झापाको कनकाई नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शनिबार बिहान आफ्नै घरको विद्युतीय मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेर ६६ वर्षीय ताराबहादुर विश्वकर्माको मृत्यु भएको हो।
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भूमि सम्बन्धी कानुन चाँडै आउने बताउनुभएको छ। शनिबार झापाको दमकमा कोशी प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।
कवि लीलाध्वज थापाको स्मृतिमा स्थापना भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यकार गोविन्दराज विनोदीलाई लीलाध्वज स्रष्टा सम्मान प्रदान गरेको छ।
बैतडीमा असिनापानीले बालीनालीमा क्षति गरेको छ। शनिबार दिउँसो परेको असिनाले काटेर भित्र्याउने बेलाका गहुँबालीसँगै साग, तरकारीका बेर्ना र फलफूलमा क्षति गरेको हो। रोप्न तयार पारेका तरकारीका बेर्नाको नामोनिसान नरहने गरी नष्ट पारेपछि यहाँका किसान चिन्तित भएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ को निर्वाचन अगाडि नै एक पटक संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ। नेपाली कांग्रेस धनकुटाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा बौल्दै महामन्त्री थापाले संविधान संशोधन गरेर मात्र ०८४ को निर्वाचनमा जानुपर्ने बताउनु भएको हो।
चीनमा शनिबार चलेको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ । बेइजिङलगायत विभिन्न सहरहरूमा सयौँ हवाई उडान रद्द हुनुका साथै प्रमुख पर्यटकीय स्थलहरू बन्द गरिएका छन् । साथै केही रेल सेवाहरू पनि अस्थायीरूपमा रोकिएका छन् ।
हमासका एक अधिकारीका अनुसार गाजामा युद्ध रोक्नका लागि छलफल गर्न हमासको एक प्रतिनिधिमण्डल शनिबार इजिप्टको राजधानी काहिरो जाँदै छ । यो वार्ता इजिप्टका मध्यस्थकर्तासँग हुनेछ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको बताउनुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य उदय शम्शेर जबराले अन्य दक्षिण एशियाली देशका तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र, निष्पक्ष र प्रभावकारी छन् भन्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको सेवा विस्तारमा पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पूर्वसचिव शङ्करप्रसाद पाण्डेको संस्मरणात्मक निबन्ध ‘सम्झनाका फूलहरू’ बजारमा आएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उक्त पुस्तक विमोचन गर्नुभयो ।
अमेरिकाले अफगानिस्तानका लागि दिएको खाद्य सहायता कटौती गरेपछि यहाँका लाखौं मानिस भोकमरीको गम्भीर जोखिममा परेका छन् ।
संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डिआरसी) मा द्वन्द्वका कारण बालबालिकामाथि यौन हिंसाका घटनाहरू डरलाग्दो रूपमा बढिरहेको जनाएको छ ।
संयुक्त राज्य अमेरिका र इरानबिच तेहरानको आणविक कार्यक्रमबारे अत्यन्त संवेदनशील वार्ता शनिबार ओमानको राजधानी मस्कटमा सुरु हुँदैछ । वार्ता सफल नभए सैनिक कारबाही हुन सक्ने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनुभएको छ ।
नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ ताप्लेजुङको अध्यक्षमा दुर्गाप्रसाद गुरुङ चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न महासङ्घको दोस्रो जिल्ला अधिवेशनले गुरुङ अध्यक्ष रहेको २५ सदस्यीय जिल्ला कमिटी सर्बसम्मत चयन गरेको हो ।