हुम्ला, असोज १ गते । कार्यक्रम लागू भएको नौ वर्षपछि सरकारले जन्म र मृत्युमा उपलब्ध गराउने खाद्यान्न सहयोग अब हुम्लाका दुई गाउँपालिकाका स्थानीयले पनि पाउने भएका छन् । यसअघि सो सुविधाबाट बन्चित हुँदै आएका दुई गाउँपालिकाका स्थानीयले उक्त खाद्याान्न दिने निर्णय जिल्ला खाद्य व्यवस्था समितिको बैठकले गरेको हो ।
यस आर्थिकवको साउन महिनाबाट जन्म र मृत्युमा सरकारले उपलब्ध गराउने अनुदानको खाद्यान्न अब चङ्खेली र ताजाकोट गाउँँपालिकाका स्थानीयले पनि पाउने भएको लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णबहादुर थापा मगरले बताउनुभयो । यसअघि नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगार्ड र अदानचुलीका स्थानीय उक्त खद्यान्न पााउदै आएका थिए । साविक कर्णालीका स्थानीयहरुलाई जन्म र मृत्यु भएपछि सरकारले २० केजी खाद्यान्न सहयोग गर्दै आएको छ । यो कार्यक्रम लागू भएको नौ वर्षपछि ती दुई गाउँपालिकाका स्थानीयले राज्यबाट उपलब्ध हुने सुविधा पाउने भएका हुन् ।
ती दुई गाउँपाालिकाका स्थानीयले जन्म र मृत्युमा पाउने खाद्यन्न सर्केगार्ड डिपोबाट र ताँजाकोट गाउँपालिकाका स्थानीयले अदानचुली गाउँँपालिकाको श्रीनगर डिपोबाट उपलब्ध हुने व्यवस्था गरिएको छ । साथै सो खाद्यन्न पाए बापत स्थानीय ढुवानीका लागि एक एक हजार रुपियाँ नगद पनि पाउने व्यवस्था गरिएको छ । अघिल्लो आार्थिक वर्षामा जन्म र मृत्युका लागि शाखा कार्यालय सिमकोट र डिपो कार्यालय १०४ दशमलव ६० क्वीन्टल खाद्यान्न वितरण गरिएको छ भने यसको ढुवानीका लागि दुई लाख १२ हजार पाँच सय रुपियाँ खर्च गरिएको छ ।