कृषि सामग्री कम्पनीले सहुलियतमा सहकारीलाई उपलब्ध गराएको रासायनिक मल सहकारीले फरक फरक नाफा राखेर बिक्री गरिरहेका छन् । सहकारीपिच्छे फरक फरक मूल्य छ । मूल्य फरक भएपछि महँगो मूल्य लिने सहकारीबाट आफूहरू ठगिएको किसानको गुनासो छ । सहकारीले कृषि सामग्री कम्पनीबाट युरियाको ५० किलोको बोराको ९३६ रुपियाँ ५० पैसाका दरले ल्याएर उपभोक्तालाई एक हजार एक सयदेखि एक हजार दुई सय रुपियाँसम्म लिएर बेच्ने गरेका छन् । सहकारीले खरिद मूल्य ९३६ रुपियाँ ५० पैसामा ढुवानी भाडा, लोड अनलोड भाडा जोडेर मूल्य निर्धारण गरी बेच्ने गरेका छन् । कम्पनीले प्रतिटन चार सय रुपियाँ बिक्रेता छुट दिने गरेको छ ।
‘सिलङ्गो फुले जस्तै फुल्नू दुबो जस्तै फैलिनू, हिमालमा हिउँ छउन्जेलसम्म जिउनू’ गौरा पर्वमा बिरुडाको प्रसाद (पञ्च अन्न) बाँड्ने बेला आशिष वचनमा उच्चारण गरिने लोपोन्मुख वनस्पति सिलङ्गो संरक्षण नहुँदा सङ्कटमा परेको छ । दशकअघि जिल्लाका अधिकांश ठाउँमा पाइने सिलङ्गो पछिल्लो समय जलवायु परिवर्तन र जथाभाबी सडक निर्माणले सङ्कटमा परेको छ । सिलङ्गो नेपालमा मात्रै पाइने सधैँ हरियो पात रहिरहने लोपोन्मुख वनस्पति हो । बाह्रै महिना हरियो पातको छाया र सुवास दिने सिलङ्गो सुदूरपश्चिमतिर आशीर्वादसँग जोडिएको महत्वपूर्ण बिरुवा हो । यो बिरुवा काट्नु हुँदैन भन्ने धार्मिक मान्यता छ । चैतदेखि जेठसम्म फुल्ने सिलङ्गोको मन्त्रमुग्ध पार्ने बास्ना कोसौँ टाढासम्म पुगेर सुवास फैलाउँछ ।
सुदूरपश्चिम प्रदेश सरकारमा बजेट शून्यता हुँदा त्यो प्रभाव जिल्ला अस्पताल बाजुरामा परेको छ । सुदूरपश्चिम प्रदेश सरकार साउन १ बाट बजेट शून्यताको अवस्थामा पुगेपछि जिल्ला अस्पताल बाजुरामा बजेट अभावका कारण औषधी खरिद गर्न समस्या भएको हो । जिल्ला अस्पतालमा निःशुल्क पाइने सिटामोल झोल सकिएको हुँदा थप औषधी खरिद गर्न बजेट नहुँदा समस्या भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. समिता पुनले बताउनुभयो । उहाँका अनुसार सबै खालका अत्यावश्यक औषधी भए पनि थप औषधी खरिद गर्न समस्या भएको बताउनुभयो ।
इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको कार्यशैली पारदर्शी नभएको र आर्थिक अनियमितता र नीतिगत भ्रष्टाचार बढेको भन्दै विभिन्न पाँच राजनीतिक दल आन्दोलित बनेका छन् ।
प्रतिनिधि सभामा पहिलो र दोस्रो दलका रूपमा स्थापित नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच गत असारमा सुरु भएको सत्ता सहकार्य अगाडि बढ्दै छ । दुई प्रतिस्पर्धी दलबिचको सहकार्यले मुलुकको राजनीतिमा ठुलै प्रभाव पार्ने आमनागरिकको अपेक्षा अनुरूपको स्पष्ट परिणाम देखिने बेला भने भइसकेको छैन । कांग्रेस र एमालेले संविधान जारी भएयता राजनीतिक स्थायित्व, विकास र संविधानमा रहेका कमीकमजोरी संशोधनसहितको विषयलाई साझा मुद्दा बनाएर सहकार्य थालनी गरेकाले परिणाममुखी कार्ययोजनाको खाकासहितको साझा प्रतिबद्धतापत्र जारी हुने अपेक्षा गरिएकोमा अद्यापि त्यसतर्फको गृहकार्य भइनसकेको अनुभूत हुन्छ ।
स्थायी सरकारका रूपमा निजामती सेवालाई लिइन्छ । योग्यता प्रणालीबाट निजामती सेवामा जनशक्ति चयन गरिँदै आएकोमा पछिल्लो समय समावेशी अवधारणा अनुसार सबै वर्ग, समुदायको प्रतिनिधित्वका लागि निजामती सेवामा पहँुच बढ्दै गएको छ । शासकीय नेतृत्वको सहयोगी र सेवा प्रवाहको निरन्तरताका लागि स्थायी संयन्त्रका रूपमा निजामती सेवाले समग्र विकासमा जोड दिएको छ । सेवा प्रवाहको मुख्य जिम्मेवारीमा रही जनताको परम्परागत, आकस्मिक, रूपान्तरणकारी एवं अन्तरसम्बन्ध कायम गर्न सार्वजनिक सेवाका लागि निजामती सेवा गठन भएको हो । जनता र शासकीय नेतृत्वको असल सम्बन्धको संयन्त्रै सार्वजनिक प्रशासन हो । निजामती सेवाले मुख्य भूमिकामा रही सार्वजनिक सेवा प्रवाहको मियोका रूपमा भूमिका निर्वाह गर्नु परेको छ ।
देशको अवस्था सडक र यातायातको विकासले मापन गरेको हुन्छ । सडक र यातायात बलियो भए देशको अर्थतन्त्र पनि मजबुत हुन्छ । भौतिक पूर्वाधार निर्माण गर्दै त्यसले आर्थिक गतिविधि चलायमान बनाउँछ । आमनागरिकको पहुँचका लागि सडक आवश्यक भएकाले सडकलाई पूर्वाधारको पनि पूर्वाधार भनिन्छ । पूर्वाधारमा सडक, रेल्वे स्टेसन, जलयातायात, हवाई यातायात सबै पर्छन् । भौतिक पूर्वाधारले उत्पादनशीलतामा देशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन र विभिन्न अवसर सिर्जना गर्न टेवा पु¥याउँछ । भौतिक पूर्वाधार भएन भने उद्योगधन्दा खोल्न सकिँदैन । भौतिक पूर्वाधारको विकास नभएको ठाउँमा कृषि उपज भए पनि त्यहाँको उपज बिक्री नहुनेजस्ता समस्या देखापर्छन् तर विकासकै मुख्य पूर्वाधार मानिने नेपालको
मधेश प्रदेशको धनुषामा रहेका १८ वटा पालिकामध्ये एक हो नगराइन नगरपालिका । यो पालिका भारतीय सीमासँग जोडिएको छ । नेपाल–भारत सीमा जेड्ने छ लेनको सडक पनि यही पालिका भएर निर्माण भएको
सालको पात टिपेर नलाऊ आमा टपरी हाम्ले बिहे गरिँदैन मनै नपरी हलहली मकै बढ्यो त्यही बारीको हावाले कस्तो घर रोजेर दिन्छौ बाबाले । स्तुत गीतका हरफ त्यतिबेला गाइएका हुन्, जतिबेला छोरीहरू बिहेबारे आफ्ना अभिभावकसँग खुलेर बोल्न सक्दैनथे । आफ्ना आमाबाबुले जुन र जस्तो मानिससित विवाह गरिदिन्थे उनीहरूसँगै चुपचाप जीवन बिताउनुपथ्र्यो, चाहे जस्तोसुकै सम्झौता गर्न किन नपरोस् । बोल्नका लागि छोरीहरूसित आवाज थिएनन्, आफ्ना कुरा अभिभावकसँग निर्धक्क भन्न सक्ने वातावरण थिएन । आफूमाथि भएका अन्याय र अत्याचारविरुद्ध बोल्ने साहस थिएन, त्यतिबेला विद्रोहको एउटा मात्रै माध्यम थियो– तिजका गीत । विवाहित छोरीचेलीले आफ्नो कर्मघरमा भोगेका दुःखकष्ट, विभेद र अन्याय गीतका माध्यमबाट माइतीसामु प्रस्तुत गर्थे, जसले मनोरञ्जनसँगै शिक्षा पनि दिन्थ्यो । एक समय थियो, शिक्षाको अवसर केबल पुरुषलाई प्राप्त थियो । छोरीहरू लेखपढको अवसरबाट वञ्चित थिए । आफूले नपढेकै कारण लोग्ने र परिवारका अन्य सदस्यले गर्ने व्यवहार, अपमान तिरस्कारबाट आहत भएर छोरीलाई नपढाउने बाबुआमालाई गीतबाटै यसरी व्यङ्ग्य कस्थे : नपढेकी छोरीलाई पढेकालाई दिनुभो यति कुरा बाबाले पाप लिनुभो । अङ्गे्रजीमा भन्दा रैछन् पानीलाई वाटर नबुझेर दिएँ मैले काँचो कटर । न आफूले पढियो न त बाउले पढाए के छ इच्छा सोधेनन् डोली चढाए । अविवाहित छोरी आफ्नो हुनेवाला श्रीमान्सक्षम होस्, विवाह गरेर जाने घरमा आफ्नो सम्मान होस्, सुख सुविधा होस् भन्ने चाहन्थे । घाँसदाउराका लागि टाढा धाउन नपरोस्, लेकबेँसी गर्न नपरोस्, अन्धकार छिचोल्दै पानी बोक्न टाढाटाढा धाउन नपरोस् भन्ने चाहना हुन्थ्यो तर आफ्ना कुरा अभिभावकसँग सोझै व्यक्त गर्न सक्दैनथे र यस्ता गीतको सहारा लिन्थे : केटो हेर्नू बाबाले निकै छाँटकाँटको खेतबारी हेर्नू बाबा सम्म फाँटको । पानी बोक्न नपरोस् दैलादैला पँधेरो कोठाकोठा बिजुली नहोस् अँधेरो । महिलाले लेखपढ गर्ने अवसर नपाएका र घरगृहस्थीबाट माथि उठ्न नसकेका, आफ्नो हक अधिकारबारे बोल्न नसकेका महिलाले गीतका माध्यमबाट चेतनाको दियो बाल्थे । हामीले गर्न नसक्ने केही छैन, हामीमाथि भएका अन्याय, अत्याचार, दमनविरुद्ध हामीले नै आवाज उठाउनु पर्छ भन्ने हुन्थ्यो । हामी पनि राज्यको नेतृत्व तहमा पुग्न सक्छौँ, आफ्नो हक अधिकारका लागि बोल्न अब ढिलो गर्नुहुँदैन भनेर गीतकै माध्यमबाट महिला दिदीबहिनीलाई यसरी आह्वान गरिन्थ्यो : उठौँ जागौँ दिदीबैनी अब ढिला भैसक्यो अन्याय र अत्याचारले जालो लाइसक्यो । कति बस्छौ अन्यायमा भित्रभित्रै रोएर कति बस्छौ सामन्तीको दासी भएर ? अरू देशका नारीहरू रकेट चढी चन्द्रमा हाम्रा देशका नारीहरू मस्त निन्द्रामा । नारी अधिकारका आवाजसँगै त्यतिबेलाका गीतमा विद्रोहका स्वर पनि चर्को रूपमा बुलन्द हुन्थे । समाजको कलङ्क बनेर बसेको दाइजो प्रथाले आहत भएर भित्रभित्रै पिल्सिएका नारीलाई विद्रोह गर्न र स्वाभिमानपूर्ण जीवन बाँच्न गीतैबाट अनुरोध गरिन्थ्यो । विवाहमा दाइजोका रूपमा मोटरगाडी माग्ने केटालाई बेहुलीले विवाहमण्डपमै दिएको जवाफलाई गीतमा यसरी बुनिएको छ : सम्पत्तिले नपुगे लैजा भैँसी तानेर बसिँदैन मगन्तेलाई लोग्ने मानेर । त्यसलाई दिने सम्पत्तिमा बस्छु बरु पढेर सिन्दुर हाल्छ, त्यही मोटरलाई जान्छ चढेर । अहिलेका शिक्षित र चेतनशील मानिएका महिलाले समेत प्रत्यक्ष रूपमा दाइजो प्रथाको विरोध गर्न नसकेको अवस्था छ । यसलाई अपनाएरै अगाडि बढिरहेको सन्दर्भमा आजभन्दा दशकौँ अगाडि नै तिजका गीतमा दाइजो प्रथाविरुद्धमा गीतैबाट आगो ओकल्नु चानचुने कुरा होइन । त्यस समयका तिज गीतमा महिलाका सवाल मात्रै होइन, समाजमा भए गरेका विभिन्न विकृति विसङ्गतिप्रति व्यङ्ग्यको झटारो हानेर समाज रूपान्तरणका लागि शङ्खघोषसमेत गरिन्थ्यो । शिक्षा क्षेत्रमा देखिएको विकृतिलाई गीतको यस पङ्क्तिले मार्मिक व्यङ्ग्य प्रहार गरेको छ : महिनाको तीन चोटि जान्छन् मास्टर पोखरा दस पढेका विद्यार्थीले बिर्से कखरा । त्यस्तै गरी आधुनिकतासँगै भित्रिएको फेसन संस्कृति र त्यसले युवा वर्गमा पारेको प्रभावलाई यसरी व्यङ्ग्य गरिएको हुन्थ्यो ः छ सयको पाइन्टलाई घुँडाघुँडा काटेर केटा पनि हिँड्न थाले कपाल बाटेर । तीन सयको पाइन्टलाई छ सयमा सिलाउनी बोल्नभन्दा अगाडि कपाल मिलाउनी । ब्राह्मण समाजको सांस्कृतिक स्खलन र बढ्दो विकृतिलाई गीतका माध्यमबाट यसरी व्यङ्ग्य गरिन्थ्यो : थकाल्नीले रक्सी पार्छे चमचीले चाखेर आहो आहो बाहुन बाजे जनै राखेर । छ सराको जनैले यति दुःख दिएको ठाडो घाँटी लाएर रक्सी पिएको । अचेल यसरी विकृति विसङ्गतिप्रति व्यङ्ग्य गरिएका, नारी समानताका लागि आवाज उठाइएका तिज गीत सुनिन छाडेका छन् । अचेलका तिज गीत सुन्न कम र हेर्न बढी थालिएसँगै पूर्ण रूपमा व्यापारिक बन्दै गएका छन् । आ
पृथ्वी राजमार्गको दमौली–डुम्रे खण्डको अवरोध हटेको छ । व्यास नगरपालिका–१२ घाँसी कुवामा खसेको पहिरो पन्छाएर अवरोध हटाइएको थियो ।
सुनकोशी गाउँपालिका–४, स्याँलेखोलामा पुल निर्माण भएको छ । सुनकोशी गापा–४ का वडा सदस्य राजु खड्काका अनुसार सुनकोशी गाउँपालिकाको १४ लाख रुपियाँमा पुल निर्माण भएको हो ।
बागमती प्रदेशका प्रमुख दिपकप्रसाद देवकोटाले हिन्दू महिलाको प्रमुख पर्व हरितालिका तिजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
तिज पर्व यही बेलादेखि मनाउन सुरु भएको भन्ने मिति निर्धारण भएको पाइँदैन । तैपनि यो भारतवर्ष विशेष गरी उत्तर भारत एवं नेपालमा पौराणिककालदेखि नै चलिआएको हो । त्यसमा पनि भारतको केही मात्रै ठाउँ र नेपालमा हिन्दु नारीले विशेष पर्वका रूपमा मनाउँदै आएको पाइन्छ । हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको विवाह (कन्यादान) भगवान् विष्णुसँग गरिदिने निर्णय गरे । पार्वतीलाई आफ्नो बाबुको निर्णय चित्त बुझेन । पार्वती
निर्माण व्यवसायी कम्पनीले समयमा नै सडक विस्तारको काम समयमा सम्पन्न नगर्दा अरनिको राजमार्गको धुलिखेल–खावा सडकमा वर्षायाम सुरु भएसँगै यात्रुले दैनिक घण्टौँसम्म सास्ती बेहोर्न बाध्य भएका छन् । वर्षा सुरु भएसँगै विस्तार भइरहेको अरनिको राजमार्गको धुलिखेल–खावा सडकमा वर्षाका कारण हिलो भई दैनिक सवारीसाधन फस्ने समस्याका कारण चार किलोमिटर दुरीको यात्रा गर्न नागरिकले घण्टौँसम्म कुर्नुपर्ने अवस्था छ ।
हुँदाखाने र हुनेखाने सबैले आआफ्नो गच्छे अनुसार चाडपर्व मनाउनु पर्छ । चाडपर्व मनाउनुको खास उद्देश्य भनेको सबैसँग भेटघाट गर्नु, मिठोमसिनो खानु र घरबाहिर भएका सन्तान आफ्ना अभिभावक भएको ठाउँमा केही समयका लागि भए पनि आऊन् भन्ने हो । हाम्रा ठुला चाडबाड बर्खापछि मनाइन्छ, जसबाट खेतिपाती गर्दा थकित शरीरले आराम, मनोरञ्जन र पोषण पाओस् भन्ने पनि हो । फलस्वरूप मानिसमा नयाँ जोश, जाँगर र ऊर्जा सञ्चार हुन्छ । आफूले मान्ने विभिन्न चाडपर्व, रीतिथिति, परम्परा आदिलाई निश्चित नीति नियम अनुसार सौहार्दपूर्ण वातावरणमा मनाउनु नै संस्कृति हो । संस्कृति नै हाम्रो पहिचान हो । पहिलेपहिले प्रत्येक चाड सौहार्दपूर्वक मनाइने गरिन्थ्यो । तडकभडक, प्रतिस्पर्धा र देखावटीको कुनै छनक पाइँदैनथ्यो । हिजोआज भने अनावश्यक तडकभडक, देखासिकी र प्रतिस्पर्धा मौलाउँदै जान थालेको छ, जुन विकृति हो र यस्तो हुनु वास्तवमा राम्रो होइन ।