सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कूरीति अन्त्यगरी समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले नेपाली दिदीबहिनी आगामी दिनमा आर्थिक, सामाजिक र राजनीतिक रुपले नेतृत्वदायी भूमिकामा आउने प्रेरणा प्राप्त होस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गामा स्थापना गरिएको विषादी परीक्षण केन्द्र प्रयोगमा आउन सकेको छैन । गण्डकी प्रदेशमा भित्रिने कृषि उपज तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्न प्रदेशको सिमानामा सात वर्षअगाडि विषादी परीक्षण केन्द्र खोलिएको थियो ।
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको घोप्टे भीरमा आएको पहिरोले गर्दा मुग्लिङ मलेखु सडक अवरुद्ध भएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिकाले ग्रामीण तथा अन्य सडकको कालोपत्रे र व्यवस्थित गर्न सुरु गरेको छ । पालिकाले ११ वटै वडामा रहेका ग्रामीण सडकलाई व्यवस्थित गराउन सक्रियता देखाएको हो । नगरप्रमुख गुरुप्रसाद भट्टराईले अविरल वर्षाका कारण सडक अस्तव्यस्त हुने गरेको भन्दै बाहै्र महिना सञ्चालन हुने गरी काम गरिरहेको जानकारी दिनुभयो । गल्याङ–निबुवाखर्क सडक अन्तर्गतको पढकाङसम्मको सडकलाई कालोपत्रे गर्ने काम पूरा भएको प्रमुख भट्टराईले बताउनुभयो । दुई किलोमिटर सडक कालोपत्रे हुँदा नगरका पश्चिम क्षेत्रका नागरिकलाई सहज भएको उहाँको भनाइ छ । तीन करोड ५० लाख रुपियाँको लागतमा यो सडकको स्तरोन्नतिका साथै कालोपत्रे गरिएको हो ।
रुपन्देहीका सर्प उद्धारकर्ता चेतबहादुर सारु (सारु कान्छा) ले जेठदेखि भदौसम्मको करिब चार महिनाको अवधिमा एक सयभन्दा बढी सर्पको उद्धार गर्नुभएको छ । रुपन्देहीमा गर्मी सुरु भएसँगै सर्पको बिगबिगी पनि बढ्ने भएकाले सारु कान्छाले घरभित्र पसेका सर्पको उद्धार गरी जङ्गलमा छोड्दै आउनुभएको छ । सारु कान्छाले विगतभन्दा यो वर्ष धेरै सर्पको उद्धार गरिसकेको बताउनुभयो । असोज महिनामा सबैभन्दा बढी सर्पको बिगबिगी हुने भएकाले अझै सचेत बन्नुपर्ने उहाँको भनाइ छ ।
नेपालगन्जमा रहेको कान्ति ताल विश्वमै दुर्लभ मानिने चरा सारसको प्रजनन गर्ने ठाउँ बनेको छ । कान्ति तालमा ३२ प्रजातिका चरा देखिएको र सो ठाउँ विश्वको दुर्लभ चरा सारसको प्रजनन गर्ने ठाउँसमेत रहेकाले उक्त तालको संरक्षण आवश्यक भएको चराविज्ञको भनाइ छ ।
निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण गढवा–कालाकाटे हुलाकी सडक अलपत्र परेको छ । दाङको देउखुरीमा रहेको गढवा–कालाकाटे हुलाकी सडक अन्तर्गत गढवा बजारदेखि वनघुर्सीसम्मको करिब २० किलोमिटर सडक तीन वर्षभित्र निर्माण गर्ने गरी २०७६ कात्तिक २९ गते ६५ करोडभन्दा बढीमा ठेक्का सम्झौता भएको थियो ।
कालीकोट जिल्लामा किवी खेती सुरु भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका किसानले सुरु गरेको किवी खेतीले उत्पादनसमेत दिन थालेको छ । जिल्लाको नरहरिनाथ गाउँपालिकामा लगाएको किवीले राम्रो फल दिन सुरु गरेको छ । यसअघि खाँडाचक्र नगरपालिका–११, बराँतुका किसानले पनि लगाएको किवीले राम्रो फल दिएको थियो ।
सहरीकरणको क्रममा पूर्वाधार निर्माण भरतपुरमा मात्रै केन्द्रित हुँदा चितवनका अन्य पालिकामा विकास निर्माणको कार्य गति लिन सकेको छैन । सघन सहरी तथा भवन निर्माण कार्यालयको ७४ वटा विकास निर्माणका कार्यक्रममध्ये ३९ वटा पूर्वाधार निर्माणका काम भरतपुर महा
कालीकोट जिल्लाका स्थानीय तहमा धेरै जसो ग्रामीण सडक छन् तर स्थानीय तहले खनेका ग्रामीण सडक भए पनि कामका छैनन् । गाउँमा प्रायः सडक निर्माण भएका भए पनि ती सडकले नागरिकलाई सेवा दिन भने सकेका छैनन् । रास्कोट नगरपालिका–३ का पङ्खबहादुर फडेराले आफ्नो बिरामी आमालाई रास्कोट अस्पतालमा लिन स्ट्रेचरको प्रयोग गर्नुभयो । फडेरा आफैँ पनि एम्बुलेन्स चालक हुनुहुन्छ । अस्पताल जाने सडक भए पनि सडकमा गाडी गुड्ने सम्भावना नभएकाले बिरामीलाई स्टे«चर, डोकामा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता छ ।
कर्णाली प्रदेशमा मानव बेचबिखनका घटना निकै कम दर्ता हुने गरेको पाइएको छ । प्रहरीका अनुसार गत वर्ष चार वटा मात्रै दर्ता भएका थिए । भित्रभित्र विभिन्न प्रलोभनमा परी मानव बेचबिखन भइरहेको बताइए पनि कानुनी रूपमा न्यून दर्ता हुने गरेको पाइएको छ । चालु आर्थिक वर्षमा एउटा पनि मुद्दा दर्ता भएको छैन ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले डाक्टर सरुवामा विभेद गरेको भन्दै विवाद सुरु भएको छ । यही भदौ १३ मा मन्त्रीस्तरको निर्णयबाट मन्त्रालय र यसका मातहत रहेका कार्यालयका कर्मचारीको सरुवामा विशेषज्ञ डाक्टरलाई अस्पतालमा नभई अन्यत्र पठाएर मनपरी गरेको भन्दै विरोध सुरु भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेलधुरेली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा