालन हास्य कलाकार नेट बार्जेट्जले गर्नुभएको थियो । यससँगै रोगेन, गोल्डबर्ग, फ्रिडा पेरेज, पिटर हुइक र एलेक्स ग्रेगोरीले सोको पहिलो एपिसोड (पाइलट) का लागि उत्कृष्ट लेखन पुरस्कार पाउनुभयो । नेटफ्लिक्स ड्रामाले बेस्ट लिमिटेड वा एन्टोलोजी सिरिजको उपाधि हात पा¥यो ।