काठमाडौँ, भदौ ३१ गते । चलचित्र ‘धागो’ को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ । गीतमा गायक पुष्पन प्रधान र आकाङ्क्षा थापाको स्वर छ । गायक पुष्पनकै शब्द र सङ्गीत रहेको गीत नृत्य शैलीमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा अभिनेता बुद्धि तामाङ, अभिनेतृ वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा र सुरभी थापालगायतका कलाकार देखिनुभएको छ । उदीप रानाथापा निर्देशित चलचित्र कात्तिक २८ मा प्रदर्शन तयारीमा छ ।
चलचित्रमा सुरक्षा पन्तसँगै भारतको वेस्ट बङ्गाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभी थापा पनि मुख्य भूमिकामा देखिनुहुने छ । सहायक भूमिकामा बुद्धि तामाङ, सुनील थापा, आइशा तामाङ, पप्पु विश्वकर्मालगायत कलाकारले अभिनय गर्नुभएको छ ।