• १ असोज २०८२, बुधबार

जेनजी आन्दोलनका शहीदप्रति लुम्बिनी प्रदेश सरकारद्वारा श्रद्धाञ्जली

blog

रमेश विश्वकर्मा  
गुल्मी, असोज १ गते ।
लुम्बिनी प्रदेश सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले सहादत प्राप्त शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, परिवारजनमा गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको हो ।

यसैगरी, प्रदेशको शान्ति सुरक्षा कायम राख्न सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नागरिक समाजले खेलेको भूमिकाप्रति धन्यवाद ज्ञापन गरिएको छ । आन्दोलनका क्रममा प्रदेशभित्र भएको क्षतिको विवरण संकलन गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको छ ।

बैठकले असोज ३ गते संविधान दिवस प्रदेशभर मनाउने र प्रदेश राजधानी परिसरमा दिवस समारोहको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई दिने निर्णय गरेको उर्जा, जलस्रोत तथा सिँचा मन्त्री सिता शर्मा चौधरीले जानकारी दिनुभएको छ ।