काठमाडौँ, भदौ ३० गते। नेकपा (एमाले) को पार्टी केन्द्रीय कार्यालयमा ठुलो पार्टी झण्डा राखिएको छ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठका अनुसार जिफन्ट र यससँग आबद्ध घटकका करिब सय जना नेता–कार्यकर्ताले हालसम्मका सबैभन्दा ठुलो हँसिया–हथौडा अङ्कित ४५/४५ फिट आकारको झण्डा राखेका हुन्।
उहाँका अनुसार सोमबार बिहान ११ बजे च्यासलस्थित पार्टी कार्यालय भवनको पूर्वतर्फ सो झण्डा परिसरमा सजाएर राखिएको छ।
भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा प्रदर्शनकारीले एमाले पार्टी कार्यालयसहित विभिन्न राजनीतिक दलका पार्टी कार्यालय तथा नेताको घरमा आगजनी गरेको थियो।