नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले जेनजी आन्दोलनको क्रममा घटेको घटनाबाट सृजित मुलुकको वर्तमान अवस्थामा एकजुट भइ पुनर्निर्माणमा जुट्न सबैलाई अपिल गरेको छ।
राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा काठमाडौँको सिनामंगलस्थित बालबालिका शान्ति पार्कमा द्वन्द्व, हिंसा, विपत्ति र विभिन्न आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ।
नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गर्नुभएको छ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका विद्यालयलाई डा. महावीर पुनको पुस्तक उपलब्ध गराइएको छ।
बङ्गलादेशको अन्तरिम सरकारले सोमबार राजनीतिक दल व्यापक सुधार चार्टरमा सैद्धान्तिकरूपमा सहमत भएको तर कार्यान्वयन प्रक्रियामा मतभेद देखिएको बताएको छ ।
संयुक्त राज्य अमेरिका टिकटक सम्बन्धी विवाद सुल्झाउन चीनसँगको सम्झौताको ‘धेरै नजिक’ पुगेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार मेड्रिडमा जारी व्यापार वार्ताका क्रममा बताउनुभएको छ ।
ग्लोबल छनोटमा आयोजकसहित नेपाल, आयरल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्ड्स, थाइल्यान्ड, अमेरिका, जिम्बावे, बङ्गलादेश, नामिबिया र पपुवा न्युगिनी गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
पाकिस्तानबाट हालै आफ्नै देश फर्कन बाध्य पारिएका अफगान शरणार्थीले गम्भीर कठिनाइ भोगिरहेको बताएका छन् । उहाँहरूले आवास, खाद्यान्न तथा आधारभूत सेवाको अभावमा जीवन अत्यन्त कठिन बनेको गुनासो गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शव परीक्षण गर्नुपर्नेसहित नौ बुँदे आह्वान गरेको छ।
निर्वाचन आयोगले रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचनसम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरेको छ।
गोरखापत्र संस्थानका योजना विभागका निमित्त निर्देशक भगिरथ बस्नेत उमेर हदका कारण संस्थान सेवाबाट विदाइ हुनुभएको छ ।
दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले हरायो ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशभरका क्षतिग्रस्त पार्टी कार्यालयको पुनर्निर्माण सुरु गर्न अपिल गर्नुभएको छ ।
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।
दाङ जिल्ला अदालतले सोमबारदेखि सेवा दिन सुरु गरेको छ ।