अनिल पराजुली
हेटौँडा, भदौ ३१ गते । हेटौँडा उपमहानगरपालिका–१५ हटियामा करेन्ट लागेर एक युवक घाइते भएका छन् । प्रहरीका अनुसार सोमबार दिउँसो भारत जिल्ला रौदास क्रही गाउँ बस्ने ३० वर्षीय सलमान खान करेन्ट लागेर घाइते हुनुभएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार शिवम् सिमेन्ट कम्पनी लिमिटेडमा कार्यरत खानले केबलको काम गर्ने क्रममा तार सट भई करेन्ट लागेको हो ।
उहाँका अनुसार करेन्ट लागेर घाइते हुनुभएका खानको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।