नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ ।
बङ्गलादेशका अपदस्थ नेता शेख हसिनालाई छिमेकी भारतबाट स्वदेश फिर्ता गराउन सकिने बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले जनाएको छ ।
जापान सरकारले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा दोस्रो त्रैमासिकमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.९ प्रतिशतले गिरावट आएको छ ।
आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बर १६ देखि २४ तारिखसम्म क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
उत्तरी गोरखाको धार्चे गाउँपालिकाको बेनीघाट–आरुघाट–लार्के भन्ज्याङ सडकखण्ड दुई महिनादेखि अवरुद्ध भएको छ ।
बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ अर्थ समितिबाट पारित भएको छ । १० करोडभन्दा बढी चेक अनादर प्रमाणित भए चार वर्षसम्म कैद सजाय हुने प्रावधानसहित सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिबाट पारित भएको हो ।
ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङले सबै राजनीतिक पार्टीहरू मिलेर जनताको चाहना अनुसारको विकास गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यकारणी कमिटीको सदस्यमा निर्वाचित हुनुभएको छ ।
हेटौँडा उपमहानगरपालिका १७ स्थित कठायत चोकमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक युवको मृत्यु भएको छ ।
कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा नेत्ररोग विशेषज्ञ सेवा सुरु भएको छ। डा. सन्दुक रुइतले सेवाको प्रारम्भ गर्दै नेत्ररोग विभागको उद्घाटन गर्नुभएको हो।
नेपाली कांग्रेसका सांसद डा. शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताउनुभएको छ ।
नवलपुरमा थारु समुदायले खेल्ने परम्परागत भोदी खेलको आयोजना गरिएको छ । पछिल्लो समयमा लोप हुने अवस्थामा रहेकाले संरक्षणका लागि जिल्लास्तरीय भोदी खेल प्रतियोगिताको आयोजना गरिएको हो ।
कपिलवस्तुको १० पालिकामा पशु चौपाया व्यवस्थापन गर्नु चुनौती बनेको छ। कपिलवस्तु नगरपालिकाको तौलिहवामा सबैभन्दा बढी पशु चौपाया प्राय सडकमै देखिन्छन्। जसले बालीनाली मात्र नाश गरेका छैनन् पशु चौपायाकै कारण सडक यात्रा जोखिमपूर्ण बनेको छ।
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकार सोमबारबाट १५ दिनका लागि बन्द भएको छ । केबलकार सेवालाई थप सुरक्षित बनाउन मर्मत–सम्भार गर्नुपर्ने भएकाले यही भदौ २४ गते सोमबार देखि लागु हुनेगरी आगामी १५ दिन सम्मका लागि केबलकारको सेवा बन्द गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा धेरै अघि बढिसकेको बताउनुभएको छ ।