काठमाडौँ, भदौ ३० गते। नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गर्नुभएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उहाँले पदबहाली गर्दै यो विषंम परिस्थितिमा सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो।
“परिस्थिति अनुकूल छैन, तर काम गर्ने बेला यही हो”, महान्यायाधिवक्ता बरालले भन्नुभयो, “यो विषम परिस्थिति छ, सबैले मिलेर काम गर्नुपर्छ। त्यसका लागि म आफ्नो तर्फबाट प्रतिबद्ध छु।”
सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता बराललाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुभएको थियो। नेपालको इतिहासमा उहाँ महान्यायाधिवक्ता हुने पहिलो महिला हुनुहुन्छ।