• २५ वैशाख २०८३, शुक्रबार

प्राधिकरणको निमित्त कार्यकारीमा श्रेष्ठ

blog

गोरखापत्र समाचादाता

काठमाडौँ, वैशाख २५ गते । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायुकुमार श्रेष्ठलाई दिइएको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत मङ्गलबार उहाँलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिनुभएको हो ।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ कार्यान्वयनमा आएसँगै वैशाख २१ गते तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्वतः पदमुक्त हुनुभएको थियो ।

वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख रहनुभएका श्रेष्ठ प्राधिकरणका उपकार्यकारी निर्देशकमध्ये सबैभन्दा वरिष्ठ हुनुहुन्छ । अर्को व्यवस्था वा कार्यकारी निर्देशकको नियुक्ति नहुँदासम्म उहाँले निमित्तका रूपमा प्राधिकरणलाई नेतृत्व गर्नुहुने छ । प्राधिकरणको व्यवस्थापन, सेवा प्रवाह तथा दैनिक गतिविधि नियमित र प्रभावकारी बनाउने गरी श्रेष्ठलाई निमित्त दिइएको हो ।