काठमाडौंको वनस्थलीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
चीनको रोजगारी बजार अगस्ट महिनामा समग्ररूपमा स्थिर देखिएको छ । राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस)का अनुसार, अगस्टमा शहरी बेरोजगारी दर ५.३ प्रतिशत पुगेको छ, जुन जुलाईको तुलनामा ०.१ प्रतिशतले बढी हो ।
बाँके जिल्लाका दुई वटा बालसुधार गृह र एउटा कारागारबाट भागेका ३४० जना बालबन्दी र कैदीहरूमध्ये २८५ जना अझै पक्राउ परेका छैनन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो आइतबार इजरायलमा रहेका बेला इजरायली सेनाले उत्तरी गाजामा आक्रमण तीव्र पार्यो, धेरै अग्ला भवन ध्वस्त भए र कम्तीमा १३ प्यालेस्टिनीको मृत्यु भयो ।
विन्डसर क्यासलमा ५० मिटर लामो महोगनी (एक प्रकारको वृक्ष) टेबल सजिँदैछ, शाही गाडी तान्ने घोडा अभ्यास गर्दै छन् र सैन्य गार्डले सटीक अभ्यास गरिरहेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्षको चाडवाडलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।
स्थानीयवासीको मनकारी पहल, स्वस्फूर्त श्रमदान र सहयोगले जलिरहेको भवनलाई पुनः सेवा केन्द्रमा रूपान्तरण गर्दा प्रहरी मात्र होइन, नागरिकले पनि आशा र विश्वासको नयाँ ज्योति देखेका छन्।
जेनजीको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय मङ्गलापुर रूपन्देहीको पुन:निर्माणमा युवाहरु जुटेका छन् ।
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गर्नुभएको छ ।
गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हाल्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उहाँले पदबहाली गर्नुभएको हो । उहाँ पूर्व अर्थसचिव पनि हुनुहुन्छ ।
जेन्जी प्रदर्शनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, आयोग, निकाय, कार्यालय र आवासबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुरोध गरेको छ ।
जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका १०१ कैदीबन्दीहरु कारागारमा फर्केका छन् ।
जेनजीको आन्दोलनको क्रममा पोखरा महानगरपालिका ध्वस्त बन्यो । भवन जलेर नष्ट भएपछि महानगरले केही समय सेवा दिन सकेन । महानगरले आगामी १ असोजदेखि कार्यालय सञ्चालनको घोषणा यसअघि नै गरिसकेको थियो ।
जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका ३० जना कैदीबन्दीलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ ।