• ७ पुस २०८२, सोमबार

आन्दोलनमा ज्यान गुमाएपछि गाउँ शोकमग्न

blog

भदौ २३ गते प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गर्नुभएका बाह्रबिसे नगरपालिका–६, गातीका श्रीकृष्ण श्रेष्ठ र चौतारा साँगाचोकगढी नगरपालिका–८, इखुका उमेश महत ।

सिन्धुपाल्चोक समाचारदाता 

सिन्धुपाल्चोक,असोज १ गते । जेनजी समूहको प्रदर्शनका क्रममा बाह्रबिसे नगरपालिका–६, गातीका श्रीकृष्ण श्रेष्ठ र चौतारा साँगाचोकगढी नगरपालिका इखुका उमेश महतले सहादत प्राप्त गर्नुभएको छ । उक्त प्रदर्शनमा दुई युवकले ज्यान गुमाएपछि सिङ्गो सिन्धुपाल्चोक नै स्तब्ध भएको छ । 

श्रेष्ठ काठमाडौँमा स्नातक तहमा अध्ययनरत हुनुहुन्थ्यो । अध्ययन गर्दागर्दै रोजगारीका सिलसिलामा उहाँ माल्टा जाने तयारीमा रहनुभएको थियो । सामान्य कृषक परिवारका श्रेष्ठ आन्दोलनमा समाहित भई देशमा सुशासन र समृद्धिका लागि खबरदारी गर्दै आउनुभएको थियो । देशमा भ्रष्टाचार अन्त्य हुनुपर्ने र समृद्ध मुलुक निर्माणमा सबैको योगदान हुनुपर्नेबारे पहिलेदेखि नै सशक्त आवाज निकाल्दै आउनुभएको उहाँका दाइ रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

२२ वर्षीय श्रेष्ठ जेनजी पुस्तामा आबद्ध भएर देश निर्माण गर्ने अभियानमा सरिक हुँदै आउनुभएको थियो । सोही एजेन्डालाई जेनजीले भदौ २३ गते माइतीघर मण्डला हुँदै बानेश्वर सङ्घीय संसद् भवनसम्म प्रदर्शन गरेको थियो । त्यसको अग्रमोर्चामा श्रीकृष्णले प्रदर्शनको नेतृत्व गरेको उहाँका साथीहरूको भनाइ छ । प्रदर्शनका व्रmममा प्रहरी र प्रदर्शनकारीबिचको झडपपछि प्रहरीले हानेको गोली श्रीकृष्णको कोखामा लागेको उहाँका दाइ रामकृष्णले सुनाउनुभयो ।

प्रहरीको गोली लागेका श्रीकृष्णलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार असम्भव भएपछि श्रीकृष्णलाई थप उपचारका लागि शिक्षण अस्पतालमा लगिएको थियो । उहाँको त्यहाँ निधन भएपछि शव शिक्षण अस्पताल महाराजगन्जमा राखिएको थियो । 

त्यस्तै चौतारा साँगचोकगढी नगरपालिका–८, इखुका २१ वर्षीय उमेश महतको पनि प्रहरीको गोली लागेर मृत्यु भएको छ । कक्षा १२ उत्तीर्ण गरेका उमेश रोजगारीका सिलसिलामा दुबई जान लाग्नुभएको थियो । स्वदेशमा केही रोजगारी नपाएपछि महत दुबई जाने प्रबन्ध मिलाउँदै हुनुहुन्थ्यो । देशमा व्यापक बढिरहेको भ्रष्टाचारले उहाँलाई भित्रभित्रै पोलिरहेको थियो । जेनजी पुस्तामा आबद्ध भएपछि उमेशले स्वदेशमै युवालाई केही गरिखान पाउनुपर्नेबारे विचार, बहस गर्दै आएको महतकी दिदी सुमित्रा महत बताउनुहुन्छ । 

काठमाडौँको बानेश्वरमा महत पनि प्रदर्शनमा होमिनुभयो । भ्रष्टाचारमुक्त सुशासनका लागि आन्दोलनमा होमिएका उमेशलाई अन्ततः प्रहरीको गोली लाग्यो । गोली लागेपछि उमेशलाई उपचारका लागि बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल पु-याइएको थियो । उपचारका क्रममा उमेशले सहादत प्राप्त गर्नुभएको हो । 

श्रीकृष्ण र उमेशसँगै जेनजीको प्रदर्शनमा सिन्धुपाल्चोकका दर्जनौँ युवा सङ्घीय संसद् भवनअगाडि आन्दोलनमा सव्रिmय भएका थिए । उनीहरूमध्ये बलेफी गाउँपालिका–८, कामदन कार्की र नोर्बु लामा सख्त खाइते भएका छन् । मदन शल्यव्रिmयापछि सामान्य अवस्थामा फर्किनुभएको छ । जिल्लाका दर्जनौँ युवा अहिले राजधानीका विभिन्न अस्पतालमा उपचाररत छन् ।